Friday, January 20, 2012

समीक्षा

  • केवलचन्द्र लामा

 मनोजका कविताहरू भोग्दा



विम्बगोष्ठी-को भूमिकाबाट
कविता भोग्नु। भोग्नु-आफैलाई यो शब्द प्रयोग गर्ने अनुमति दिएँ मैले। ‘आस्वादन’ भनेर चलाइएकै हो कविताको छाक बस्दा।

रोलॉं वार्थको jouissance(Fr) को अर्थ मैथुनिक आनन्द हुन्छ- the pleasure of the text.
म मनोजका कविताहरू भोग्छु। म भोगिन्छु मनोजका कविताहरूको कौमार्यद्वारा।
मनोजका कविताहरू झर्रा र ताजा-रिलेटिभली झर्रा र ताजा। मनोजका कविता भोग्दा ती कविताहरूको कुमारी स्वादलो भोग चढ़ाउँछ हामीलाई।
वारि तिर्खा
पारि पोखरी
पूल लागेको छैन। (तिर्खा र पोखरी)
स्वाद (Pleasure कै सन्दर्भमा मनोजका कविता - टर्रो पनि तर रसिलो, रसिलो तितो र मीट्ठो मीठो - समग्रमा स्वादिष्ट कविता, हात-मुख चुठ्‌दा जिब्रोमा टॉंसिन्छ, टॉंसिबस्छ तिक्खरता र जिब्रो पड्काउनैपर्छ ट्याक्क। संख्यात्मक भन्दा गुणात्मक लेखनमा गम्भीर युवा कविताकार मनोजका एउटा स्वादिष्ट कवितासित म समागम हुन्छु।
सेल्सगर्लको बेकारी शरीरको गन्ध
पोखिएको छ
दैलोबाहिर।

दैलोबाट छिर्न र बाहिरिन नसकेको
एउटा उत्तेजित मर्यादाले
कविताको यौनविम्ब मागिरहेछ। (पातहरू, दृश्य एक)
साहित्यको स्वादकै सन्दर्भमा-The pleasure is no longer one of manifestation,scenic and aesthetic,but rather one of pure fascination,aleatory and psychotropic-Jean Baudrillard, the Ecstasy of Communication,in Postmodern Culture,Pg.132- लाई आफ्नो सुविधाको लागि लिएँ मैले र यसै अवस्थाबाट (एंगलबाट) मनोजका Qualitify writing को भोगाईमा जुन राल चुहुन्छ त्यो तिनका कविताहरूको उत्तेजना(sensetionले देखाएको फेन्टासी हुनुपर्छ। मनोजले फेन्टासी र वस्तुगत स्थिति ((real र reality) को ब्लेन्डले जुन स्वाद नग्न भएर पस्कन्छ त्यसको उपभोगमा, पठनको Pleasure-

अलिकति रोमाञ्चसित बसेकी छन्‌ उनी
पल्टने फर्कने चिट्ठी दुवै स्तनबीच टॉंसेर। (वीर्यखेती)

पल्टने (कुनै पनि पल्टने अर्थात गाउँको, शहरको, बजारको, बस्तीको जहॉं ऊ बस्छे वा त्यो पल्टने उसको लोग्ने नभए उसलाई मनपर्ने प्रेमी। चिट्ठी उसित भएकोले, उसको नाउँको होला- पल्टने उसको लागि निर्दिष्ट वा विशेष व्यक्ति) - फेन्टासी यही हो जहॉं स्थिति (यथार्थ) रोमाञ्च ‘अलिकति’। किन अलिकति?-फेन्टासी अर्को, यदि रोमाञ्च ‘अलिकति’ भए चिट्ठी किन ‘स्तनबीच टॉंसेर’-ब्लेन्ड यो-ह्यारी पोर्टरमा जस्तो। ‘स्तनबीच’ अघिल्तिर ‘दुवै’ टॉंसेर स्तनको संख्या बताउने के को खॉंचो? थाहा छैन हामीलाई ? धत्तेरिका!
मनोजका कविताहरूको श्लीलता भोग्दा पाइने मज्जा र रमाइलो यिनका छरितो र फुर्तिलो भाषा। 20-20 क्रिकेटको समयमा लोसे भाषा कसले भोग्ला र? आज त हामी कण्डो पछाड़ि खरायोलाई नै बधाई दिन्छौं। मनोजको पनि खरायो भाषामा निर्मित छरिता कविताहरू No Extra Fat, lim and trim माइक्रोन्सारेसनको समयमा शब्दहरूको कम प्रयोगको एरोबिकले मनोजको कविता भ्यात्ली छैन। साधनाको योगासनद्वारा छमकट्ट र चिरिच्याट्ट हुनुपर्छ अब कविता-भ्यात्ली आईमाई जस्ती भद्दा देखिनु भएन कविता। कविताको पातलो बारूले कम्मर मात्र भोग्ला अबका उपभोक्ताहरूले। मैले यसरी भोगें-

-त्यतिबेलादेखि नै
भत्किएको थिएछ
शान्तिको सिउँदो। (राहुलस्केच, चिन्तन)

भोगिइनअगि वा भोगिइनका लागि सजिनैपर्छ, श्रृङ्गारपटार गर्नैपर्छ कविताले,पर्छैपर्छ, पर्छैपर्छ-नारा लाएँ मैले अहिलेलाई ( भविष्यबारे थाहा छैन।)।Language is inadeduate vehicle of expressing...भनेको छ उत्तराधुनिकहरूले। भाषाद्वारा अभिव्यक्तिको लिमिटेसन छ। लेखनमा अत्याधिक अभिव्यक्तिको लागि आवश्यक आभूषण -विम्बको, प्रतीकको, सङ्‌केतको...। भाषाद्वारा अभिव्यक्तिमा आउने कमजोरी वा अधुरोपनको लागि विम्ब,प्रतीकादी भिटामिन हो। मनोजका कविताहरूको आभूषण नयॉं र आजको छ। यिनले आधुनिक र उच्चाधुनिक विम्बहरू अनेक चलाएका छन्‌ कविताले मागेकैले। रङ्गीन सेलफोन र त्यसको पोलिफोनिक रिङटोनको आभूषणमा वर्तमानको तरूणी कविताको शरीर छामौं-

घॉंटीमा टाई बॉंधेको शहर
मफ्लर बॉंधेका गाउँको सोझो अनुहार देखेर
संशोधनमा लागेका छन्‌
आफ्नो पुरानो विजिनेश पोलिसि।
(सपनाका क्लिपिङ्‌स्‌)

कविताको उद्घाटन समारोहको भव्यतामाथि, कविताको राजकाजको वैभवमाथि, कविताको एकछत्र सत्ता र हैकमवादमाथि शङ्‌कासूचक चिह्नको कीलो वाम्म रोपिएको बेला छ। कवितामा विवरण र कविताको व्याख्याको विरोधका नाराहरू चर्कै छ आज।Metaphysics of NOTHING मा Empire of the senseless(Acker-1988) छ। नीत्सेको ईश्वरको मृत्यु-देखि एल्विन कननिको साहित्यको मृत्यु1 हुँदै लेखकको मृत्यु हुँदैछ।Communucation...without communication2 को यो The Literature of Exhaustion3 र POST cyber MODERN punkLSM 4 मा कवितालाई कुन अवस्थाबाट भोग्नु?
...म मनोजका कविताहरूको प्रदर्शन(representation) भोग्छु।-
विस्तारो खोल्‌ न
त्यो स्वर्ग सौन्दर्य
पातहरूले छेल्दै
(फूल र संवेदन)

कविताको आयोजन(arrengment)-
..त्यसरी नाङ्गै नफुल
ओ फूल
छोप तेरो सुगन्धको सौन्दर्य
पातले।
पातको वसन्तले।
(फूल र संवेदन)

कविताको परफर्मेन्स-
ओछ्‌यान मिलाउँदा
मेरो सम्झना
उसको शरीरमाथि चढ्यो होला।
(पर्यटकको कविता)

मुख चिलाइहाल्यो, बाइहाल्छु-यौन चेतनामूलक अभिव्यक्तिहरूका ढङ्गुर पाइन्छन्‌ मनोजका कविताहरूमा। अति यथार्थवादी चित्रकार साल्वाडोर डालीका चित्रहरूमा sex everywhere पाइएका थुप्रैले भनेका छन्‌। हामीलाई प्राप्त घटिया डिजिटल क्यामेराले खिँचेको अभागी नक्शाहरूजस्ता छैनन्‌ मनोजका यौनप्रतीक र यौनविम्बहरू। कवितात्मक र श्लील छन्‌। नैतिकताले के भन्छ हँ? हा..हा..हा..! तपाईँहरूचाहीँ नहॉंस्नोस्‌ है। यति मात्रै मनग्गे होला यस सन्दर्भमा-a morality..is neither a system of general principles nor a code of rules,buta vernacular language...what has to be learnd...is not a theorem such that good conduct is acting fairly or being charitable,nor is it a rule such as-always tell the truth-but how to speak the language intelligently.
Micleal Oakeshoff,On Human conduct,pg.78-79

वर्तमानका सचेत, सशक्त र लोकप्रिय युवा कविताकार श्री मनोज वोगटीका कविता सङ्‌ग्रह विम्बगोष्टी आद्योपान्त पढ़ें, हरेक कविता भोगें। यहॉं मेरो लागि मन नपर्ने कविता एउटै छैन। वैश्वकरणको यो उपभोक्तावादी समयमा आफूलाई नचाहिनेभन्दा आफूलाई मन नपरेको कुरा नसुन्नु, नपढ्नु वा नकिन्नु पाइन्छ। वर्तमान उपभोक्ताको टेलिकम्युनिकेशन मिडियाद्वारा सूचित भर्चुवल सचेत्‌तामा तर कविता किन मनपर्छ? उत्तर आज पनि अन्तरनिहित (latent)छ। कविताको निर्माण प्रक्रियामा कुन तत्वले कविता लोकप्रिय हुन्छ? कविताको कुन र कस्तो अवस्थाको सौन्दर्यले मन छुन्छ? गणितकोcold beauty किंवा स्वछन्दतावादी धारणार्न्गतको मांसल सौन्दर्य? वर्तमानका पाठकले वर्तमानमा कस्तो सौन्दर्य खोज्छन्‌ कवितामा? जस्ता प्रश्नहरू मात्र ठट्टा र हॉंसउठ्‌दो हुनेछ किनभने circle has no circle। तथापी वर्तमानका पाठकका ग्लानिको, क्रोधको, उच्छवासको, पीड़ाको...आ-आफ्नै धारणा र अभिव्यक्ति हुँदाहुँदै पनि यी कविताहरू पाठकवर्गलाई स्वीकार्य हुन्यैछ भन्ने विश्वास यी कविताहरूको सौन्दर्यले दिएको छ मलाई।
1.The Deth of Literature,Alvin Kernan,1990
2.Dean-Francois Lyotard
3.John Barth
4.Brian Mchale

No comments:

Post a Comment