Wednesday, January 18, 2012

कविता

  • सीताराम काफ्ले
कानेगुजीहरू-1
नसुन्नु जस्तो ढुक्कै केही छैन
सुन्दा भन्दा।

ढुक्क छन्‌ कानेगुजीहरूलाई।
उनीहरू कानकानमा सुरक्षित छन्‌।

कानमा नै सत्ता जमाएर बस्नु उनीहरूको महात्वाकांक्षा।
एकपल्ट पसेपछि निस्कँदैनन्‌।

न त दुख्नुको बोध
न त रुनुको बोध
पिपहरूको समुद्रमा
डुबुल्कि मार्नु उनीहरूलाई स्वर्ग।

चिकित्सकहरू कानेगुजीका दुश्मन।

इयरवेल र हाइड्रोक्टाराइड
डेटोल
केनडिड ओ इयर ड्रप्स-
कुनै समाजसेवी जस्तै मानेर विरोध गर्छ
त्यसको सेवा कानेगुजीको दुश्मन।

कुनै एन्टिसेप्टिक टोनिक खुवाउँदै कानेगुजी पाल्नेहरूको जमातमा
मलाई कान जोगाउन गाह्रो छ।

हल्लाले खाएको यो कान
भाषणले पनि खान्छ
शाशनले पनि खान्छ।
बॉंचेको कानलाई पनि ताकेर बसेका छन्‌
कानेगुजीहरू।


कानेगुजीहरू-2

गोर्खाको कान सबैभन्दा मलिलो छ
जहॉं कानेगुजीहरूलाई बस्न सबैभन्दा सजिलो छ।

कानेगुजीको विरुद्ध
उठ्‌ने सिन्काहरू
धेरैपल्ट भॉंच्चिए
हरेक युग यसरी नै मास्सिए।

हरेक समाजको कान दुख्न थालेको छ
आवाज उठ्यो कि
कुन दुलोभित्र कानेगुजी लुक्न थालेको छ।

कति सुरक्षित कानेगुजी
म मान्छे भन्दा।

No comments:

Post a Comment