tag:blogger.com,1999:blog-13442801841556692162024-02-01T21:03:41.021-08:00सरोकार साहित्ययुवा सर्जकहरूको साइबर उडानसरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.comBlogger23125tag:blogger.com,1999:blog-1344280184155669216.post-9361724865451523462012-02-16T19:35:00.001-08:002012-02-16T19:35:34.604-08:00पग्ला कुकुर

डी.के.वाइबा

नानीहरुलाई सडकमा खेल्न नदिनू

पग्ला कुकुर निस्केको छ

होशियार ! जुनसुकै बेला टोक्न सक्छ।

आँखा निक्खुर रातो छ

पुच्छर तल झारेको छ

राल तप ! तप !! तप !!! चुहाउँदै कुदिरहेछ जताभावी।

दिमाग छ तर छैन बराबर

बिचार अस्थिर छ

पाइलाहरु अस्थिर छन्।

पानी देखाएर तर्साउन नखोज्नू

यो हाईड्रो फोबिया होइन

यो त आफ्नो अस्तित्व बचाउन पग्ला बनेको हो

त्यसर्थ याद गर्नु

यसले कुनै पनि क्षण टोक्न सक्छ

याद गर्नु ! सडकतिर जताभावी नहिड्नू।

मान्छेको बस्तीमा धावा बोल्दै निस्केको

पग्ला कुकुरहरुको जमात बड्दैछ

याद गर्नू

टोकेर आफ्नो जमातमा तान्न सक्छ

पानी देखाएर भगाउन नखोज्नू

यो हाईड्रो फोबिया होइन।

बरु रॉंको बालेर

मौका परे थुतुनामा पोलिदिनू

झीर तताएर आँखा फोरिदिनू

किन कि यो पग्ला कुकुर हो

कुनै क्षण तपाईँलाई पनि टोक्न सक्छ ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-34899081551896229442012-02-16T19:28:00.000-08:002012-02-16T19:28:50.415-08:00यो अवस्था पनि बितेर जानेछ

लेखक: अज्ञात

स्रोत-विक्रम सुब्बा, नेपाल

कुनै जमानामा एक साहासी राजा थिए । उनले एकदिन आफ्नो राज्यका सबै बुद्धिजिवीहरूलाई बोलाएर सोधे – "जस्तोसुकै अवस्थामा, जहाँसुकै र जहिले पनि कामलाग्ने, खुशीमा होस् वा दु:खमा, हारमा होस् वा जीतमा जहिले पनि काम लाग्ने, सबै किसिमका प्रश्नको जवाफ हुन सक्ने तिमीहरू कोही नभएका बेला पनि मलाई सल्लाहकारझैँ सल्लाह दिन सक्ने गजबको एक मन्त्र छ? मलाई त्यो चहियो ।"

राजाको निर्देशन सुनेर सबै बुद्धिजिवीहरू अलमल्ल परे । तर राजाको आज्ञा अनुसार सबै बुद्धिजिवीहरू बसेर सोच्न र छलफल गर्न थाले । सोच्दा सोच्दा हैरान भएको बेला एकजना अनुभवी तथा पाको मानिसले एक उपाय सुझाए जो सबै बुद्धिजिवीका लागि मान्य भयो । सो कुरा एक कागजको टुक्रामा राम्रोसँग लेखियो । त्यसपछि उनीहरु राजाकहाँ गएर उनिहरूले कागजमा लेखेको कुरा राजालाई दिँदै भने – "यो कागजमा लेखिएको एउटा शक्तिसाली मन्त्र छ जुन राजाले खोजेजस्तै छ तर एकदमै आपत परेका बेलामा मात्र यसलाई खोलेर हेरे काम गर्छ । जहिलेसुकै जतासुकै खोलेर हेरे मन्त्रले काम गर्दैन ।" राजाले कुरा स्वीकार गरे र मन्त्र लेखिएको कागजको टुक्रा आफ्नो हिराको औँठीको भित्रपट्टि राख्ने ठाउँ बनाएर राखे ।

केही समयपछि छिमेकी मुलुकबाट आक्रमण भयो । राजा र उनका सेनाले बहादुरीकासाथ लडे । तर अन्तमा छिमेकी राजाका सेनाले पेल्दैपेल्दै ल्याएकोले ज्यान बचाउँन भाग्नु पर्ने स्थिती आयो । राजा घोडामा केही सेना सहित भागे । भाग्दाभाग्दै राजा पहाडीजंगलको गिद्दे पहरा नजिक पुगे जहाँबाट अघि जाने बाटो नै देखिएन र पछि हटे दुश्मनको फेला परिने डर थियो । राजालाई के गरौँ र कसो गरौँ भयो । अब राजालाई आफ्नो अन्तिम दिन आएछ जस्तो लाग्यो । यसैबेला राजाले आफ्नो औँठीमा लुकाएर राखेको शक्तिसाली मन्त्रको कुरा झल्यास्स सम्झे र खोलेर हेरे । कागजमा छोटो हरफ (मन्त्र) लेखिएको रहेछ – "यो अवस्था पनि बितेर जानेछ ।"

राजाले त्यो मन्त्र पटक पटक पढे र मनमनै भन्न थाले – 'हो त नि! यो अवस्था पनि बितेर जानेछ । भर्खरै केही दिन अघिसम्म म मेरो दरवारमा मोजमस्ती गरिरहेको थिएँ । म सर्वशक्तीमान थिएँ । तर अहिले यत्तिबेला ती सब मसँग केही छैनन् । बरू म दुश्मनहरुबाट कसरी ज्यान जोगाउँने भनि चिन्ता र आपतमा छु । तर मलाई लाग्छ जसरी मेरा मोजमस्तीका समय गुज्रेर गए त्यसरी नै यो मेरो आपतकालिन समय पनि बितेर जानेछ ।' यस्तो सोचेपछि राजाको अनुहार शान्त भयो । राजाले आफ्ना केही सेनासँग त्यहीँ उभिएर वरिपरिका सुन्दर दृश्यहरू हेर्न थाले । त्यति राम्रो प्राकृतिक दृश्य आफ्नै राज्यमा छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका पनि थिएनन् ।

यसरी त्यो कागजको टुक्रामा लेखिएको सन्देश (मन्त्र)ले राजाको मनलाई धैर्य धारण गर्न अदभुत काम गरिदियो । जसले गर्दा राजाले आफ्ना दुश्मनहरूले आफुलाई पछ्याईरहेको बारे चिन्तै नलिई आनन्दसँग रहन सके । केहीबेर पछि कान लगाएर सुन्दा दुश्मनहरूको हल्लाखल्ला सुनिएन । हेर्दैजाँदा दुश्मनहरु कतै देखिएनन् ती अर्के बाटोतिर लागिसकेछन् । आपतकालिन समय बितेर गयो र राजाको ज्यान जोगियो ।

राजा एकदमै सहासी किसिमका थिए । त्यसैले उनले फेरि आफ्नो सैन्य शक्ति बढाएर दुश्मनहरुसँग युद्ध गरेर जिते र आफ्नो राज्य फिर्ता गरे । युद्ध जितेर फर्काँदा राजधानीमा सबै जनताले उनको भव्य स्वागत गरे । मुलुकभरि सबै खुशी भए । जनताले राजालाई फुल माला अबिरले पुरेर गाउँदै-नाच्दै खुशी व्यक्त गरे । राजाले मनमनै भने 'म एकजना बहादुर राजा हुँ । मलाई कसैले जित्न सक्दैन ।' तर त्यतिनै बेला आफ्नो औँठीभित्रको मन्त्र सम्झे – "यो अवस्था पनि बितेर जानेछ ।" त्यसपछि राजा झसङ्ग भए र फेरि शान्त भए । युद्धमा पाएको "जीत"ले उनको 'घमण्ड'भरिएको अनुहार विस्तारै 'नम्र' मानिसको अनुहारमा परिणत भयो । राजाले निचोड निकाले – 'यदि कुनैकुरा बितेर जान्छ भने यो त मेरो आफ्नो होइन । अर्थात 'हार' पनि मेरो होइन । 'जीत' पनि मेरो होइन । म त सिरिफ 'दर्शक' पो रहेछु । मैले हेर्दाहेर्दै सबै कुरा बितेर जाने रहेछन् । ओहो! म त सिरिफ 'दर्शक' मात्र रहेछु, सिरिफ 'साक्षी' मात्र रहेछु । 'जीवन' पनि आउँने र बितेर जाने रहेछ । 'सुख' पनि आउँने र बितेर जाँने, 'दुख' पनि जीवनमा आउँने र समयसँगै बितेर जाने रहेछ ।'

पृय पाठक, यो कथा पढिसकेपछि एकचोटि चुपचाप बसेर आफ्नो जीवनको समिक्षा गर्नोस् । तपाइँको जीवनमा कति सफलता र असफलताहरु आए र समयसँगै बितेर गए? तपाइँको जीवनमा पनि कति सुख-दु:ख आए र समयसँगै बितेर गए? सफलता, असफलता, सुख, दु:ख सबै क्षणिक त रहेछन् नि! ती सबै आउँदारहेछन् र समयसँगै बितेर जाँदारहेछन् ।

जन्मे पछि जीवन कुनै न कुनै किसिमले बितेर जानेनै रहेछ । दुनियामा सबै कुरा अनित्य रहेछन्, सबै कुरा परिवर्तनशील रहेछन् । तपाइँ आफ्नै ढंगले यो कुरा मनन् गर्नोस् । तपाइँले पनि थुप्रै परिवर्तनहरु देखिसक्नु भएकोछ । तपाइँले कति धोखा खाए पनि, असफलता सामना गर्नु परेपनि वा दु:खकष्ट झेल्नु परेपनि गुजारा गरेरै आउँनु भएकोछ । हाल विद्यमान तपाइँको जीवनको समस्या (यदि छ भने) पनि समयसँगै बितेर जानेछ । किनभने यो समसारमा कुनै पनि सुख वा दु:ख सदासदाका निम्ति हुन सक्दैन । जवानी र प्रौढता, बैँभव र गरिवी, हाँसो र रुवाई, सूख र दु:ख जीवनका दुइपाटा हुन् । कहिले कुन पल्टिदिन्छ कहिले कुन? यी दुबैले बेला बेला आफ्नो अनुहार देखाउँछन् तर बलवान समयले दुबैको अनुहार खोसेर लैजान्छ । हामी त केवल परिवर्तनका "सक्षी" मात्र हौँ । त्यसैले वर्तमानलाई अनुभुत गर्नोस्, त्यसलाई ठिक ढंगले बुझ्नुहोस् र उचित किसिमले भोग्नुहोस् । आत्तिने वा मात्तिने वा घमण्ड गर्ने वा लघुताभासमा जिउने कुनै कारण छैन । किनभने यो वर्तमान (?) पनि हेर्दा हेर्दै खोलाको पानीझैँ निरन्तर बगेर गईरहेछ । शायद वर्तमान भन्ने कुरा पनि हुन्न । किनभने "आँखा झिमिक्क गरिसक्ने बित्तिकै मैले आँखा झिमिक्क गरेँ" भनेर भुतकालमा हामीले बोल्नु पर्छ ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-1984443973581375942012-02-13T20:24:00.000-08:002012-02-16T19:38:57.426-08:00के नै पो गर्छस् र तैंले?

भूपेन्द्र सुब्बा।

के नै पो गर्छस् र तैंले?

मुख सिलाई दे

बोल्नु छोड्दिनँ अन्त

कान बुच्चाई दे

कराउनु छोड्दिनँ

आँखा थुनिदे

देख्न मरे छोड्दिनँ

तेरो पाखण्डी अनुहारको

नाङ्गो नक्सा त म

आँखा चिम्म गरेरै बनाइदिन्छु।

के नै पो नाप्छस् र तैंले?

तँलाई थाह छैन

म को हुँ

तैंले टेकिरहेको भुइँको

घॉंस हुँ

आगो लगा कि डढेलो सल्का

तर भुइँमुनिको जराबाट

तेरो रावण-कथा भन्न

म पटक पटक उम्रिरहने छु

हेर् मात्र तैंले

बिजुवाको आँगमा सोगा उत्रेर

सत्ये सत्ये अब

के के पो बक्दिनँ र !

(कालेबुङमा च्यानलहरू बन्द गरेपछि। गणतन्त्रको निम्ति भूपेन्द्रको कविता)

बिजनबारीसरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-10935984917784180002012-01-27T08:53:00.000-08:002012-01-27T08:53:32.645-08:00कथा

वासुदेव पुलामी

हेङ्गओभर

मैले पनि कस्सेर दुई झापट दिएँ।

उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा।

बसोस् माइतीको घरमा।

मैले मात्रै रिस पिउनु ? उसले पनि पिओस्।

रिसले मात्ने बानी होस् उसलाई पनि।

मनले अझसम्म झापट कस्सिरहन्छ – उसलाई।

झगडा।

झगडा हुनलाई ठूलो कारण चाहिँदैन। कति स-साना कुराले हिर्काउँछ उसले।

उसको कुरा जहिले पनि माथिबाट हुनैपर्छ।

अपत्यारिलो कुराको बहसलाई पनि पचाइदिनुपर्छ।

हद हुन्छ। हददेखि बाहिर कुरा गर्नु त हुँदैन नी।

जब्बरजस्ती र हठीपनको पनि सिमा हुन्छ।

कुन्नि कस्तो दिन र साइतमा उसका बोलीका गोलीले हाम्रो मायाको अग्लो पर्खाल गर्ल्याम्म ढाल्छ।

परिणाम – हप्ता दिन। कोहीबेला महिनादिनसम्म राम्रो सँग बोलचाल नै हुँदैन।

उफ्।

आज हप्ता दिन पो भएछ। फोन् पनि गर्दिनन्।

आउदिनन् त। मिसकल गरूँ कि सम्झे, होस् गर्दिनँ पनि सम्झै एकैचोटि।

ऐना हेर्छु – केस लामो भएछ। दाह्री खौरन्छु।

उसका रिसहरू सम्झन्छु सबै पग्लिएर चिसो भएको पाउँछु मायाको धङ्धङीले ।

एक्लै हाँस्छु ऐना हेर्दै – आज मेरो चामे हुने दिन रहेछ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-5488436515980839262012-01-27T08:12:00.000-08:002012-02-16T19:40:13.131-08:00गाउँ र शहर

मिलन वान्तवा

गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर

आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा

शहरले खिचेको गाउँको नक्शामा

समेटिनै सक्दैन गाउँको मन।

गाउँको रुखमा चराले लाएको गुँड

भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु

तहसनहस भएको आफ्नै अनुहार हेरेर

लाचार मुस्कुराइबस्छ गाउँ ।

भालेको डाकसितै कोइलीले अलापेको राग

गाउँकै भाकामा सुनिन्थे उहिले

विश्व-बजारको हिसाब-किताब सुनाइबस्छ

अचेल गाउँका गीतहरु ।

गज्जबले तिर्खाएको गाउँ

पधेराको रसिलो पानी

धीत मरुञ्जेल पिउँछ सपनामा ।

कुतकुतीहरुको ह्यङओभर मेटाउन

कुनै तरुणीको बैँससित इत्रीन खोजिबस्छ

भर्खरै ईन्टरनेटमा पोर्नोसाईट हेरेर फर्केको गाउँ ।

शहरले गाउँ बेचेको कथा सुनेर दिक्कै बन्छ

अनि सङ्कल्प गर्छ शहरलाई बेच्न

शहरमा आफैलाई बेचेर निर्धक्क सुत्छ गाउँ।

हरदम बिक्री भैरहन्छ

लेबल टाँसेर राखिएको गाउँको नक्शा

शहरको शोकेशभित्र गाउँको भूगोल तर शहरले बुझ्दैन

शहरको ईतिहास डल्लै थाहा छ गाउँलाई ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-39812980396664899842012-01-20T21:49:00.001-08:002012-02-16T19:42:25.733-08:00हर्कबहादुर

राजा पुनियानी

कुन दिन बन्द हुने हो त

हाम्रो कमान चाहिँ-

दिन गन्दै बसेको हर्कबहादुरसँग

अस्सीको चिह्नारीको लड़ाइँमा

झण्डै गएको एउटा अधमरो ज्यान छ

झण्डै लुटिएकी एउटी लुती स्वास्नी छे

र झण्डै जलेको चुपचाप घर छ

गाईलाई बिहान घाँस ल्याइवरि

कमान जानअघि

एकपटक छोरीको अनुहार हेर्छ

साँझ घर आउनअघि

बैदारको हेपुवा अनुहार हेर्छ

दिनभरि हर्कबहादुर

चियाका गाछहरूसँगै हुन्छ

ऊ देख्दैन चियागाछको अनुहार

चियागाछमा सधैं हर्कबहादुर

हेपाइ, हप्की र गाली मात्र हेर्छ

चियागाछमा उ बरू बड़ेमानको ताला देख्छ

हतियारझैं ढुङ्गा देख्छ

खिया लागेको खुकुरी देख्छ

पुरानो धनुकाँड़ देख्छ

सीतारामको हुटेलमा पाइने झीँगासरिको सिङ्गाड़ा देख्छ

राशनको डौंठे चामलको रातोरातो भात देख्छ

छोराको स्कूलको फी देख्छ

दम बढ़्ने आमाको दबाइको पोका देख्छ

श्रीरामछाप खैनीको गुलाफी प्याकेट देख्छ

हर्कबहादुरको दिन

चियाका गाछहरूसँगै बित्छ

ऊ देख्दैन चियागाछको अनुहार

चियागाछमा हर्कबहादुरले देख्छ

उसको बाजेबोजुको खुन

उसको आमाबाबुको पसीना

उसको आफ्नै हातको ठेला

र स्वास्नीका पटपटी फुटेका औंलाहरू

कुन दिन बन्द हुने हो त

हाम्रो कमान चाहिँ-

दिन गन्दै बसेको हर्कबहादुरसँग

कति-कति झण्डैहरू होलान्

गनिनसक्नु

सुकनासरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-12988603547679764802012-01-20T21:34:00.000-08:002012-02-16T19:43:08.384-08:00लाज

कर्ण विरह

अनुहारको भित्ताभरि

रेखा कोरिएर आउँछ लाज

र कस्सैलाई सुइँको नदिई

सुइत्त भाग्छ।

च्याप्प समाउँछ यसले एकैक्षण

आँखाका दुईटै मुटुलाई।

आदम र हव्वाले बगैँचाको फल खाएकै क्षणदेखि

यसले आफूलाई चिनाएको हो।

आचार्य भरतमुनिको रससूत्रको कापमा

व्यभिचारी भाव बनेर फुलेको छ यो एउटा सुनाखरी।

सुन्दरी ठिटीहरूका गालाको पाखाभरि

सौन्दर्यको रगत बनेर फुलेको छ यो एउटा गुराँस।

सभ्यताको मोटो जीउमा

यसैले भरेका मासुहरू छन् ताजा।

वास्तवमा

यसले देखाउनै खोजेको चाहिँ

शिष्टाचारको विज्ञापन मात्र हो।

यो लाज,

लाग्नु पनि खराब

नलाग्नु झन खराब।

बिजनबारी, दार्जीलिङ सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-18084031423746742832012-01-20T21:29:00.000-08:002012-01-20T21:29:11.230-08:00कविता

चन्द्र गुरुङ

सम्पन्नता

मानिसका तीन आवश्यकताहरू–

माना,

नाना,

र छाना ।

माना–

अचेल मैले खाने रोटीको स्वाद फर्क छ

बिर्सेँ मैले भोकको मायालु अनुहार ।

नाना–

उहिल्यै भन्दा राम्रा राम्रा लुगा लगाउँछु

तर सकेको छैन मनको लोभ छोप्न ।

छाना–

अचेल म अग्लो शानदार घरमा बस्छु

जहाँबाट हेर्दा मानिसहरू साना देखिन्छन् ।

गोर्खा नेपाल सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-91467874659194600992012-01-20T21:09:00.000-08:002012-01-20T21:09:24.715-08:00कविता

भूपाल राई

दुइटा आगो

अगेनामा एउटा आगो

पेटमा अर्को आगो

पैलो बल्दै आ’को राम्रो

दोस्रो निभ्दै गा’को राम्रो

दुनियामा एउटा हैन, सल्किरै’छ दुइटा आगो

पैलो बले चुल्हो जल्छ

जिन्दगीको जहाज चल्छ

तैपनि त्यो चुलैपिच्छे

कहीँ बल्छ कहीँ निभ्छ

पेटैपेटको बीचमा त्यसले

यसरी नै सीमा खिच्छ

भन कहॉं निभेको छ? सबैतिर पेटको आगो

त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो

दोस्रो बले आँधी चल्छ

जिन्दगीको किनार जल्छ

अगेना र पेटको बीचमा

त्यै पुरानो युद्ध बढ्छ

तैपनि त्यो दुइटा आगो

बीचको दूरी मेट्दै हिँड्छ

तर कहॉं बलेको छ ? हर चुल्होमा शीतल आगो

त्यसैले यो दुनियॉंमा सल्किरै’छ दुइटा आगो।

काठमाण्डौ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-14673726310891620962012-01-20T07:45:00.000-08:002012-01-20T07:45:43.767-08:00समीक्षा

केवलचन्द्र लामा

मनोजका कविताहरू भोग्दा

विम्बगोष्ठी-को भूमिकाबाट

कविता भोग्नु। भोग्नु-आफैलाई यो शब्द प्रयोग गर्ने अनुमति दिएँ मैले। ‘आस्वादन’ भनेर चलाइएकै हो कविताको छाक बस्दा।

रोलॉं वार्थको jouissance(Fr) को अर्थ मैथुनिक आनन्द हुन्छ- the pleasure of the text.

म मनोजका कविताहरू भोग्छु। म भोगिन्छु मनोजका कविताहरूको कौमार्यद्वारा।

मनोजका कविताहरू झर्रा र ताजा-रिलेटिभली झर्रा र ताजा। मनोजका कविता भोग्दा ती कविताहरूको कुमारी स्वादलो भोग चढ़ाउँछ हामीलाई।

वारि तिर्खा

पारि पोखरी

पूल लागेको छैन। (तिर्खा र पोखरी)

स्वाद (Pleasure कै सन्दर्भमा मनोजका कविता - टर्रो पनि तर रसिलो, रसिलो तितो र मीट्ठो मीठो - समग्रमा स्वादिष्ट कविता, हात-मुख चुठ्दा जिब्रोमा टॉंसिन्छ, टॉंसिबस्छ तिक्खरता र जिब्रो पड्काउनैपर्छ ट्याक्क। संख्यात्मक भन्दा गुणात्मक लेखनमा गम्भीर युवा कविताकार मनोजका एउटा स्वादिष्ट कवितासित म समागम हुन्छु।

सेल्सगर्लको बेकारी शरीरको गन्ध

पोखिएको छ

दैलोबाहिर।

दैलोबाट छिर्न र बाहिरिन नसकेको

एउटा उत्तेजित मर्यादाले

कविताको यौनविम्ब मागिरहेछ। (पातहरू, दृश्य एक)

साहित्यको स्वादकै सन्दर्भमा-The pleasure is no longer one of manifestation,scenic and aesthetic,but rather one of pure fascination,aleatory and psychotropic-Jean Baudrillard, the Ecstasy of Communication,in Postmodern Culture,Pg.132- लाई आफ्नो सुविधाको लागि लिएँ मैले र यसै अवस्थाबाट (एंगलबाट) मनोजका Qualitify writing को भोगाईमा जुन राल चुहुन्छ त्यो तिनका कविताहरूको उत्तेजना(sensetionले देखाएको फेन्टासी हुनुपर्छ। मनोजले फेन्टासी र वस्तुगत स्थिति ((real र reality) को ब्लेन्डले जुन स्वाद नग्न भएर पस्कन्छ त्यसको उपभोगमा, पठनको Pleasure-

अलिकति रोमाञ्चसित बसेकी छन् उनी

पल्टने फर्कने चिट्ठी दुवै स्तनबीच टॉंसेर। (वीर्यखेती)

पल्टने (कुनै पनि पल्टने अर्थात गाउँको, शहरको, बजारको, बस्तीको जहॉं ऊ बस्छे वा त्यो पल्टने उसको लोग्ने नभए उसलाई मनपर्ने प्रेमी। चिट्ठी उसित भएकोले, उसको नाउँको होला- पल्टने उसको लागि निर्दिष्ट वा विशेष व्यक्ति) - फेन्टासी यही हो जहॉं स्थिति (यथार्थ) रोमाञ्च ‘अलिकति’। किन अलिकति?-फेन्टासी अर्को, यदि रोमाञ्च ‘अलिकति’ भए चिट्ठी किन ‘स्तनबीच टॉंसेर’-ब्लेन्ड यो-ह्यारी पोर्टरमा जस्तो। ‘स्तनबीच’ अघिल्तिर ‘दुवै’ टॉंसेर स्तनको संख्या बताउने के को खॉंचो? थाहा छैन हामीलाई ? धत्तेरिका!

मनोजका कविताहरूको श्लीलता भोग्दा पाइने मज्जा र रमाइलो यिनका छरितो र फुर्तिलो भाषा। 20-20 क्रिकेटको समयमा लोसे भाषा कसले भोग्ला र? आज त हामी कण्डो पछाड़ि खरायोलाई नै बधाई दिन्छौं। मनोजको पनि खरायो भाषामा निर्मित छरिता कविताहरू No Extra Fat, lim and trim माइक्रोन्सारेसनको समयमा शब्दहरूको कम प्रयोगको एरोबिकले मनोजको कविता भ्यात्ली छैन। साधनाको योगासनद्वारा छमकट्ट र चिरिच्याट्ट हुनुपर्छ अब कविता-भ्यात्ली आईमाई जस्ती भद्दा देखिनु भएन कविता। कविताको पातलो बारूले कम्मर मात्र भोग्ला अबका उपभोक्ताहरूले। मैले यसरी भोगें-

-त्यतिबेलादेखि नै

भत्किएको थिएछ

शान्तिको सिउँदो। (राहुलस्केच, चिन्तन)

भोगिइनअगि वा भोगिइनका लागि सजिनैपर्छ, श्रृङ्गारपटार गर्नैपर्छ कविताले,पर्छैपर्छ, पर्छैपर्छ-नारा लाएँ मैले अहिलेलाई ( भविष्यबारे थाहा छैन।)।Language is inadeduate vehicle of expressing...भनेको छ उत्तराधुनिकहरूले। भाषाद्वारा अभिव्यक्तिको लिमिटेसन छ। लेखनमा अत्याधिक अभिव्यक्तिको लागि आवश्यक आभूषण -विम्बको, प्रतीकको, सङ्केतको...। भाषाद्वारा अभिव्यक्तिमा आउने कमजोरी वा अधुरोपनको लागि विम्ब,प्रतीकादी भिटामिन हो। मनोजका कविताहरूको आभूषण नयॉं र आजको छ। यिनले आधुनिक र उच्चाधुनिक विम्बहरू अनेक चलाएका छन् कविताले मागेकैले। रङ्गीन सेलफोन र त्यसको पोलिफोनिक रिङटोनको आभूषणमा वर्तमानको तरूणी कविताको शरीर छामौं-

घॉंटीमा टाई बॉंधेको शहर

मफ्लर बॉंधेका गाउँको सोझो अनुहार देखेर

संशोधनमा लागेका छन्

आफ्नो पुरानो विजिनेश पोलिसि।

(सपनाका क्लिपिङ्स्)

कविताको उद्घाटन समारोहको भव्यतामाथि, कविताको राजकाजको वैभवमाथि, कविताको एकछत्र सत्ता र हैकमवादमाथि शङ्कासूचक चिह्नको कीलो वाम्म रोपिएको बेला छ। कवितामा विवरण र कविताको व्याख्याको विरोधका नाराहरू चर्कै छ आज।Metaphysics of NOTHING मा Empire of the senseless(Acker-1988) छ। नीत्सेको ईश्वरको मृत्यु-देखि एल्विन कननिको साहित्यको मृत्यु1 हुँदै लेखकको मृत्यु हुँदैछ।Communucation...without communication2 को यो The Literature of Exhaustion3 र POST cyber MODERN punkLSM 4 मा कवितालाई कुन अवस्थाबाट भोग्नु?

...म मनोजका कविताहरूको प्रदर्शन(representation) भोग्छु।-

विस्तारो खोल् न

त्यो स्वर्ग सौन्दर्य

पातहरूले छेल्दै

(फूल र संवेदन)

कविताको आयोजन(arrengment)-

..त्यसरी नाङ्गै नफुल

ओ फूल

छोप तेरो सुगन्धको सौन्दर्य

पातले।

पातको वसन्तले।

(फूल र संवेदन)

कविताको परफर्मेन्स-

ओछ्यान मिलाउँदा

मेरो सम्झना

उसको शरीरमाथि चढ्यो होला।

(पर्यटकको कविता)

मुख चिलाइहाल्यो, बाइहाल्छु-यौन चेतनामूलक अभिव्यक्तिहरूका ढङ्गुर पाइन्छन् मनोजका कविताहरूमा। अति यथार्थवादी चित्रकार साल्वाडोर डालीका चित्रहरूमा sex everywhere पाइएका थुप्रैले भनेका छन्। हामीलाई प्राप्त घटिया डिजिटल क्यामेराले खिँचेको अभागी नक्शाहरूजस्ता छैनन् मनोजका यौनप्रतीक र यौनविम्बहरू। कवितात्मक र श्लील छन्। नैतिकताले के भन्छ हँ? हा..हा..हा..! तपाईँहरूचाहीँ नहॉंस्नोस् है। यति मात्रै मनग्गे होला यस सन्दर्भमा-a morality..is neither a system of general principles nor a code of rules,buta vernacular language...what has to be learnd...is not a theorem such that good conduct is acting fairly or being charitable,nor is it a rule such as-always tell the truth-but how to speak the language intelligently.

Micleal Oakeshoff,On Human conduct,pg.78-79

वर्तमानका सचेत, सशक्त र लोकप्रिय युवा कविताकार श्री मनोज वोगटीका कविता सङ्ग्रह विम्बगोष्टी आद्योपान्त पढ़ें, हरेक कविता भोगें। यहॉं मेरो लागि मन नपर्ने कविता एउटै छैन। वैश्वकरणको यो उपभोक्तावादी समयमा आफूलाई नचाहिनेभन्दा आफूलाई मन नपरेको कुरा नसुन्नु, नपढ्नु वा नकिन्नु पाइन्छ। वर्तमान उपभोक्ताको टेलिकम्युनिकेशन मिडियाद्वारा सूचित भर्चुवल सचेत्तामा तर कविता किन मनपर्छ? उत्तर आज पनि अन्तरनिहित (latent)छ। कविताको निर्माण प्रक्रियामा कुन तत्वले कविता लोकप्रिय हुन्छ? कविताको कुन र कस्तो अवस्थाको सौन्दर्यले मन छुन्छ? गणितकोcold beauty किंवा स्वछन्दतावादी धारणार्न्गतको मांसल सौन्दर्य? वर्तमानका पाठकले वर्तमानमा कस्तो सौन्दर्य खोज्छन् कवितामा? जस्ता प्रश्नहरू मात्र ठट्टा र हॉंसउठ्दो हुनेछ किनभने circle has no circle। तथापी वर्तमानका पाठकका ग्लानिको, क्रोधको, उच्छवासको, पीड़ाको...आ-आफ्नै धारणा र अभिव्यक्ति हुँदाहुँदै पनि यी कविताहरू पाठकवर्गलाई स्वीकार्य हुन्यैछ भन्ने विश्वास यी कविताहरूको सौन्दर्यले दिएको छ मलाई।

1.The Deth of Literature,Alvin Kernan,1990

2.Dean-Francois Lyotard

3.John Barth

4.Brian Mchaleसरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-75052354592786551022012-01-20T06:37:00.000-08:002012-01-20T07:12:42.800-08:00समीक्षा

अनुप्रास, दार्जीलिङ ।

मनोज वोगटीको गीतको रिस

गीतको रिस-बाट देखिने समयरङ

साइँला बाहुन

साइँला बाहुनले बाजेलाई पछ्याएनन्

बाबुलाई पछ्याएनन्।

उसले भने-

म म भएर बॉंच्छु

म म आफै बनाउँछु।

धेरै दाजुभाइबीच

कुन्नी किन साइँला मिल्नै सकेनन्

भने-

बरू कोइलाखानी जान्छु

पढ़्न जॉंदिनँ।

म ठग्दिनँ

आफैलाई।

भन्न त भन्यो

तर उसको कोठा छुट्टियो

फोक्टा छुट्टियो।

एकदिन

त्यही कोठामा सर्किनी कान्छी पसिन्

त्यसपछि त पानी छुट्टियो

जिन्दगानी छुट्टियो।

साइँला बाहुनलाई गाउँबाटै निकालियो

नाउँबाटै निकालियो।

अहिले साइँलाको आफ्नै गाउँ छ

आफ्नै नाउँ छ।

उ अहिले भन्छ-

मेरो नाउँ कसैले मेट्न सकेनन्

मेरो गाउँ कसैले मेट्न सकेनन्

जसले मेट्न खोजे

उनीहरूले नै

मेरो आफ्नो नाउँ बनाए

मेरो आफ्नो गाउँ बनाए

यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।

कवि मनोज वोगटी उक्त कवितांशबाट जनजीविकाका पक्षधर बनेका छन्। यस बखत गीतको रिस संघर्षशील र विद्रोही बनेर हामी समक्ष प्रस्तुत छ।

सॉंइला बाहुनले बाजेलाई पछ्याएनन्। साइँला बाहुन बाहुन भएकैले विद्रोही बनेका छन्। सॉंइला बाहुन सार्थक बनेका छन् यसरी

-अहिले साइँलाको आफ्नै गाउँ छ

यसो गर्न मैले नै उनीहरूलाई सघाएँ। -सॉंइला बाहुन।

धेरै सॉंइला छेत्री, नेवार र सार्किहरूले आफ्नो गाउँ बनाएको ठाउँमा किन मनोजलाई सॉंइला बाहुन लेख्न बाध्य बनायो, यो विचारणीय विषय बनेको छ। समाजमा व्याप्त ठूलोसानोको भेदभाव अब रहेनन्। अब यो ठूलोसानो प्रतियोगिता बनेको छ। अब यो उचनिच, जातपात, भेदभाव राजनैतिक फायदाको मुद्दा बनेको छ। मनोजले जस्तै सम र देवकोटाले पनि सामाजिक अपसंस्कारलाई परिमार्जन गर्न कुनै कसर बॉंकी राखेनन्। सम र देवकोटाको समय र मनोजको भोगाइमा भिन्न परिवेश छ, तर यो परिमार्जन आज पनि आवश्यक छ, भोलि पनि यो प्रक्रिया उति नै आवश्यक रहिरहने छ। कविता व्यक्तिगत भावका अभिव्यक्ति होइनन्। कविता जनभावनाका, समूहका, राष्ट्रका, जातिका, समष्टिका अभिव्यक्ति हुन्, प्रतिनिधि हुन्। यसैले यहॉं म म भएर बॉंच्छु, म म आफै बनाउँछु भन्ने वाक्यांशले चुनौति दिएको छ । वास्तवमा हामी हामी बनेर बॉंच्नु हो, बनिनु हो । सॉंइला बाहुन - का कोइलाखानी जान चाहने सॉंइला ती लाखौँ गोर्खाहरू हुन्, जसले समाजका मान्यता र कुरिति- अपसंस्कारलाई गतिलो झापड़ लगाएर सिंगो जातिको आधारशिला राखे। यो ती लाखौँ गोर्खाहरूको सपना हो जसलेे सॉंइला बाहुन बनेर चियाबारी र कोइलाखानीमा रगत पसिना बगाएका छन् -

बरू कोइलाखानी जान्छु

पढ्न जॉंदिनँ ।

- सॉंइला बाहुन

यसरी अग्लिन चाहनेहरूका, बनाउन चाहनेहरूका र बॉंच्न चाहनेहरूका सार्थक अभिव्यक्ति हुन् सॉंइला बाहुन तर यो सिंगो जातिको घड़ेरीलाई धरि बेलाबखत जातपातको अपसंस्कारले हल्लाउन खोज्दा सॉंइला बाहुन विद्रोही बनेर उभिदिन्छ विप्लवी बन्दै । सॉंइला बाहुन - लाई अति नै सरल ढंगमा प्रस्तुत गरेका छन् मनोजले । मनोजका सबै कविताहरू लयात्मक छन्, अर्थहरू छर्लङ्ग पारेर। यो उनको विशेषता हो। कवितालाई सरल, सहज, स्पष्ट बनाउँदै यति धेरै कुराहरू भन्नु, यति गहन विषय राख्नु खुबै कुशलता चाहिन्छ, जो मनोजको कविता रहेको छ।

मनोजको कविता यहीँको माटो, बाटो, गोरेटो र आफ्नै परिवेशबाट प्रेरित छन्, प्रभावित छन्। आफु बॉंचेको परिवेश वैश्वीकरण र उपभोक्तावादले परिवर्तन भइरहेकोमा कवि मनोज सचेत छन् अनि यो सचेतता उनका कवितामा झल्कन्छ। तर कविता कहिले पनि यो भूमण्डलीकरण र पू्जीवादले ग्रस्त छैनन्। कविले भोग्नपरेका विषयलाई भोग्न मान्दैनन् र नै कहिले मार्मिक रूपमा त कहिले क्रुद्ध बनेर सामाजिक परिवर्तन, रुपान्तरण र भोगाइहरूलाई सार्थकरूपमा अभिव्यक्त गर्दछ। तर यसो पनि भन्न सक्छौँ, समाजले भोगेको कुरा नै कविले भोगेका कुरा हुन् र कविताले पनि भोग्दै आफ्ना अभिव्यक्तिहरू पोख्दछ । समाज, कवि र कविता भोगाईको एकरूप हो। फरक यति मात्र छ, कविता भोगवाद, पुञ्जीवाद र विश्वीकरणबाट निर्लिप्त छ। यी सबै कुराहरू मनोजका कविताहरूमा परिलक्षित हुन्छ उनको अर्को कविता आमा र मोबाइल फोन बाट। आमा र मोबाइल फोन - गाउँ, बस्ती, शहर, बजार, सामाजिक परिवेश, भाव- विचार, विकृति, संस्कार-अपसंस्कार, तकनीकि, आर्थिक, राजनैतिक, शैक्षिक अनि दुःख-सुखको भुक्तभोगी परिवेशमा लतपत भएर अभिव्यक्ति भएका छन्। आमा र मोबाइल फोन मध्यम्वर्ग नारीको रूपमा हाम्रो समाजको लाचारपनको उदाङ्गो चित्रण हो। मोबाइल यहॉं आडम्बर, स्वार्थ, उपभोक्तवाद, भूमण्डलीकरण, शोषण, सामाजिक संस्कारमाथि आक्रमण, दयनीय आर्थिक अवस्था र विपन्नताको प्रतिक बनेको छ। गहन विषयलाई पनि मनोजले यति सरलतापूर्वक प्रस्तुत गरेका छन्, मनोजले।

यी पङि्त हेरौँ -

बीपीएलको राशिन थाप्ने लहरमा बज्छ आमाको मोबाइल फोन।

-आमा र मोबाइल फोन

आमा र मोबाइल फोन बद्लँदो समाजका नैतिक मूल्यलाई साकार रूपमा प्रस्तुत गर्ने प्रयास हो, भूमण्डलीकरणले ल्याएको आर्थिक उतारचढ़ाव हो, हाम्रो समाजको विपन्नताको चित्रण हो। समाजका नैतिक- अनैतिक मूल्यलाई प्रस्तुत गर्ने प्रयास हो। अघि अघि गाउँघरतिर निरक्षरहरूको चिट्ठी गाउँघरका साक्षर व्यक्तिहरूले बढ़ो चाख मान्दै पढ़ेर सुनाइदिन्थे । तकनिकी सुविधा अनि मोबाइल फोनले अब मान्छेको सोच अनि जीवनशैलीमा यति छिटो परिवर्तन ल्याइदियो कि अघिल्लो पुस्ताले आफ्ना नयॉं पीढ़िलाई सामाजिक नैतिकताबारे बताउनसम्म भ्याएनन् । ज्यानरेशन ग्यापको - यो ठूलो खाड़ललाई आमा र मोबाइल फोनले सरलतापूर्वक प्रस्तुत गर्दै सामाजिक नैतिकता माथि सोच्न बाध्य गराएका छन्। अब जमाना निरक्षरहरूको चिट्ठी पढिदिने रहेन। अब समय धुर्तहरूको आयो। विवश आमाको भाउचर आफ्नो फोनमा हाल्ने ठगहरूको जमाना आयो। आमालाई यहॉं अघिल्लो पुस्ताको रूपमा प्रस्तुत गरिएको छ। आमाको सामुन्ने छोरा अर्थात नयॉं समकालीन पुस्ताको जीर्ण अवस्था बॉंचिरहेको छ, अर्थात छोरा बूढ़ो हुँदै गइरहेको छ। छोरा बूढ़ो हुनु आमाको विवशता हो, अनि आमाको अघि भुक्कुले नानीको अनिश्चित भविष्य पनि बढ़िरहेको छ। यहॉं आमा अर्थात अघिल्लो पुस्ता विवश र आशंकित छ । मोट्टी बुहारी र भुकुल्ले नाती पाएकोमा आमा ढुक्क छैन। अनिश्चित छ आमा अनि आमाको भविष्य। यो अनिश्चित भविष्य हाम्रो जातिको, हाम्रो समाजको यथार्थ हुन्।

जुन दिन नेटवर्क थिएन

त्यहीदिन घरमुनि पैह्रो गयो

फोन नै लागेन।

आमालाई पुर्यो पीरले।

आमा र मोबाइल फोन ।

यहॉं नेटवर्कको रूपमा सरकारको उदासीनता, प्रशासनको अनुत्तरदायित्त्व र राजनीतिको स्वार्थपनलाई प्रस्तुत गरिएको छ। घरमुनि पैह्रो जानु सामाजिक अव्यवस्था अनि संकटापन्न स्थीति हो। आर्थिक अनि सामाजिक दयनीयता हो। यो समस्या अनि संकटापन्न अवस्थालाई समाधान गर्नपर्ने उत्तरदायी व्यक्ति र सम्बन्धित निकायहरूको भ्रष्ट व्यवस्थामाथि प्रहार गरेका छन्।

गाउँमा बिहे छ

पुरानो साड़ी छ

र छ त्यही गिलाससेटको सस्तो उपहार।

गाउँमा मरौ छ

छोराको महिना मरेको छैन।

- आमा र मोबाइल फोन।

उपर्युक्त पद्यांशले हाम्रो समाजको आर्थिक अवस्थाको सुस्त गतिलाई प्रस्तुत गरेको छ। पुरानो साड़ी र त्यही गिलाससेटको सस्तो उपहारलाई हाम्रो जीवनस्तर, जीवनशैली र आर्थिक अवस्था जहीँको त्यहीँ रहेको, कुनै परिवर्तन नआएको, निरश देखाइएका छन्। यस कुरालाई कविताको अर्को पद्यांशले झर्लङ्ग पार्छ -गाउँमा मरौ छ

छोराको महिना मरेको छैन-ले।

व्यङ्ग्यत्मक प्रहार र निरशताको सममिश्रण बनिदिएको छ आमा र मोबाइल फोन यसरी।

बद्लँदो राजनैतिक अवस्थासितै कविताको व्यधानात्मक प्रहार पनि धेरै तिखो भइरहेेको छ। मनोजको कविताले यो प्रहार छद्म रूपमा नगरेर सोझै गर्ने आँट गरेका छ। मनोजको विम्बात्मक कविता जटिल छैन। यो प्रहार राजनैतिक व्यवस्थामाथि मात्र नभएर निष्क्रीय बनेको भ्रष्टचारयुक्त राजनीतिलाई सक्रिय बनाउन सघाउ पुर्याउनेहरू अर्थात जनता-माथि पनि गरिएको छ -

पढ्दैछन्आफ्नै खिल्ली

किनारा परेका अर्थहरूले।

- पोस्टर

पोस्टर कवितामा पोस्टर टॉंस्नेहरू अर्थात राजनेताहरूको प्रलोभन, दमन र भ्रष्टचारलाई पोस्टर अर्थात प्रतिक्रियाहिन जनताका, जसका प्रतिक्रियाहिन र निरूत्साहजनक प्रतिक्रियाकै फलस्वरूप बढ़ावा पाएका छन्, उनिहरूमाथि प्रहार गरेका छन्।

अबका राजनीति पनि प्रलोभन, अय्यासी र ग्लेमरले ग्रस्त छन् भनेर भन्न चाहेका छन् पोस्टर शिर्षक कविताले । उत्तरदायित्वविहीन भ्रष्ट राजनीतिको कुनै अस्तित्व छैन भन्न खोजेर राजनीतिलाई मर्यादावीहिन देखाएका छन् पोस्टर कवितामा यसरी -

राजनीतिको त्यो सेक्सीपन

कस्सैले लेख्न सक्दैन पोस्टरमा।

गीतको रिस शिर्षक कविताले कवि मनोजभित्रका विद्रोहलाई उजागार गरेको छ। मनोज भित्र विद्रोह छ, यसैले मनोजको कविताले दुस्साहस गर्छ, रिस पोख्छ अनि विद्रोह गर्छ। मनोजलाई आफ्ना विद्रोही कविता माथि पूर्णआत्मविश्वास छ-

शब्द फुट्ता

कत्रो पैह्रो जान्छ भने

कारागार पनि पुरिदिन्छ।

- गीतको रिस ।

आफ्नो संस्कृतिमाथि भएको आघात र अनुकरणको आडम्बर र दासप्रवृत्तिलाई यसरी प्रहार गर्छ गीतको रिसले-

नेपाली अक्षर कहिले निग्रो भयो?

देश स्वतन्त्र भएको अर्धशतक भन्दा धेर भइसक्यो। सरकार समक्ष धेरै तर अधुरै परियोजना र प्रकल्पहरू छन्। सरकारको योजनामा मनोजको गाउँको बाटो भिक्टीमाइज छ। गाउँ नआएको सड़कको कविता सरकारको अधुरो परियोजना माथि व्यङ्ग्यत्मक प्रहार हो । गाउँ विषय लिएर सरकारको निराशजनक नीतिमाथि मनोज लेख्छन्-

गाउँ लेख्यो कि भॉंचिन्छ

सरकारको नीब ।

- गाउँ नआएको सड़कको कविता

सरकारको यो नीति मनोजको गाउँको हो, देशको गाउँको हो -

सड़क गाउँ आउन नसकेको हो कि

देशको नीति ।

- गाउँ नआएको सड़कको कविता ।

ढुङ्गा मनोजमा भएको कल्पनाशक्तिको, सिर्जन सक्षमताको, चिन्तनको र काव्यअभिव्यक्तिको एक उदाहरण मान्न सक्छौँ । ढुङ्गा-1 देखि ढुङ्गा-10 सम्म मनोजले जीवनको, विश्वासको, शान्तिको, पिरथीको, समाजको, क्रान्तिको र कलाको कुराहरू समेटेका छन्। ढुङ्गा मनोजको निम्ति मसिह हो -

ढुङ्गामा केही छैन, शान्त छ,

तिमीले सिक्नुपर्ने यही थियो।

- ढुङ्गा।

ढुङ्गा कविता वैचारिक क्रान्ति हो। आदिम युगमा ढुङ्गाकै घर्षणद्वारा आगोको आविष्कार गर्नु सभ्यताको पहिलो क्रान्तिकारी पाइला थियो। ढुङ्गेयुग मानव सभ्यताको पहिलो पहल हो। मनोजको ढुङ्गा - शिर्षक कविताले पनि सभ्यता, विचार, सद्भावनाको कुराहरू राखेका छन्। ढुङ्गा जस्तो कठोर शिषर्कमाथि कोमल पक्षहरू राख्न सक्षम मनोजमा ईश्वरवरद योग्यता छ। मनोजको कविता प्रवाहमय छ, प्रभावकारी छ, लय छ। यो काव्यप्रवाह निरन्तर बगिरहे मनोज एक दिन महासागरमा लय हुनेछ।

भातमा ढुङ्गा लाग्दा

नरिसाउनु मायालुसित

यस्तो घटना

चपाएरै खानेहरूसित घट्छ ।

- ढुङ्गा ।

यसरी मनोजले जीवनमा सम्झौताहरू कति महत्त्वपूर्ण छ र कति अर्थपूर्ण छ, बताएका छन्। यहॉं चपाएरै खानेहरू - ले व्यापक अर्थ राख्दछ। जटिल परिस्थितिहरू, धर्मसंकटहरू र मानिसले गरिरहनुपरेको सङ्धर्षमय अवस्थाहरूमा मानिसले कहिले मान कहिले अपमान, कहिले घृणा, कहिले उपहास त कहिले अनेकौँ लाञ्छनाहरू पनि सहन पर्ने हुन्छ, तर यी सबै अवस्थाहरूलाई सहन गरेर , सामञ्जस्यता राख्दै अघि बढ़्नुले नै जीवनलाई सार्थक र अर्थपूर्ण एवं आनन्द दिँदछ भन्न खोजिएको छ।

अराजक संवेद मनोजको विरोधाभास अभिव्यक्ति हो। वर्तमान अराजक व्यवस्थामाथि अराजक संवेद सोझो प्रहार हो। देशसित सरोकार नभएको व्यवस्थाले मनोजलाई विप्लवी बनाएको छ। व्यवस्था यति अराजक छ, देशद्रोही मिरजाफरहरू भन्दा पनि भ्रष्ट बनेको छ देशका व्यवस्थापकहरू। कवि मनोजले यस्तो परिवेशमा भ्रष्ट, विसंगत र राजनैतिक द्वन्दलाई भोग्दै अघि बढ़ेका हुनाले अराजक संवेद सबैभन्दा विद्रोही कविता बनेको छ। वर्तमानको यस्तो परिवेश बुझ्नलाई यी पंक्तिहरू हेरौँ -

त्यसपछि जतिनै चलोस् आतङ्कीहावा

देशनै भॉंच्चियोस् ठ्वाक्कै

त्यसलाई के।

- अराजक संवेद

तर अराजक संवेदले अराजक राजनीतिलाई मात्र होइन, तर यो अराजकतालाई प्रहोत्साहन गर्ने कायरपन र पाखण्डवादलाई अझ धेर प्रहार गरेको छ -

त्यसै पनि त्यसको बाइफाले दृष्टिदोष

गर्भवती भइबस्छ।

देशभरि चलाइएको राजनैतिक बलात्कारलाई

जबसम्म पूजा गर्छ पाखण्डवादले अनि

जबसम्म त्यसको सुरक्षाको निम्ति द्रौपदीले साड़ी खोल्छ

देश भासबाट उठ्दैन।

र छुँदैन गान्धीको जनै।

- अराजक संवाद

मौनधारक, बहिरो, लाटो शोषित जनताले केही गर्ननसक्ने, बरू अझ भ्रष्टचारलाई, शोषणले प्रोत्साहन पाउने तथ्य राख्दै यस्ता जनतालाई बॉंदर को संज्ञा दिएका छन्। अराजक संवेदमा गान्धीको बॉंदर अब शोषणलाई प्रोत्साहन गर्ने प्रतिक मात्र बनेको छ -

देश र वेद्को यो शीतयुद्धलाई

बॉंदरहरूले घॉंटी निमोठ्न सक्तैन।

कवि मनोजका कविताहरू सहज, सरल छन्। मनोजको विम्बात्मक कविता जटिल छैन। नयॉं-नयॉं विम्बहरूको सिर्जनाले कविको कल्पनाशक्तिलाई उजागार गर्दछ साथै कवितामा रहेको र कविताले भन्न खोजेको मध्यम्वर्ग जीवनका संघर्ष, वैचारिक क्रान्ति, व्यवस्था सुधार, विरोधाभास, कुण्ठा, व्यङ्ग्य र तिखो प्रहार नै मनोजका कविताका मुख्य तत्त्वहरू हुन् जसले कवितालाई अझ सुन्दर, भावमय र अर्थपूर्ण बनाएका छन्।

भूमण्डलीकरण, साम्राज्यवाद, भ्रष्टचार, अपसंस्कार, जातिय गरिमा र मर्यादामा ह्रास आएको, हनन् भएको, उपभोक्तावाद, हिंसा, पाखण्डवाद र आडम्बरवादले ग्रस्त भएको आजको समाजमा कवि मनोज वोगटीको गीतको रिस - ले विशेष महत्त्व राख्दछ ।

सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-13985195083726941152012-01-20T00:29:00.000-08:002012-01-20T00:29:02.880-08:00मनोज वोगटीको स्पर्शचाम्रो सरल

किताबको नाम नै थियो- बीउ भाले। कथाकार शमशेर अलीले यसको विमोचनको निम्ति जस्तो तम्तयार गरेका थिए, इमान्दार सर्जकले सिर्जनालाई गर्ने मायाको एउटा मनपर्दो हद छाम्न पाइएको थियो। निमन्त्रणा कार्ड नि छोराको बिहे जत्तिकै राम्रो, खर्चालु। विमोचन पनि कहिल्यै साहित्यिक हल्लाखल्ला सुन्नु नपरेको महङ्गो होटल सिल्भर ओक्सको एउटा राम्रो कोठामा। कार्यक्रम गर्न त होइन त्यहॉं पस्ने आँट पनि सर्जकहरूले गर्न सक्दैनन्। विहेमा गएजत्तिकै भइरहेको थियो। कार्यक्रम यस्तो भए कि त्यस्तो फेरि शमशेर अलीले नै गर्न सक्छन्। तिनको इमान्दार सिर्जनशीलतालाई सलाम। धेरै थोकको अनुभूति एकैसाथ दिएको यही कार्यक्रमले इमान्दाररूपले लेखनमा सरलताको विषयलाई झिकेको थियो।

टीका भाइ अनि सञ्जय विष्टले समाजमा कथा हराइसकेको कुरा गरे। समाजले नबुझ्ने कथामाथि प्रतिक्रिया उठ्यो।

जगदिश घिमिरेले उनको आत्मालापमा भनेका छन्, - नबुझिने लेख्नु नसुनिने गरी कराउनु हो।

शमशेर अलीले सबैले सुन्न सक्ने मात्र होइन सबैले बुझ्न सक्ने मात्र होइन सबै डुब्ने कथा लेखेका छन्। सजिलो तिनको कथा सबैको निम्ति प्यारो बनेको छ, गम्भीर पाठक वा अगम्भीर पाठक दुवैलाई। यो कथा सङ्ग्रह नपढ्ने पाठक, वास्तवमा पाठक नै होइन भन्न मिल्छ। हुन त पाठक भन्ने कुरा विवादास्पद छ। पाठक भनेको के हो? कस्तो पाठकको कुरा गरिरहेका हौं। निश्चित भन्न गाह्रो छ। अनुपातमा जसले धेर पढ्छन्, पढ्नुपर्ने हो उनीहरूकै कुरा गरेका हौं की।

नसुनिने कराइए समाजले थाहा पाउने होइन अनि समाजले थाहा नपाउने के कराउनु? साहित्यमै बुझ्ने नबुझ्नेबीच निक्कै द्वन्द्व छ। तर छ दुवै नै साहित्यिक इतरको चहलपहल। अहिले यता सरलताको कुरा निक्कै गम्भीररूपले उठिरहेको छ। नेपालमा त छनै।

एक दिन कवि मिलन वान्तवाले फोन गर्दै मलाई भने, सरल र छुने लेख्नु जति साह्रो काम केही होइन, नबुझ्ने लेखेर पाठकलाई ढॉंट्नु जति सजिलो सरल लेख्नु होइन। हङकङका हाङयुङ अज्ञातले पनि सरल लेख्नु सरल छैन भने, सरलताको चर्चा गर्दा फेसबुकमा। कवि राजा पुनियानीको बोजु र दैलो श्रृङ्खला कविताहरूको सरलता(हामी थोरैले मात्र पढ़ेका छौं, अरूले पढ्न पाउनु नपाउनु राजा पुनियानीको जिम्माको कुरा हो।), रेमिका थापाका गाउँका कविताहरूका सरलता, मिलन वान्तवा कै गाउँ शहरका सरल कविताहरू, केवलचन्द्र लामाको घर श्रृङ्खला, विचन्द्रको विपश्यना, शमशेर अलीको बीउ भाले पढ्दा आउने मिठास्, कथा र कविताले बोकेको अर्थ र ग्रहण गर्नुपर्ने अन्तरपाठले दिने स्पर्श सबैले साहित्यमा खोजिरहेकै खोज भइरहेको छ अहिले।

हामी सप्पै सरल हुन खोजेर पनि किन सरल हुनै सक्दैनौ? खासमा नेपाली भाषामा नै राम्रोसित बोल्नलेख्न नसक्ने आधा नेपाली र आधा अरू के के मिसाएर आफ्नो अभिव्यक्ति दिने भारतका नेपाली बहुल क्षेत्रहरूमा नेपाली साहित्यिक भाषा वा अझ काव्यभाषाको कुरा नबुझिने कविता जत्तिकै त हो। नबुझिने, गाह्रो कविता कस्तो हुन्छ म उदाहरण दिन सक्तिन। तर उदाहरण लाखौं हुन सक्छन्। तर सरल कविता यस्तै हुन्छन् कि-

खलामा दाईं गर्दैछु

दुइवटा गोरूहरू घुमिरहेछन्

पछिपछि लौरो लिएर म पनि घुुमिरहेछु

होइन होइन तीनवटा गोरूहरू घुमिरहेछन्

कि म पनि त गोरूझैं खटिरहेछु

अरू म महागोरू खट्नुसम्मलाई मात्र खटिरहेछु, किनकि

पराल र धान छुट्टिएपछि

पराल गोरूको हुन्छ

धान र पराल छुट्टिएपछि

धान साहुको हुन्छ

र

वर्षभरि खट्नु पर्ने खेतचाहिँ मेरै हुन्छ।

(ज्ञानेन्द्र खतिवड़ा)

गाउँले कालो पैसा जानेको छैन

गाउँले कालोबजारी पनि जानेको छैन

एकाएक गाउँमा अनिकाल पर्छ

यो अनिकालमा

बीउ पनि गाउँले नै जोगाउनुपर्छ।

सजिलो छैन गाउँलाई

भोकानाङ्गा बालबच्चाहरूका अघि

बीउ जोगाउनु।

(रेमिका थापा।)

धानले

खेतमा उभेर

शीर हल्लाउँदै भन्यो

सारा मंशिर मेरो हो़।

(उदय थुलुङ)

म छु।

तिमी छौ।

बीचमा लाई भइदिएको भए

मलाई तिमी हुनेथियौ

अथवा

तिमीलाई म।

विभक्तिबिनाका शब्द भयौं

तिमी र म।

कहिले हुनु वाक्य हामी

कहिले हुनु काव्य।

(राजेन्द्र भण्डारी)

नाङ्गो भुतुङ्गो शिशु

कतै उनै होइन ईशु?

(विचन्द्र)

यतै पनि यस्ता खाले सरल कविता प्रशस्त लेखिएका छन्। यस्तै प्रशस्त नबुझिने कविताहरू पनि लेखिएका छन्। त्यसको उदाहरण नदिएकै राम्रो। तर यी दुइथरीका कविताहरूबाट पाठकले कुन लिने भन्ने स्वतन्त्रता वा पाठक स्पेसमाथि सर्जकहरूले बहस गर्न सक्ला र? सर्जकले पाठकको स्पेसमा खलल पुर्याउनु पनि उचित कार्य नहोला। तरै पनि सबैले कठिन कुरा सरलमा भनेकै मन पराउँछन्। कुन कुरा राम्रो र कुन कुरा चाम्रो, त्यो त पाठकले नै भन्ने कुरा हो तर पाठक सर्जक नभएको कारण पाठकको अनूभूति सर्जकसम्म पुग्दैन। थोरै मात्र यस्ता पाठक छन् जस्ले आफ्नो पाठकीयलाई व्यक्त गर्छन्। नत्र त आलोचकहरू पनि सार्वजनिकरूपले कुनै पनि अन्योलता र विवादास्पद कुरामा लिखित बहस गर्न सक्दैनन्। तर उनीहरू मौखिकरूपमा भने अच्चाकाली हल्ला गर्ने हुन्छन्। एउटा ठूलै बहस सरल र चाम्रोको निम्ति पनि हुनुपर्ने हो कि, चुपचाप सिर्जनामा लाग्नुपर्ने हो सर्जकले। मलाई अहिले अलिकति बाङ्गिन मन लागेको छ चाम्रो सरलको निम्ति।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-60736188448274560472012-01-20T00:22:00.000-08:002012-01-20T00:22:26.856-08:00मनोज वोगटीको स्पर्शआगोमाथि पानी

भित्र आगो पाल्नेहरू

ज्वालामुखीमाथिको हिमाल झैं

सुन्दर र आकर्षक हुन्छन्।

विश्वभरि नै शोषणको विरूद्ध आवाज उठ्छ। त्यो आवाजलाई त्यहॉंत्यहॉंको साहित्यले निक्कैमाथिसम्म पुर्याउँछ। कुनै पनि ठाउँमा हुने द्वन्द्वको प्रकाशना त्यहॉंको सर्जकहरूमार्फत विस्तृत बन्छ। त्यो पढ़ेर त्यहॉंको द्वन्द्वको आकार छाम्छौं हामी। त्यसको स्वरूप, आधारभूमि र कारकतत्वलाई हेर्न ती पढ्छौ पछिसम्म। उदाहरण लिएर भन्छौं, त्यसरी त्यहॉंको शाषण भत्कियो र त्यहॉंबाट पलायो अर्को शाषण। भत्किँदै बनिने यो प्रक्रियाबीच लेखनको चलखेल भुक्क उठिबस्छ, स्पष्ट देखिनलाई।

सबैथोक स्थायी नहुने हुनाले कसैको विचार पनि स्थायी नहुने भयो। जुन विचारलाई लिएर कसैले पनि आफूलाई जस्टिफाइ गर्ने जुक्ति निर्माण गर्छ। विज्ञान, धर्म र राजनीति पनि यस्तै जुक्तिहरूले भत्किँदै पनि अर्को आकारमा रूपान्तर भइबस्ने चक्र छ।

पुरानोको विरूद्ध नयॉंले( नयॉं र पुरानो हुन्छ?)लिने पदक्षेप आकारमा आउँदा भित्र आगो पालेर नै आउँछ। त्यो आगोले गालेको आवाज ज्वालामुखी जस्तो फुट्छ अनि त्यसको अस्तित्व शुरू हुन्छ।

कवि ध्रुब चौहानले निक्कै अघि सुनाखरीमा प्रकाशित गरेको कविता पढ्दै थिएँ एक दिन। भित्र आगो पाल्नेहरू-प्रकाशित हुँदा भित्र आगो पाल्नेहरूले आकार पाउँदै थिए। उनको वर्तमानलाई टेकेर जुन द्वन्द्वले निक्कै उफ्रिपाफ्रि गर्दैथियो त्यसलाई मज्जले नै उनले छामेको, पढ्दा मनमा आयो।

कविले लेख्ने भनेको के हो?

अहिले लेखिएका कविताहरूलाई रेखाङि्कत गर्ने र त्यसको भुक्क उठेको चलखेल देखाउने जुक्तिहरू निक्कै चर्चित छन्। एउटा चलखेलमा मलाई पनि जोड़ेर नै राखिएको छ। उम्कन सक्छु म?

कविले लेख्ने भनेको यो यो हुँदैन। त्यो त्यो पनि हुँदैन। यसो भएपछि कवितामाथि यो यो र त्यो त्यो भनिरहने कुरा आउँदैन कि! तर यो यो र त्यो त्योे भन्नलाई एउटा हुल तयार पारेन भने परम्परा हस्तान्तरणको सवाल विवादमा आउँछ। चलखेलहरू राजनीतिमा मात्र होइन साहित्यमा पनि हुन्छ। साहित्यिक राजनीतिको अभिष्ट कति दह्रो हुन्छ त्यो त राजनीति खेल्नेहरूले नै भन्न सक्छन्। चौहानको कविता पढ्दा मलाई साहित्यिक चलखेलको स्वाद आएन। उनको कविता कि वर्तमान पढ़िरहेको थिएँ म। उनको र मेरो वर्तमान एउटै भुँइमा रहेकोले हामी समसामयिक ऐनामा आइरहेका थियौं। राजनीति र साहित्यको समकालीन सम्बन्ध निक्कै उज्यालो देखिन्थ्यो कवितामा।

भेंड़ा बाख्रा वा पशु जस्तै

बेलगाम हुन्छन्

आगोहरू पनि।

उनले यसो भन्दा पहाड़बाट एउटा क्रुर व्यवस्थालाई पुरुक्क उखेल्ने हुरिसरीको खाक पार्ने ती नै आगोहरू देख्दै थिएँ। तर त्यो बेलगाम आगोलाई पनि लगाम लगाइन्छ कि जस्तो लागिरह्यो मलाई। उनले कविता लेख्दा देखे-

जिम्मेवार र अनुभवी

गोठालाहरू

वरिपरि तिर्पाइ हानेर

आनन्दले

तर

आगो चराइरहेछन्।

(अहिले सबै आगोहरूको पीठमा जुन निलडामहरू देखिन्छन्, त्यो तीनै गोठालाहरूले हानेका हुन्। चौहानले एकदिन त्यो पनि देख्नेछन् अनि कविता लेख्नेछन्, मलाई यस्तो लागिरह्यो।)

चौहानले एउटा सुरक्षाधेरा देखेका थिए। त्यहीँबाट भोलिको हरियालीको कल्पना टॉंगेका थिए। तिनले अहिले पनि यसरी नै हेरेका होलान त खुट्टामुनीको वर्तमानलाई? कविता लेख्दा, प्रकाशित हुँदा अनि अहिले पनि त्यसको पठन हुँदासम्म निक्कै केक्केहरू भत्किसकेको छ। चौहानको विश्वास, विचार र वर्तमान भत्किबस्दैन र?

त्यो कविताले मभित्रका केक्केहरू भत्काउँदै लग्यो।

आगोहरू जसरी आगो भएर आएका थिए त्यसरी नै आगो भइरहन सक्दैन कि, जसले आगोहरू उगेले उसैले पानी पनि पो छाद्ने हुन् कि।

भित्र आगो पाल्नेहरू/ज्वालामुखीमाथिको हिमाल झैं सुन्दर र आकर्षक हुन्छन्/आफूभित्र सुनामी लुकाउने/ सागर झैं/ गम्भीर र शान्त हुन्छन् -भनेर कवि चौहानले तर परिस्थितिलाई खबरदार गरेको तर मज्ज आइरहेको लाग्यो।

छेउमा नै रहेको वर्तमानको अनुहार पढ्न के कुनै कविको कविता पढ्न पर्छ? चौहानको भित्र आगो पाल्नेहरूको अनुहार हेर्दाहेर्दै यस्तो कुरा आयो।

कविता के हो? लु त कुनै आलोचकले भनुन् त। उसलाई म मुखभरिकोे जवाब दिनेछु। किन भने मलाई थाहा छ आगो हुने ठॉंउमा पानी पनि उम्रिन्छ।

आगोले आफन्त चिन्दैन। चलाउन जान्नेहरूको निम्ति मात्र हो आगो। चलाउन जानेन भने पोल्छ। जसलाई पोल्छ भनेर थाहा छ उसले आगोमाथि खनाउने पानी तयार पारेको हुन्छ, होइन त?सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-82819678898157778202012-01-20T00:15:00.000-08:002012-01-20T00:15:05.754-08:00मनोज वोगटीको स्पर्शनाङ्गो र भुँई

राम्रै भएछ दालमा नून नलागेको(नहालेको)

दालको वास्तविक स्वाद थाहा पाइयो।

सिक्किमका राम्रा तर चर्चामा नआएका एक कविको मुक्तक डा.हर्कबहादुर छेत्रीबाट निक्कै पल्ट सुनेको हुँ। संरचना कस्तो थियोे मुक्तकको थाहा छैन। त्यसको भावलाई सन्दर्भमा उठाउन यसरी सजाइयो यहॉं।

चश्मा नलगाई केही हेर्नै नसकिने समाजमा नाङ्गो आँखाको कुरालाई जस्टिफाइ गर्नु एउटा युद्ध जत्ति कै हुन्छ। यो मुक्तकको भावले छोइँदा म चश्मा लगाउने कमजोर आँखा भएका ती नै समालोचकहरू सम्झन्छु। कविको, कथाकारको वा सर्जकको कृतिपठन अनि त्यसको व्याख्यायको निम्ति निक्कै विदेशी दर्शन अनि सर्जकहरूको भनाइहरूको सन्दर्भसित नजोड़ी अर्थमा नै आउन सक्तैन कि के हो त्यो पनि जान्दिन। भारतीय नेपाली सर्जकहरूले यतै बसेर, यहॉंकै धुलोमाटोमा हुर्किएर गर्ने सिर्जना वा कृतिको अर्थहरू हेर्नुुपर्दा विश्वका चर्चित ती लामेतॉंत दार्शनिकहरूको दर्शन पो धेरै अर्थमा व्याख्याय हुन्छ कि के हो?

नाङ्गो आँखाले हेर्दा पनि तर दालको वास्तविक स्वाद पाइँदो रहेछ।

कवितालाई हेर्न चश्मा पर्छ त?

यसै पनि कवितालाई हेर्ने चश्माको ब्राण्ड निक्कै छ। म कुन ब्राण्ड चलाउँ? चश्माले हेरेको कविताको वास्तविकता(अर्थ)को आकार वास्तविक नै हुन्छ? नाङ्गो आँखाले कविता देखिन्छ? कविता पठन हुँदै गर्दा मभित्र कुन ब्राण्डले काम गरिरहेको हुन्छ? ओहो, कुन कम्पनीलाई पो सोधूँ!

कवि र पत्रकार एकसाथ हुँदा बटुलिने समयका अव्यवस्थितिले आहात भइबसेको बेला एउटा कविता पढ़िरहेको हुन्छु म।

प्रश्न चिह्नहरू

उत्तर पर्खनलाई

कान ठाड़ो पारेर उभिएका

यी प्रश्न चिह्नहरू

तिमीले बलजफ्ती तानेर, तन्काएर सीधा पार्न खोज्दैमा

सीधा हुने होइनन्।

यिनीहरू चहान्छन् नाङ्गो उत्तर।

-यो व्यङ्ग्य पठनले जत्ति उत्तेजित गराउँछ, त्यत्ति नै गम्भीर बनाउँछ। हॉंस्दाहॉंस्दै उभिएका प्रश्नहरूसित उभिएका भारतीय गोर्खाहरूको नियतिले छेउमा आएर स्पर्श गर्छ। त्यसले छोइँदा कविताबाट आउने गन्ध र सुगन्धले जुन मात दिन्छ त्यसले ठूलो ग्लानी छोड़ेर जान्छ। दखल गरिराखेर अर्थ र सहअर्थहरू हाम्रो उपस्थिति वा कथा जस्तो बाङ्गिन्छन्, चेप्टिन्छन्। हामीलाई हामी बन्न नदिन हामीमाथि शाषण गर्ने जुक्ति सर्प जस्तो सल्बलाइबस्छ। हाम्रो पक्षमा उभिएर यति भनिन्छ-

तमीले बलजफ्ती तानेर, तन्काएर सीधा पार्न खोज्दैमा

सीधा हुने होइनन्।

तिनीहरू, जस्ले हामीलाई तानेर तन्काएर सीधा पार्ने जुक्ति गरेर उत्तर खोज्ने हाम्रो अधिकारमाथि अतिक्रमण गरिबस्छ, त्यसरी त्यस्तो गेमप्लान गर्ने तिनीहरूनै हुन् त? हामीलाई तल थिचिराख्ने जुक्ति निर्माता वा मास्टर माइण्ड को हुन् त?

कवितामा उभ्याइएका प्रश्नहरूमा हाम्रो अनुहार कति निर्दोष छन्। वर्तमानको भुँइ टेकेर उभिएका ती प्रश्नहरू कति नाङ्गो छन्?

नाङ्गो छन्?

यी हँसियाको नक्शा जस्ता प्रश्नहरूको उपस्थितिलाई तानेर सीधा पार्न सकिन्छ त? पढ्दै जॉंदा प्रश्नहरूको साटो म उभिन्छु। एउटा कवि उभिन्छ, पत्रकार उभिन्छ वा आम मान्छे उभिन्छ। आह! कस्तो सपना दिने प्रश्न चिह्नहरू। कस्तो विपना दिने कविता। कविता ति हामी?

यस्तो कविता लेख्ने कवि हुन् मनप्रसाद सुब्बा। मनप्रसाद सुब्बाका प्रश्नहरू आम मान्छे। आम मान्छेको उपस्थिति। कथा। नियति। वा त विसङ्गति। जसलाई तानतुन पारेर क्यानभासमा शब्दहरूले खिलेर देखाइयो। हेराइयो। वा बुझाइयो। यो कविता कि चित्र हेर्दा अर्थहरू कताकताबाट चुहिबस्छ। खिलेको ठाउँबाट अर्थहरू तप्प तप्प खसिबस्छ। पोक्खिबस्छ। आहाल भइबस्छ।

नाङ्गो हेर्न चहान्छौ हामी। तर उत्तरलाई झोलामा लुकाइन्छ। गिदीमा लुकाइन्छ। ज्ञानहरूलाई जसले मुर्ख बनाएर, गुण्डा बनाएर, अपराधी बनाएर भूलप्रेत जस्तो खेलाइबस्छ। उसले हामीलाई उत्तर कहिल्यै भन्दैन। नक्कली उत्तर देखाएर हाम्रो उठेको प्रश्न जस्तो शीरलाई झुकाइबस्छ। पेलिबस्छ। ढॉंटीबस्छ। छलिबस्छ। लोकातान्त्रिक देशमा भइरहने यस्ता खाले राजनैतिक खेलको शिकार मनप्रसाद सुब्बा र हामी, सर्जक र पाठक दुबै हुन्छ। मनप्रसाद सुब्बाले अक्षरमा खिलेर देखाएको हामीले खेलिरहेको नाटकको समयकथामा, हामीले निभाइरहेको भूमिकामा हामी आउन अघि निर्देशकले हामीलाई हाम्रो भूमिकाबारे हामीलाई कसरी सचेत गराएका थिए त? सोध्न पनि पाइँदैन? उठेका प्रश्नहरूलाई कुटेर, धम्काएर, हतियार देखाएर वा हत्या गरेर, डङ्का पिटेर नाङ्गो उत्तर खोज्नेहरूलाई यसरी दिइरहेन सास्ती कुन कम्पनीको प्रोडक्ट होला, कविजी? उत्तर दिन नसक्नु वा नाङ्गिन नसक्नुको विकल्प नै सास्ती हो त? प्रश्नका टाउकोहरू तानेर तन्काएर सीधा पार्ने जुक्ति आफूलाई नाङ्गो देखाउन नसकिएको रोग हो। यो रोग जो बाइफालेद्वारा सर्ने एड्स जस्तो हो। हो?

तर नाङ्गो त नाङ्गिनै पर्छ। नाङ्गिनबाट कति भाग्न सक्छन् र। कुनै पनि अर्थ र उत्तर ननाङ्गि धरै छैन। हँसिया जस्ता प्रश्नहरू कति धारिला हुन्छन्, इतिहास अघि छ पढ्नेलाई। धारिलो छ, छ। भाग्न सकिरहन्छन् के त?

...हँ सक्छौ? सक्छौ के त हौ, ए मस्तान?

तिमी नाङ्गिन सक्छौ सबको सामुन्ने?

नाङ्गोपन नै पो छ के त तिमीसित?

हेर, कति दह्रोसित टेकेका प्रश्नहरूले पाइलामुनीका चिसो भुँइ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-85426252701379607322012-01-19T22:57:00.000-08:002012-01-19T23:21:47.962-08:00समीक्षा

बसन्त बस्नेत

दार्जिलिङको मेनु

इन्द्रबहादुर राईका कथा पढ्न मनभन्दा बढी बुद्धि सक्रिय गराउनुपर्छ। त्यही भएर आमपाठकबीच उनको चर्चा 'ठीकठीकै' हुन्छ। उनी चिन्तन गर्छन्, लेख्छन्। साहित्यको 'बजार अर्थतन्त्र' सँग उनलाई लिनुदिनु छैन– लाग्छ।

सञ्चार माध्यममा नयाँ मन्त्रीको चर्चा छ, राईका कथाको हुने कुरो भएन। उनी यसै पनि दार्जिलिङमा बस्छन्। भूगोलमात्रै होइन, मनोविज्ञानले पनि त्यो काठमाडौंभन्दा टाढा छ। तैपनि पछिल्लोपटक छापिएको उनका …प्रतिनिधि कथा' का पाठक भेटिन थालेका छन्।

राई हरक्षण केही न केही गरिरहेका हुन्छन्। उनको त्यही …केही' गर्ने बानीले तेस्रो आयाम र लीला लेखनजस्ता बाँकी विश्वलाई देखाउन मिल्ने नेपाली चिन्तन दियो। तिनै लेखनलाई आधार बनाउँदै कतिले उनलाई फासिस्ट पनि भन्न भ्याए। साहित्य लेखेबापत् नेपाली साहित्यमा फासिस्टको पगरी झेल्न बाध्य राईपछि को होला?

…प्रतिनिधि कथा' मा २० कथा संग्रहित छन्। सन् १९६० मा छापिएको …विपना कतिपय' का सात कथा, १९७२ मा छापिएको …कथास्था' का छ कथा र बाँकी लीलालेखन प्रविधि अँगालिएका कथा छन्। …रातभरि हुरी चल्यो, जयमाया आफूमात्र लेखापानी (लिखापानी?) आइपुगी, हामीजस्तै मैनाकी आमा, एउटा विचारको यात्रापथ' आदि …हिट' भइसकेका कथा पनि सामेल छन्।

राईका पात्रको योग्यता फरक छ। कथानक पनि। त्यसैले उनका कथाको अलग्गै …डिस्कोर्स कम्युनिटी' पनि छ। पप जेनेरेसनले सहजै ग्रहण नगर्ला। भाषाको क्लिष्टतालाई राईको मौलिकता भने फरक पर्दैन। प्रत्येकको आ–आफ्नो बौद्धिक परम्परा हुन्छ। पाठकले राईलाई …कन्सिडर' गरेका होलान्। कतिपय कथा बु‰न नसकेकोमा दुःखी पनि भएका हुनसक्छन्।

…अनुवाद' सबैभन्दा लामो कथा हो। २० पृष्ठ लामो प्रस्तुत कथामा राई आफैं पात्र छन्। …लेखक' छ। अक्सर गुजुल्टो परेको भाषा बोल्छ। तैपनि आमलेखकको सांसदजस्तै भएर ऊ पीडा कहन्छ, …म समालोचना पढ्दिनँ। त्यहाँ हामी लेखकले बोल्न पाउँदैनौं। मलाई अन्तर्वार्ता मन पर्छ। त्यसमा म लेखक मात्र बोल्छु। त्यहाँ समालोचकले बोल्नै पाउँदैनन्।' (१४३)

लेखक र अनुवादक छुट्टाछुट्टै प्रजातिका हुन् भन्ने मान्यता भत्काउँदै लेखक अनुवादक केटीसँग भन्छ, …म पनि अनुवादक... ढुंग्ाा, माटो, मान्छेको जगत्लाई अक्षरहरूमा अनुवादक।' (१४९)

राईका कथा कति बुझिन्छन्, कति बुझिनबाट …जोगिन्छन्'। जसले बुझेका छन्, बुझेरै उनको लेखकलाई सम्मान दर्शाएका छन्। बाँकीले नबुझेरै प्रेम गरेका छन्। कथा भन्दै जाँदा राईले उभ्याएका सामान्य जनजीवनका पात्र पनि दार्शनिकजस्तै बीचबीचमा आफ्ना निर्णय सुनाउँछन्। …साराका सारा आदर्श नष्ट भएपछि पनि मानिसको मानिसता सिंग्ाो नै रहने रहेछ।' (७५) …एउटा विचारको यात्रापथ' को नायक भन्छ, …जिन्दगीमा हामी यहाँ जन्मेका आदर्शका चाकरीमा लाग्न आएका होइनौं।'

…उज्यालो' लाई निबन्ध भने पनि फरक पर्दैन। पात्र, कथानक र सेटिङविना पनि त्यो कथा हुन गयो, किनकि त्यो इन्द्रबहादुर राईले लेखेका हुन्। राईले कथासंग्रहमा हालिदिएकाले त्यो कथा भयो। लेखकको नाम मेटेर कथा छापिएको भए पाठकले कसरी ग्रहण गर्थे होलान्!

१९८२ को नोबेल साहित्य पुरस्कार विजेता गाब्रियल गार्सिया मार्खेजले …द लास्ट भोयाज अन् दी गोस्ट सिप' लेखे। सिंगै कथा एक वाक्यमा लेखिएको थियो। हाम्रैमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्धमा गरेका प्रयोगमाथि प्रश्न उठाउने हिम्मत कसैले गरेन। पाठकमाथि मार्खेज, देवकोटा आदि जसरी हावी भए, शालीन स्वभावका राई नेपाली पाठकमाझ उसरी नै …साहित्यिक बौद्धिक दादागिरी' देखाइरहेका छन्। उज्यालो, बाघ, ‰याल, इच्छा बाँचिरहन्छ आदि कथा प्रमाण हुन्।

…इच्छा बाँचिरहन्छ' चिठीजस्तो छ। राई …जस्तो' मा अधिक विश्वास गर्छन्। उनको लीलालेखन पनि …जस्तो' जस्तै हो। आशावादी भएर पर्खिरहनुमा जीवनको अर्थ देख्छन् पात्र–

…शोभा, म केही सोधूँ?'

…सब सोधिहाल्नोस् वा नसोध्नोस्, मलाई भय लाग्छ।'

…मलाई पाइनौ भने के गछर््यौ तिमी?'

…खोजिहिँड्छु'

…अझै नपाए?'

…पर्खनेछु। नींद नआएसम्म।' (४६)

यसरी बुझेबुझेजस्तो। नबुझे पनि केही अर्थ फेला पारेजस्तो गरी कथा लेखेका छन् राईले। …ब्ल्याक आउट, काजु बदाम, छोरा' कथामा लेखकको व्यक्ति पात्र भएर घुमिरहन्छ। जिम्मेवार पाठक त्यस व्यक्तिलाई ग्रहण गर्छ।

…एउटा दिनको सामान्यता' कथामा उत्रो केही छैन। भिडियो खिचेजस्तो दृश्यहरू पालैपालो राखिन्छन्। साधारण नागरिकको दिनचर्या कसरी नै पो बित्छ र! त्यसको कुनै कार्यतालिका हुँदैन। कथाले जबर्जस्ती कार्यसूची बनाइदिन सक्दैन।

दार्जिलिङको लोकबोली राईका कथाको लेख्य लवज हो। पात्र पर्वते खस भाषा बोल्छन्। तर, त्यो …हाइब्रिड' छ। …मैनाकी आमा अर्को ग्राहक पर्खेर बस्छ' (७६), …रुन्छ त छोराछोरीहरू' ५९... जस्ता वाक्य किताबभरि छन्। प्रस्तुत कथासंग्रह दार्जिलिङे लवजको मेनु भन्दा हुन्छ।

कथा लेख्नु भनेको सजिलो भाषामा समाज र समयसँग विमर्श गर्नु पनि हो। क्लिष्टता प्रदर्शन गर्न अरू विधा पनि होलान्। हरेक विधाको आफ्नो गुण, सीमा र पाठक हुन्छ। राईमा यसको हेक्का नरहेको देखिन्छ। दर्शनको पोथा लेखेजस्तो कथाको उमेर ढल्किसक्यो। राईलाई मात्रै कति दिन अपवाद मानिरहने?

कसैले लीलालेखन प्रविधिको दुहाई दिँदै राईमाथि छुटको आग्रह गर्लान्। आख्यानकार कृष्ण धरावासीले त्यही लीलालेखनलाई सजिलो पारामा लेखेको दृष्टान्त हाम्रै साहित्यमा छ। सजिलो लेखे पाठकले बु‰लान् कि भन्ने …भय' लागेको हो राईलाई?

किताबको पछिल्लो पातोमा धरावासीले लेखेका छन्, …राईका कथाले पाठकलाई हत्केलामा च्यूँडो अड्याउन लगाउँछन्।' हुन पनि राई त्यस्तै भाषा चलाउँछन्, …उसलाई बुद्धिमा खुसी लाग्यो। खुसी बाफजस्तो घुमिरह्यो' (६७) …केही नसोच्न शक्ति चाहिन्छ।' (६८) जस्ता वाक्यले च्यूँडोमात्र होइन टाउकै अडेसो लगाएर सोच्न लगाउँछन्।

दार्जिलिङे प्लटमा राईका बान्की बुझिनसक्नु छन्। यो पाठकको बौद्धिकता मात्रै होइन, राईको अभिव्यक्ति शैलीको पनि सीमा हो।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-35792471363484084422012-01-19T22:43:00.000-08:002012-01-19T23:21:24.163-08:00समीक्षा

बसन्त बस्नेत

स्वर्गीय जीवित स्वप्निल

(नागरिकमा २०६८ कात्तिक २६ गते प्रकाशित)

अमेरिकाले आकाशमा भर्खरै एउटा चंगा उडाएको छ

जो खसेको छ अफगानिस्तानको आदिवासी बस्तीमा

कस्तो चंगा उडाउने हो?

'हावाले दिशा बदलेको छ।

…छोरा!'

म सम्झाइरहेछु

'चंगा उडाउनुअघि

हामी आफैं ठूलो आँधीहुरीमा उड्नु छ।'

('चंगा' : स्व. स्वप्निल स्मृति)

नब्बे सालको भुइँचालोले यस्सो ताछेको धरहराछेउ स्वर्गीय स्वप्निल स्मृति भेटिन्छन्, सशरीर, जीवित।

अग्लो धरहराको नवौं तलामा उभ्भिएर हेर्दा मंगोलियन उचाईका यी कविलाई हेर्दा कति डिग्रीको अवनति कोण बन्ला?

भूगोलले उनी जत्रै होउन्। कृत्रिम उचाई उभिएका 'धरहराहरू'को बेढंगी अग्लाईविरुद्ध प्रतिरोधी कविता लेख्ने स्वप्निल अग्ला, बलिया र सुगठित तर उत्तिकै सुन्दर कविता लेख्छन्। उनीसँग भेट भएको क्षण सहर दसैंतिहारको ह्याङओभरमै छ। मेड इन् अमेरिका चंगा उडिरहेकै होलान्। 'एस्को चं धागो छिनाल्न पाए....' स्वप्निल यस्तै सोचिरहन्छन्, कवितामा।

यहाँ जीवित थुप्रै अनुहार छन्, यहाँ भनेको काठमान्डुमा– जो श्वास फेरिरहेका छन्। बँचाइमा कुनै …जीवन' पाइन्न। फिका जीवन बाँचिरहेकाहरूका प्रतिनिधि जस्ता लाग्छन् स्व. स्वप्निल, नामले।

कहाँको स्व., कहाँको स्वप्निल, कहाँको स्मृति। परस्परमा तालमेल नखाने अढाई थान नामको तौल (यसलाई बोझ भन्दिए के होला? पंक्तिकार दावी गर्छ, कुनै दिन सनमान चेम्जोङ उर्फ स्व. स्वप्निल स्मृति सेलिबे्रटी हुनपुगे भने यही नाम उनलाई अतिरिक्त भारी भइदिन सक्छ।) खैर यो नाम विवाद यहीँ छाडौं। आखिर नाममा के नै छ र!

तीस हिउँदबर्खा झेलिसकेका यी कविले कविताकै नाममा एक दशक आयु खर्चिसके। क्रान्तिकारीलाई एक दशक युग उल्ट्याउन पर्याप्त समय हो। उनले पनि डब्ल्युटी भएर हेरे। …म कवि विद्रोहमा उत्तेजनाले अस्त्रशस्त्रसहित पनि सहभागी भएकै हुँ, उत्तेजनाले बढी नै भौतिक प्रतिक्रियाको माग गर्दोरहेछ,' पछिल्लो कविता संग्रह …बाडुली र सुदूर सम्झना' मा उनी आफैंलाई कन्भिन्स गर्छन्, …तर म झस्किरहें, मेरो काम त कविताको बम पड्काउनु पो हो। अक्षरको इँटा हान्नु पो हो।'

केही नपुगेजस्तो, केही छुटेजस्तो, केही बिर्सेजस्तो भएको थियो कि देशको राजनीतिक नक्सा यी कविलाई। दुई चार मिसन क्लियर गरिसकेपछि लागेछ– धेरै साथीलाई इतिहासले आफूसँगै जिम्मा लिएर लग्यो पनि। त्यतिखेर चाहिँ म अलिक सम्हालिन्थें, चिच्याउँथें, …ए इतिहास! मलाई केही क्षण, केही प्रहर, केही वर्ष पर्ख, म आफैं आउनेछु। मलाई नलैजाऊ, मलाई लग्यौ भने कविता कसले लेख्छ?'

समाज र समय चिनाउँछु भनी दावा गर्ने कविलाई म खसोखास कवि नै हुँ भनी चिन्न पनि टाइम लाग्दो रहेछ। कविभन्दा समय नै बलियो हुँदोरहेछ।

…जनयुद्ध' का होलटाइमर। …सहिद' को पंक्तिमा लामबद्ध भएर पनि जीवननिवृत्त हुन नभ्याएका …स्वर्गीय जीवित कवि' स्वप्निल यतिखेर पंक्तिकारसँग छन्। …जनयुद्ध' अब छैन, तर स्वप्निल छन्। अहँ, कुरो थोरै मिलेन। …जनयुद्ध' छैन, त्यसैले स्वप्निल छन्?

(स्वर्गीय चाहिँ कुन्नि। त्यो चाहिँ कृति जन्मिसक्दा लेखक मरेको उद्घोष गर्ने रोलाँ बार्थलाई सोध्नुपर्ला। मलाई टाउको दुखाई छैन। उनै कमरेड कविलाई सर्कुलर पठाउनुपर्ला। यी भौतिकवादी कविलाई स्वर्गको अवधारणाप्रति किन अनुराग पलाएको होला!)

पार्श्वमा किशोर थुलुङको आवाज घन्किन्छ। मलाई थाहा छ, यो हर्क चुम्मेको गीत हो। यो स्वप्निलले बोक्ने मोबाइलको रिङटोन हो। पञ्चायतकालीन छिन्ताङकाण्डका सहिदको नाममा रचिएको …खोकु छिन्ताङ दुख्यो कि...' बोलको गीत हो यो। सहिदका गीत ओभररेट गर्ने स्वर्गीय जीवित स्वप्निल आफैंमा स्वप्नजीवी लाग्छन्। कवि हुनुको अर्थमा उनले सपना देख्न छाड्नु हुँदैन पनि। चिम्सा आँखा भएको मान्छेले देख्ने सपनाको आयतन सानै हुन्छ भन्ने पनि छैन।

काठमान्डु लिटरेरी जात्रामा विमोचन गराए स्वप्निलले पछिल्लो कविता संग्रह। कविता हो, त्यसैले कम बिक्यो। जति बिक्यो, पाठकले हार्दिक मनले ग्रहण गरे। रत्न पुस्तक भण्डार कस्सियो पुस्तक छाप्न। ३१ कविता संग्रहित छन्। २०६२ सालमा अघिल्लो कविता संग्रह छापिनुअघि लेखिएका पचासको दशकका केही कवितासमेत परेका छन्। कविता दोहोरिएका छैनन्। पहिलो कविता संग्रह …रंगैरंगको भीर' का त्रे्कताले घाटा बेहोर्नुपर्ने छैन।

कविले कविको प्रशंसा त्यति गर्छ, जति जग्गेमा बसेको पण्डितले अर्को पण्डितलाई गर्छ। (संस्कृतको एउटा कवितांशलाई नेपालीमा भावानुवाद गर्दा अर्थ हुन्छ, परस्परमा पण्डित यसरी हेराहेर गर्छन्, जसरी दुईवटा कुकुर एकार्कालाई घुरेर हेर्छन्।) यसबाट थाहा हुन्छ, कविले कविको …प्रशंसा' कति गर्छ!

तर …बाडुली र सुदूर सम्झनाको ब्लर्बमा भने कवि श्रवण मुकारुङ लेख्छन्, …विराट कथा र अनन्त इतिहास बोकेका शब्दहरूसित खेल्ने यी कविको प्रशंसा स्वयं कविहरू नै गरिरहेका हुन्छन्।' अचम्मै भएछ, यी कविको प्रशंसा पनि हुँदोरहेछ, कविबाट।

कविताकृतिमा स्वप्निलले देश र व्यवस्थासँग आद्योपान्त निहुँ खोजेका छन्। आँधीको आख्यान, माझी, मधेस, दरबार, चक्रपथ, चंगा, बालुवाटार, सहिद, हाँसो, पुरानो मजदुर जस्ता कविता तिनका दृष्टान्त हुन्। अलिअलि रसिक र विरही कविता पनि छन्। तिनले कविको उमेरसमूह किटान गर्छन्।

केही कविताका बान्की छन्। अग्रज कविले पढे भने तिनलाई आफ्नै कविता पढेजस्तो लाग्नसक्छ। यसमा तिनको र निज कविको के प्रष्टीकरण छ कुन्नि!

जिन्दगी माइला, यदि बालापन फर्किने भए, धोका, बुबा, उपहार, फूलहरूको पहाड कवितामा पान्थरे लवज छ। प्रेमको चरित्र सार्विक हुन्छ कि! स्वप्निलका कविता पढ्दा लाग्छ– होइन, यो समय र स्थानअनुसार हुन्छ। पचासको दशकदेखि कविता लेख्न थालेका यी कविले आफूले देखेको (भोगेको?) समयको प्रेम कवितामा उतार गरेका छन्। यिनी कवितामा असफलताको मार्मिक कहानी उन्न सफल छन्।

कवितामा सबैखाले मसला र रंग हालेर …भर्सटाइल' देखिन खोज्ने स्वप्निल फेरि पनि

आस्थाका कवि नै हुन्, प्रतिरोधी नै हुन्। जस्तो कि,

चक्रपथबाहिर

लिम्बुवान छ, थरुहट छ, खम्बुवान छ

चक्रपथभित्र चाहिँ

यिनले नमानी नहुने भगवान छ।

.......... मित्र चक्रपथबाहिर कि भित्र?

एउटा संगीन प्रश्न

चक्रपथवरिपरि घुमिरहेछ।

(चक्रपथ)सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-11919189311743845082012-01-19T22:37:00.000-08:002012-01-19T23:16:11.349-08:00आलेख

शारदा शर्मा

लीलाहरु र इन्द्रबहादुर राई

भदौ चार गते २०६८ कृष्णाष्टमी हो आज।

बिहान विशालनगर चण्डोलको कृष्णमन्दिर जाने तरखर गर्दैथियौं।

म के लगाऊँ?

सेतो कमीज सुरुवाल लगाऊ न, मन्दिर जाँदा लगाउने त हो।

बाबा खुशी भयो। उसलाई यस्तो लुगा लाउन मन पर्छ। म चाहिं अघिपछि पाइन्ट लगाऊ भन्छु। मलाई ऊ कुर्ता सुरुवालमा त्यति खुलेको जस्तो लाग्दैन।

मन्दिर जाँदा केही लैजानु पर्दैन? उसले सोधेको हो। उसलाई यस्ता कुरामा चासो छ।

हैन, पैसा चढाए भैहाल्छ नि। मलाई पूजासामा बनाएर बोक्ने जाँगर चलेन, वास्तवमा यस्तो गर्न लाज लाग्छ मलाई यथार्थ कारण चाहिं यही थियो। केही बोकिन मैले। बाटामा पुगेपछि चाहिं लाग्यो फूल र धूपबत्तीसम्म बोकेको भए हुने।

रातो धोती चाहिं लगाएँ। अरुणलताले पोहोरको तीजमा पठाइदिएको, लगाएकै थिइन। तिलहरी लगाएँ, सुहाएजस्तो लागेन। त्यो फुकालें र एकसरो पोते लगाएँ फेरि। अरु गहना त घरमा थिंदै पनि थिएनन्।

हामी गाडीबाट निस्केपछि मान्छेहरु झुरुप्प आए वरिपरि, नमस्कार गरे र त्यहीं बाटाछेऊ राखेको सानो बेञ्चीमा बस्न अनुरोध गरे, म पनि बसें बाबाको छेऊ। कृष्ण मन्दिर अघिल्तिर सडकछेऊ यत्रतत्र स्थानीय राजनीतिक कार्यकर्ता र केही त्यहींका वासिन्दा थिए। एउटा पुरानो टेबुल अघिल्तिर मेचमा बसेर चन्दा दिनेहरुलाई अर्धकट्टी दिइरहेथे अनिश भट्टराई। बाबाले पाँचसयको नोट निकालेर दियो।

रङ्गीबिरङ्गी प्लाष्टिकका जालीढक्कीमा माथिबाट जाली रुमालले छोपेर ल्याएका पूजासामा बोकेका महिलाहरुको लामो लाइन थियो बाटापारि सडकछेऊ। आफू चाहिं पूजासामा बोकेर मन्दिर गएको सम्झना छैन मलाई। विधि विधानले पूजाआचा गर्न पनि जान्दिन क्यारे! आमा कहिल्यै जानुभएन मन्दिर यसरी! आमाको धोतीको फेर समातेर मन्दिर जान पाउने साथीहरुको सधैं आहि्रस लाग्यो मलाई।

बाबा यो क्षेत्रको सभासद्, स्वाभाविकै हो मान्छेका आँखामा आफ्नो सभासद्का प्रति म अनेक आकांक्षा देख्थें। कतिपयका आँखामा व्यंग्य पनि हुन्थ्यो। मनमा यत्तिकै चोर पस्थ्यो, सोच्थें संविधान बनाउन सकेका छैनन् सभासद्ले, त्यसैले मान्छेले खिसी गरेका हुन् कि? कतिपय सामान्य मान्छेलाई सभासद् भनेको औसत मान्छेभन्दा बेग्लै, विशेष, आर्थिक रूपमा पनि निकै सम्पन्न मान्छे हो भन्ने पनि लाग्छ। सभासद्ले चाह्यो भने जागीर लगायत जे पनि गरिदिन सक्छ भन्ठान्छन् धेरैले। बाबाले भने धेरै साथीहरुका काम गरिदिन सकेको छैन। उनीहरुका अघिल्तिर त्यसैले संकोच हुन्छ मलाई।

मैले आफ्नो शरीर हेरें, साधारंण कटनको धोती, कुनै गहना नभएका नाक कान घाँटी। भक्तालु महिलाहरु छपक्कै सिंगारिएका छन् शृङ्गार, गहना र रङ्गीचङ्गी कपडाले। म सभासद्की श्रीमती, अलि गतिलो साडी त लाउनुपर्ने, दुइटा सुनका चुरा त हुनुपर्ने नाडीमा। कसैले केही नभने पनि किन हो मेरा मनमा यस्ता कुरा आइरहेछन्। मेरो यो गेटअपले बाबाका साथीहरु निराश हुने हुन् कि? हाम्रोजस्तो समाजमा घरको सम्पन्नता प्रायः आइमाईको शरीरमा रहेका गहना गुरियामै आँकिने गर्छ अझै। सभासद् नरहरि आचार्यसंग हिंड्दा यस्ता अनुभवले मलाई पिरोल्ने गर्छन्।

साँगुरो भरेङमा लाइन बसेका महिलाहरुको छेउबाट उनीहरुलाई ठेल्दै हामीलाई माथि कोठामा लगे साथीहरुले। भगवानको पूजा गर्न लाइन मिचेर हिंड्दा संकोच लाग्यो मलाई। उहिल्यै मुक्तिनाथ जाँदा आफू लाइन बसेको बेला हेलिकप्टरबाट आएका मान्छेहरुले लाइन मिच्दा आफूलाई नराम्रो लागेको सम्झँदा झनै अप्ठेरो लाग्यो। सोचें मान्छेको जीवनमा धेरै विरोध र विरोधाभाष हुन्छन्।

माथि तलामा थियो मन्दिर। छिर्ने बित्तकै एकजना ब्राह्मणले टीका लगाइदिए हामी दुवैलाई, रातो यू आकारको छापे टीका। पर कुनामा केही महिलाहरुलाई दुना टपरी गाँस्दै गरेको देखिरहेथें। राधा कृष्णको सुन्दर मूर्ति रहेछ सीसाभित्र, पूजा गर्नलाई चाँदीको एकजोर पाउ बनाइदिएको रहेछ मूर्तिका अघिल्तिर। चढाएको पैसा हाल्ने बेग्लै झोला थियो। बाबाले सय रुपैयाँ चढायो, मैले पचास रुपैयाँ हालेर नमस्कार गरें। कोठाको एउटा कुनामा पँहेलो वस्त्र लगाएका थुप्रै ब्राह्मण भागवत र गीता पाठ गरिरहेथे। सम्भवतः विष्णु सहस्रनाम पढिरहेका एकजना ब्राह्मणका अघिल्तिर वेदीमा चढाएको फूल अक्षतामाथि बाबाले पचास रुपैंया राखिदियो।

पूजारीले दिएको प्रसाद लिएर हामी पछाडिको ढोकाबाट निस्क्यौं र भरेङ् ओर्लेर तल आयौं। सडक पारिको खाली ठाउँमा पाल टाँगेको थियो, केही मेच थिए।भित्र सानो स्टेज बनाएर हार्मोनियम, तबला र खैंजडी बजाउँदै भजन गाइरहेथे केही मान्छे।

त्यो गाउने ठिटो नारानदाइको भतिजो हो उत्तम आचार्य। बाबाले मलाई टाढाबाटै चिनाइदियो। भक्तराज आचार्यले गाएको भजन हार्मोनियममा बडो मीठोसंग गाइरहेथे ती युवकले

सब निदाए प्रभु....छैन कोही साथमा....

दाहिनेतर्फ कम्पाउण्डको तीनतले पुरानो घर बाबाको जन्मघर हो, मेचमा बसीबसी मैले माथिसम्म आँखा पुर्याएँ। उसका पिताको निधनपछि करीब पचास वर्ष पहिले सिरिखुरी बेचेर पहाड गएछन् उनीहरु, एउटा व्यवस्थित साँगा भत्केर लथालिङ्ग भएछ। आफू जन्मेको कोठा त्यही हो भनेर बारम्बार एउटा पुरानो झ्यालतर्फ देखाउँछ उसले मलाई, यो बाटो हिंडेका बेला सधैं।

यही कृष्ण मन्दिर पनि मेरी सासूले, त्यतिखेरै सार्वजनिक प्रयोजनका लागि दिनुभएको जग्गामा बनेको रहेछ। त्यतिखेर मन्दिर माटोले बनाएको थियो, यो पक्की मन्दिर पछि बनेको हो उसले मलाई यसको इतिहास बतायो।

हामी बसेर भजन सुनिरहेको यो जमीन पनि पहिला हाम्रै कम्पाउण्डमा पर्थ्यो- बडो भावुक भएर भन्यो उसले। मैले हेरिरहें बाबालाई, सम्पत्ती बेचिए पनि त्यससंग जोडिएका सम्झनाहरु कहाँ बेचिन्छन् र?

पुरानो भजन सकिएपछि नयाँ भजन गाइरहेथ्यो कसैले

श्रीकृष्ण मेरो घर आए.....

मलाई लाग्यो हामीले हाम्रा भनेका घर नै कहाँ हाम्रा हुन् र?

बढीमा आजको पचास वर्षपछि यतिखेर मैले मेरो भन्ने घर पनि मेरा निम्ति पूरै आप्रासाङ्गिक हुनेछ।

किन यस्तो हुन्छ? थाहा छैन। सम्भवतः यस्तै नबुझिने कुरालाई मान्छेले लीला भन्ने होलान्।

नेपाली साहित्यका लीलापुरुष इन्द्र बहादुर राई आएका छन् यतिखेर काठमाण्डौंमा। बुकवर्म ट्रष्टले आयोजना गरेको बृहत् साहित्य मेलाको उद्घाटनका निम्ति आएका हुन्। आयामेली आन्दोलनका एक पात्र उनी, तेस्रो आयामदेखि हिंडेर लीला लेखनसम्म आइपुगेका छन्। दार्जिलिङ्मा बस्छन्, भारतीय नेपाली भाषी हुन्, नेपाली भाषामा निकै राम्रा कृतिहरु लेखेका छन्। आज रमिता छ, विपना कतिपय जस्ता उनका रचना मैले पढेकी थिएँ जमानामा।

उनको समालोचना लेखनको भाषाशैली विचित्रको लाग्छ मलाई। सोचेकी थिएँ मान्छे पनि अप्ठेरा होलान्, जेलिएका। हामीजस्तालाई बोल्न पनि संकोच हुनेहोला उनीसंग। आफूलाई धेरै जान्ने-सुन्ने ठान्नेहरुले पछिको पुस्ताका धेरैलाई चिन्दैनन्, तिनको पढ्दैनन् पनि। उद्घाटन भाषंण सुन्दै गर्दा लाग्यो यी त खुला हृदयका मान्छे रहेछन्, जिज्ञासु छन्, उत्सुक छन्। ८४ वर्ष भए पनि यी शायद बूढा होइनन्।

उद्घाटन भाषणमै आफ्नो लेखन यात्राको लामो कथा भने उनले राम्रो लेख्ने, जीवनलाई समेटेर लेख्ने भनेर पच्चीसतीस वर्ष उमेर वरपरका तीनजना युवकहरु बैरागी काईंला, ईश्वर बल्लभ र इन्द्रबहादुर राईले आयामेली आन्दोलन सुरु गरेका रहेछन्। आयामेली आन्दोलन मूलतः जीवन र जगतलाई लम्बाइ र चौडाइको दुइटा पाटाबाट मात्रै होइन, गहिराईबाट पनि लेख्ने दार्शनिक विचारधारामाथि आधारित रहेछ। नेपाली लेखनमा हृदयतत्व निकै भयो, बुद्धितत्व कम भयो भनेर बोध गरेपछि बौद्धिक रचना लेख्न थालेछन् उनीहरुले।

'तर त्यसले पनि अन्ततः कहीं पुर्याएन', उनी भन्थे।

इन्द्रबहादुर राई भौतिक विज्ञानमाथिको रुचि देखेर अनौठो लागिरहेथ्यो मलाई।

'आइन्स्टाइनको सापेक्षवाद पढेपछि त जीवनमा केही पनि स्थिर छैन, स्थायी छैन, सबैकुरा सापेक्ष हुन् भन्ने बोध भयो। जीवन र जगतलाई सम्पूर्णतामा लेख्न खोज्ने काम नै बडो समस्याको काम पो रहेछ! अब हामीले अरु ठूला कुरा छोडेर यिनै समस्याका बारेमा लेख्नुपर्यो भनेर लाग्यौं। हामीले अब एउटा खुला, स्वतन्त्र आग्रहरहित मान्छेका बारेमा लेख्नपर्छ भनेर सोच्यौं, तर कसरी लेख्ने चुनौती थियो। काईंलाको मातेको मान्छेको कविता तेश्रो आयामको राम्रो नमूना हो।'

अत्याधुनिक विज्ञानको निष्कर्ष र हाम्रा धार्मिक शास्त्रहरुको सार एकैठाउँमा आइपुग्ने रहेछ भन्दै गर्दा चकित देखिन्थे उनी। अणु परमाणुका गति र शक्तिका वर्णन गरिरहेथे यी साहित्यका समालोचक। 'अब त कहाँ थ्योरी अफ रिलेटिभिटी मात्रै? साइन्स अब क्वान्टमको सिद्धान्तमा आइपुगेको छ', साहित्यिकहरुलाई सूचना दिए उनले।

'जीवनलाई सम्पूर्णतामा लेख्न त्यसलाई सम्पूर्णतामा बुझ्न पनि पर्छ। त्यसैले विज्ञानले के भन्छ, दर्शनले के भन्छ, धर्मले के भन्छ भनेर बुझ्नु आवश्यक लाग्यो, त्यसैले हामीले यी सबै विषय अध्ययन गर्न लाग्यौं', तिनको ज्ञानको भोक र भोक मेट्ने तत्परता साह्रै मन परेको हो मलाई।

ऋवाक् सुनिरहें मैले। उनी बोलुञ्जेल लागिरह्यो - कुनै सत्यार्थी अनेक तरहले सत्यको खोजी गर्दैछ। निरन्तर खोजीमा छ, भेटें भन्ठान्छ, तर भेट्दैन। बारम्बार खोज्नु र केही पनि नभेट्नुको लामो श्रृंखला पार गरेपछि ऊ वेदान्ती निष्कर्षमा पुग्छ- अर्थात् केही जस्तो पनि छैन यो ब्रह्म, यो त शून्य पो हो।

साहित्य सिद्धान्तका सीमित सूत्रहरूको व्याख्या रटेर सधैंभरी सिर्जनालाई त्यसैका मानकमा मात्रै हेर्न खोज्ने कतिपय परम्परावादी आलोचकहरुका अघिल्तिर यो स्यानो, सरल, स्पष्टवादी मान्छे के कुराको प्रमाण थियो भने- संसार गतिशील छ, यसको गतिशीलता मात्रै एउटा कुरा हो, जुन परिवर्तन हुँदैन, बाँकी सबै कुरा परिवर्तनशील छन्। यस सत्यलाई स्वीकार गर्दा मान्छे झन अग्लो हुन्छ।

यिनै ८४ वर्षीय लीलापुरुष यतिखेर हाम्रो घरमा छन्। बिहान माउन्टेन फ्लाइटमा गएका रहेछन् हिमाल हेर्न। भोलि दार्जिलिङ् फर्किने। मेरो अनुरोधमा साङ्ग्रिला प्रकाशनका मणि शर्माले यिनलाई हाम्रो घरसम्म ल्याउने चाँजो मिलाइदिए। राईजीकै बोली अनुसार उनी 'काईंला' को गाडीमा यहाँ आएका हुन्। लीला लेखनका नाति पुस्ता रत्नमणि नेपाल तथा युवा पत्रकार याम सङ्गीत सामेल थिए।

राईज्यूलाई भेट्न जयराज आचार्य र उषा दिदी बडो प्रेमले आइपुग्नुभयो, बिहानै मात्र खबर गरेकी थिएँ। अरु टोल वरपरका साहित्यमा रुचि राख्ने साथीहरु आए। कृषि विज्ञ भएर पनि भर्खरै एउटा रोचक उपन्यास 'आस' लेखेर साहित्यमा प्रवेश गरेका प्रदीपमान तुलाचन, साहित्यकार रामप्रसाद अर्याल र महेश्वर शर्माहरु थिए। हाम्रो टोलका सबैभन्दा ठूला साहित्यकार ध्रुवचन्द्र गौतमको भने त्यसै दिन साहित्य-मेलामा प्रस्तुति भएकाले मैले निम्तो गरिनँ। साहित्यका प्राध्यापक डा. ब्रतराज चाहिं ढीलै भए पनि आइपुगे।

समालोचनाका बारेमा धेरै कुरा गरे राईजीले। स्यानो ज्यानमा खैरो रङको ल्याम्सवूलको फुलबाहुले स्वेटर थियो। भर्खरै किनेका हुँदाहुन् उलहाउसबाट, त्यस्तै लाग्यो मलाई। खैरै पाइन्ट, खैरोमा सेतो चेक भएको हो क्यारे कमीज चाहिं। जुत्ताको रङ हेर्न बिर्सें। निहुरी परेर विस्तारै बोल्दा रहेछन्। कपाल कालै थियो म अल्मलिएँ, नफुलेकै पो हो कि त? साना आँखा, कसलाई हेरिरहेछन् कसरी हेरिरहेछन् पत्तो नै नहुने। छेउमा गएर नजिकैबाट हेरें मैले, पावरवाल चश्माभित्र दाहिने आँखाबाट पानीको सानो खोल्सो झरिरहेको थियो, चश्माको तल्लो डिलसम्म। मैले आफ्ना केही पुस्तक दिएँ। यसअघि उहाँ नेपाल आउँदा प्राज्ञ बैरागी काइँलाकहाँ बसेको थाहा पाएकी थिएँ। नरहरिजी भेट्न जानुभएको थियो। मैले मेरो पुस्तक अग्निस्पर्श पठाएकी थिएँ उहाँलाई। त्यही प्रसङ्ग उठाउनुभयो -

यसो पल्टाएर पढें। राम्रो पो लाग्यो त। ए, यो त राम्रो पो रहेछ, कस्को रहेछ हँ? भनेर काईंलालाई सोधें। त्यसपछि पो तपाईंलाई चिनें, तपाईंहरुको नाता सम्बन्ध पनि पत्तो लाग्यो।

यो प्रसङ्गले रमाइलो बनायो परिवेशलाई एकछिन।

समालोचनाको सन्दर्भ उठायो कसैले।

किन सैद्धान्तिक कुरा गर्ने? उदाहरण नै राखेर कुरा गरौं न, राईजीले प्रस्ताव राख्नुभयो। हातमा भएको मेरो कविता सङ्ग्रह स्वर्णसूत्रको कुनै पाना पल्टाउनुभयो र अन्तिम प्याराग्राफको पहिलो लाइन पढ्नुभयो -

म तिम्रो अभावलाई....

भन्नुभयो - अभावको सट्टा 'म तिम्रो अनुपस्थितिलाई' भन्न सकिन्थ्यो, तर यसो गरेको भए यसले पार्ने प्रभाव हल्का बन्थ्यो। यो पंक्ति भने जतिपटक दोहोर्यायो, उति नै भित्र पस्छ मनमा, गड्छ। यो पंक्तिलाई निकैपल्ट सस्वर दोहोर्याउनु पनि भयो।

त्यसमुन्तिरको अर्को पङ्क्ित पढ्नुभयो फेरि-

प्रेमले जितिरहेकी छु

अभावलाई सम्बोधन गर्दा अभावको पूर्ति गरिरहेकी छु भन्नुपर्थ्यो सामान्यतः। तर जितिरहेकी छु भन्दा जुन छाप यसले पार्छ मनमा, त्यो बढी बलियो छ।

अर्को पंक्ति पनि पढ्नुभयो-

आस्थाले जितिरहेकी छु....

ल, भन्नुस्त यो जितिरहेकी छु भनेर किन दोहोर्याउनु परेको होला कविलाई? नदोहोर्याएको भए पनि त हुन्थ्यो। दोहोर्याउँदा यसको प्रभाव के हुन्छ - कविलाई मात्रै थाहा हुन्छ। यसरी किन भनिस् वा यसरी किन भनिनस् भनेर अरुले भन्न मिल्दैन।

अन्तमा, सबैभन्दा पछिल्लो पंक्ति पढ्नुभयो-

तिमी मलाई मेरा श्वासमा अनुभव भैरहेछौ....

यो पङ्ित चाहिं अलि हल्का लागेछ क्यारे। भन्नुभयो - सबै पङ्ितमा एकै ठाउँबाट भाव आउँदैनन् कवितामा। कुनै भित्रबाट आउँछन्, कुनै अलि बाहिरबाट। कुनै कुनै सतहबाट आउँछन्।

यति ठूलो मान्छेले गरेको कविताको कति सुन्दर कति सजिलो सैद्धान्तिक विवेचना! म छक्कै परे।

मान्छे अरु प्राणीभन्दा भिन्न किन छ भने उसले बुझ्छ, सूत्रमा मान्छेको लीला बोले उनले।

'एउटा कविता म पढूँ यसबाट?' मैले सोधेँ।

खुशी हुदै उहाँले हातमा पल्टाइरहनु भएको 'स्वर्णसूत्र' दिनुभयो।

पचास सालको कृष्णाष्टमीमा लेखेकी रहिछु, कविता 'आस्थाका फूलहरु'। अठार वर्षपछि कृष्णाष्टमीकै दिन इन्द्रबहादुर राईका सम्मुख वाचन गरें। निहुरी परेर बडो ध्यानले सुन्नुभयो। लाग्यो - आधुनिक नेपाली साहित्यका कृष्ण सामु आधुनिक गीताको एउटा अंश पाठ गरिरहेकी छु।

बौद्धिक छ यो कविता- उहाँको टिप्पणी रह्यो। थप्नुभयो - कवि आफैंले वाचन गरेको रचनाको महत्व विशेष हुन्छ। डुब्छन् त्यसमा कविहरु।

यिनै कवितालाई लिएर समालोचना बुझाउन थाल्नुभयो। भन्नुभयो, 'समालोचकहरुले रचनालाई खण्ड-खण्डबाट मात्रै देख्छन्। कसैले के देख्छ, कसैले के। समालोचकका टिप्पणी निश्चित समयका निश्चित मान्यताहरुमा आधारित हुन्छन्, मान्यता फेरिइरहन्छन्। बरु कहिलेकाहीं गलत पनि बुझिरहेका हुन्छन् उनीहरु रचनालाई। लेखकले नै पनि आफ्नो रचना जतिपल्ट हेर्छ, त्यसको अर्थ बेग्लै देख्न सक्छ। कुनै पनि रचनाका बारेमा कसैले सम्पूर्ण न्याय गर्नै सक्तैन। कविले आफ्ना रचनाका बारे विस्तारमा व्याख्या गरेर लेखिदिनु राम्रो हुन्छ। यसले रचनालाई राम्ररी बुझ्न सघाउँछ।'

नरहरिजीले जिज्ञाशा थियो, 'यसो गर्दा कविताको व्याख्या विस्तारमा अवरोध हुन्न र? यसलाई पढेर विभिन्न किसिमबाट बुझ्ने मान्छेको स्वतन्त्र कल्पनाशीलतामा छेको लाग्छ कि?

स्वीकार वा अस्वीकार केही गर्नुभएन उहाँले यो तर्क।

'लेखनको सफलताको मापन के हुन्छ?' बडो मनोयोगले उहाँलाई सुनिरहेका डा. जयराज आचार्यले प्रश्न गर्नुभयो।

सजिलै भन्नुभयो राईजीले, 'कुनै रचनाले अर्कोमा प्रतिवि्र्कया जन्माउन सक्यो कि सकेन भन्ने कुरा बडो ठूलो कुरा हो।'

हातमा प्लेट थियो एक पीस केक र केही आलु चिप्स। बोलिरहँदा उहाँले खानै बिर्सनुभयो। तातो पानी मगाउनुभयो, त्यत्तिकै रह्यो।

नरहरि आचार्यले प्रश्न गर्नुभयो, 'तपाईंको कथाकी पात्रा जयमाया लाई जुन ठाउँमा लगेर छाड्नुभएको थियो कथामा, पछि कृष्ण धरावासीले शरणार्थी उपन्यासमा तिनलाई त्यहाँबाट उठाएर अनेक ठाउँ पुर्याउँदै ७०७५ वर्षकी बुढी बनाएर छाडिदिंदा तपाईंलाई कस्तो लाग्यो?'

जवाफ दिन सोच्नु परेन उहाँलाई, 'मलाई मन परे पनि वा नपरे पनि बाहिर संसारमा अनेक घटना त घटिरहेकै हुन्छन्, त्यसलाई म रोक्न सक्तिन। धरावासीले लेखे, म के गर्न सक्थें र?'

मलाई लाग्यो आफूले कथामा एउटा बडो विपतग्रस्त, अनिश्चयको अवस्थामा पुर्याएर छाडेकी १६ वर्षकी जयमायालाई धरावासीले उचालेर संसार घुमाएको उनलाई त्यति मन परेको चाहिं रहेनछ क्यार े! सर्जकहरुलाई लाग्दो हो - आफ्नो रचनाका पात्र तिनका आफ्ना सन्तान हुन्, तीमाथि उनीहरुको मात्रै अधिकार हुन्छ।

नरहरिजी मलाई बारम्बार भन्नुहुन्थ्यो, 'राईज्यूले बडो अप्ठ्यारो अलपत्र अवस्थामा पुर्याएर लिखापानीमा छाडिदिएकी जयमायाको सधैं चिन्ता हुन्थ्यो मलाई। त्यसपछि के भयो होला त्यो केटीको? कहाँ गइहोली? के गरि होली? यस्तै लाग्थ्यो सधैं।' धरावासीले जयमायालाई शरणार्थीको हूलमा हिंडाएपछि चाहिं सन्तोषको सास फेर्नुभयो रे। यति ज्यूँदो तरिकाले पात्र उभ्याएर उसका प्रति पाठकमा यत्रो चिन्ता रोपिदिनु इन्द्रबहादुर राईको कम सफलता हुँदो हो?

करीब एकघण्टा बितिसकेको थियो।

साना आँखा अझ साना पारेर मुसुक्क हाँस्नुभयो राईजी - हामी पढाउने पेशाका मान्छे बोलेर थाक्तैनौं। जादूगरले मुखबाट रङ्गीबिरङ्गी कागजहरु एकपछि अर्को गर्दै निकालेको जस्तो गरी हामी एकोहोरो बोलिरहन्छौं। यसलाई रोक्न अरु कसैले कैंचीले यी कागजहरु काटिदिनुपछर्।

रमाइलो हाँसो फैलियो। भन्नुभयो- काइँला बिमारी छ। पेट दुखेर डाइरिया भएको छ। अस्पताल लैजानुपर्ने हुनसक्छ। म जानुपर्छ अब।

उहाँ उठ्नुभयो मेचबाट। पावरवाल सीसाभित्रका साना आँखामा के थियो देखिन, अनुहारमा भने प्रसन्नता छचल्किएको थियो। केही थाकेको पनि देखिनुहुन्थ्यो। साना सुकिला हत्केला जोडिए हामीतर्फ बडो प्रेमले। हामी सबैको शिर विनम्रताले निहुरियो। हामीसंग बिदा भएर त्यो स्यानो ज्यान कारभित्र पस्यो पछाडिको सीटमा।

गाडी गेटबाट बाहिरिएपछि मैले सोचे - हामी मान्छे मौलिक रूपमै कति भिन्न छौं? त्यस्तै त्यत्रै काया भएका त्यत्तिकै पढेका अरु पनि कति धेरै मान्छे होलान् यो संसारमा। दार्जिलिङमा होलान्, नेपालमै पनि होलान्, तर ती भित्र इन्द्रबहादुर राईको जस्तै र जत्तिकै चेतना किन हुँदैन? किन अर्को कुनै मान्छे इन्द्रबहादुर राई वा माधव घिमिरे वा मनिषा गौचन हुन सक्तैन? किन म शारदा शर्मा भएँ?

मनले भन्यो- यही त हो प्रभुको लीला।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-53221119928084395812012-01-19T21:59:00.000-08:002012-01-19T23:23:00.170-08:00आलेख

बसन्त बस्नेत

सबाल्टर्नकी वाचाल स्पिभाक

नागरिकन्युज डटकम-बाट

एक्कासि झ्वाप्प निभ्यो प्रोजेक्टर। कोलम्बिया युनिभर्सिटीकी प्राध्यापक, बौद्धिक विश्वकी सेलिब्रिटी गायत्री चक्रवर्ती स्पिभाकको अनुहार र चल्दैगरेका खिरिला औंलालाई पर्दामा एकटक हेरिरहेका दर्शक सल्बलाए, तर कराएनन्। कराएको भए त साउन्डसेटमा बजिरहेको बंगाली ध्वनि पनि नसुनिने खतरा हुन्थ्यो।

मैले पो झुक्किएर प्रोजेक्टरको बटन दबाएछु।

मंगलबार साँझ काठमाडौंमा स्पिभाकको आवाजलाई सेलफोनमा कैद गरिरहेका सयौं विद्यार्थी र लेखकबीच म पनि मिसिएको थिएँ। अचानक ब्याट्री लो भयो। एउटा खालि प्वालमा लगेर चार्जर घुसाउन लागेको, उफ्! उता प्रोजेक्टरको लाइट गयो, यता मेरो सातो।

रंगकर्मी तथा पोखरा विश्वविद्यालयको अंगे्रजी विभाग 'इन्स्टिच्युट अफ एड्भान्स्ड कम्युनिकेसन एजुकेसन एन्ड रिसर्च (आयसर)' का एमफिल विद्यार्थी सलिल सुवेदीले झटपट सद्दे बनाइदिए, प्रोजेक्टर। निर्धारित समयभन्दा डेढ घन्टा ढिलो आएकी यी इन्टेलेक्चुअल सेलिब्रिटीलाई हेर्न, सुन्न, अटोग्राफ लिन र फोटो खिचाउन आउनेहरूले धैर्य राखे।

सन् १९४२ फेबु्रअरी २४ मा कलकत्तामा जन्मेकी स्पिभाक अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक हुन्। २ सय ६४ वर्षको विश्वविद्यालय इतिहासमा सर्वाधिक आदर पाउने स्पिभाक दक्षिण एसियाको पहिलो प्राध्यापक, सिद्धान्तकार र समालोचक हुन्। विश्वविद्यालयका अध्यक्ष ली बोलिंगरले सर्वोच्च फ्याकल्टी र्यांकमा स्पिभाकलाई बहाली गर्दा नियुक्तिपत्रमा लेखेका थिए- विनिर्माणवादी सिद्धान्तप्रति आफ्नो मेधा र योगदानले विश्वभर चिनिएकाले मात्र होइन, त्यसको मार्क्सवाद, ग्लोबलाइजेसन, नारीवाद र उत्तरउपनिवेशवादसँग नयाँ सम्बन्धको बेजोड तर्क दिएकाले स्पिभाक यहाँको सर्वोच्च हैसियतमा नियुक्त भएकी हुन्। आशा छ, उनले प्राज्ञिक विश्वलाई अझै नयाँ र महान विचारहरू दिनेछिन्।'

आयसरमा दिउसो चार बजेदेखि बिबिसी, सिएनएन, अलजजिरा र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीसँग लिएका अन्तर्वार्ता प्रोजेक्टरमा देखाइएको थियो। शित पर्न थालिसक्यो। पाँच बजे आउने भनिएकी सेलिब्रिटी अझै आएकी होइनन्।

स्पिभाक र नेपालको सेतु बने सहप्राध्यापक तथा समालोचक अरुण गुप्तो। उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडा र अर्का विचारक मिसेल फुकोसँगै स्पिभाकको नाम नछुटाउने गुप्तोले दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयमा रहस्योद्घाटन शैलीमा खोलेका थिए, 'थाहा छ तिमीहरूलाई, हिजोआज म स्पिभाकसँग इन्टेलेक्चुअल डेटिङ गइरहेको छु।'

इ-डेटिङको नौलो लोकेसन थाहा पाएर विद्यार्थी गलल्ल हाँसेका थिए। अस्ति बुधबार स्पिभाक स्वयंले दरबारमार्गस्थित होटल अन्नपूर्णमा खोलिन्, 'म त यहाँ इन्टेलेक्चुअल होलिडे मनाउन आएकी।' सहभागी यहाँ पनि हाँसे।

इन्टेलेक्चुअल डेटिङ! इन्टेलेक्चुअल होलिडे!!

झट्ट हेर्दा स्पिभाक- औसत केटाहरूले पाल्ने कपालभन्दा पनि छोटो सेतो कपाल, उज्यालो र आशावादी देखिने अनुहार, रुद्राक्षझैं लाग्ने साना दाना भएको माला, कानमा साना टप, रातो सारी, खैरो कोट। बंगाली लवजको अंगे्रजी जिब्रो। आवाजमा स्पष्ट र आत्मविश्वासी मोडुलेसन। समाधिबाट निस्केर आएको योगीको जस्तोे गहिरो मुस्कान। तिखो हेराइ।

मानविकी र समाजविज्ञानका विद्यार्थीहरूका लागि स्पिभाक- असीको दसकमा 'क्यान द सबाल्टर्न स्पिक?' लेखेर ग्लोबल चर्चा बटुलेकी एन्टिग्लोबलिस्ट। उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडाको सर्वाधिक कठिन मानिने 'अफ ग्रामाटोलोजी' लाई फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्ने व्यक्तित्व। पोस्टकोलोनियल र सबाल्टर्न स्टडिजमा अग्रणी नाम।

साहित्यकार र पाठकका लागि स्पिभाक- भारतीय लेखिका महाश्वेतादेवीका आख्यान र अन्य रचना अंग्रेजी अनुवाद गरी पश्चिमेली विश्वविद्यालयसम्म पहुँच दिने अनुवादक।

प्राज्ञिक समुदायका लागि स्पिभाक- व्यावहारिक-मार्क्सवादी-नारीवादी-विनिर्माणवादी बुद्धिजीवी। सन् १९८० यता अमेरिकी र पश्चिमा एकेडेमिसियनलाई वैचारिक गुरुत्वले निरन्तर आफूतिर खिचिरहेकी भारतीय।

प्रतिरोधीहरूका लागि स्पिभाक- एलिटहरूको कब्जामा रहेको विश्वविद्यालय र प्राज्ञिक मञ्चकी खरो आलोचक। विश्वविद्यालय र सडकबीच तादात्म्य खोज्ने, ज्ञानलाई कर्मको लोकेसनमा पुर्याउन आह्वान गर्ने चिन्तक। विश्वपुँजीवादले खडा गरेको भूमण्डलीकरणको तीव्र विरोधी लेखक। अमेरिका र पूरै विश्वलाई थर्काउने अक्कुपाई वालस्ट्रिटकी सक्रिय सिम्पथाइजर।

जनआन्दोलन २०६२/६३ लाई सबाल्टर्नको आन्दोलन मान्नेहरू थुप्रै छन्। सामाजिक आन्दोलनमा यसलाई सबाल्टर्न अभियान भन्ने गरिन्छ। स्पिभाक दक्षिण एसियालाई केन्द्र बनाएर चलिरहेको सबाल्टर्न आन्दोलनकी अगुवा हुन्। उत्तरउपनिवेशिक साहित्य र समालोचनामा उत्तिकै जोड दिने उनलाई प्राथमिकतासाथ समेट्दै यस वर्ष नेपाली भाषामा किताब लेखिए- सञ्जीव उप्रेतीको 'सिद्धान्तका कुरा' र तारालाल श्रेष्ठको 'शक्ति, स्रष्टा र सबाल्टर्न।'

'म लेख्छु किनकि,' खचाखच भीड छिचोल्दै आयसर हल छिरेकी स्पिभाकको आवाज लहरायो, 'मैले लेख्नुपर्छ, मैले नै लेख्न सक्थेँ।' थपिन्, 'मेरो समाज र त्यसप्रति मेरो बुझाइलाई व्यक्त गर्न मसँग लेखनबाहेक अर्को बाटो थिएन।'

सबाल्टर्नको पहिलो व्याख्या इटालेली विद्वान तथा नेता एन्टोनियो ग्राम्सीबाट भएको थियो। स्पिभाकले भनिन्, 'ग्राम्सीले जेलको सेन्सरसिप झेलेर सबाल्टर्न अवधारणा लेखेका हुन्। त्यसैले त्यो अपुरो लाग्छ। उनको चिन्तनले थप व्याख्या माग्छ। अब हामीले योगदान गर्नुपर्छ।'

ग्लोबलाइजेसनको दबदबा चिर्न पूर्वीय सभ्यताबाट आएकाले सौन्दर्यशास्त्रीय शिक्षामा जोड दिनुपर्ने स्पिभाकको माग छ। ज्ञान र तर्कको क्षेत्रमा चरम हिंसा हुनेगरेको स्पिभाक ठान्छिन्, 'त्यसैले अब एपिस्टेमोलोजिक पर्फमेन्स जरुरी छ। ज्ञानलाई एलिटहरूको जिम्मा लगाउन सकिन्न।'

स्पिभाक भ्यानगार्डिजममा विश्वास गर्छिन्। त्यस्ता भ्यानगार्ड जसले समाज फेर्न संगठित पहलकदमी लिउन्। उनी पुरातन भ्यानगार्डका कुरा गरिरहेकी थिनन्। एपिस्टेमोलोजिकल भ्यानगार्ड- एकेडेमीदेखि फिल्डसम्म बरोबर काम गर्नसक्ने। मानिसको ज्ञान र बौद्धिकताको प्रयोग (एपिस्टेमोलोजिकल पर्फमेन्स) बदल्न सक्ने।

स्पिभाकका पहेली, रुपक र व्यंग्य बुझ्न पसिना निकाल्नुपर्छ। आयसरमा होस् वा होटल अन्नपूर्णमा, दुवै दिन उनी सहभागीलाई सुकरातको शैलीमा छिनछिनमा म खासै केही जान्दिनँ भनिरहन्थिन्। किताब धेरै पढ्ने तर जीवन र समाजसँग जोड्न नसक्ने 'विद्वानलाई उनले इंगित गरिन्, 'किन कसैलाई मरिमरि पढ्ने? तपाईंहरू अब पढ्न छाडिदिनुस्, व्यर्थै किन टाउको दुखाउने?'

प्रश्नका लागि पालो पर्खिरहेका सभाकक्षभित्रका सहभागीले हतारहतार हात उज्याए। भित्र नअटेर चौरमा प्रोजेक्टर हेरिरहेकाले पनि स्पिभाकको तस्बिरलाई नै झुक्किएर हात उठाए क्यारे। तिनको स्पिभाक-आशक्ति देखेर बाहिरकाहरू गलल्ल हाँसे।

अरूलाई पर्वाह नगरी स्पिभाकले एक महिलालाई पालो दिइन्।

'तपाईंका प्रायः सबै किताब पढेकी छु, तर कस्तो बुझ्नै कठिन!'

'प्रश्न जायज छ, किनकि म त्यति बुझिनेगरी लेख्दिनँ।' हाँसो गुन्जियो। 'तर चिन्ता नगर, त्यो तिम्रो गल्ती होइन।' फेरि हाँसो। उनको लेखनशैलीबारे एकपटक न्युयोर्क टाइम्सले लेखिनै दिएछ- 'फ्यामस्ली हार्ड टु अन्डस्ट्यान्ड।'

अर्का सहभागीले सोधे, 'संविधानसभामा सबाल्टर्नका लागि लड्छौं भनी गएका सभासद पनि पुरानै राज्य संरचनाको पक्षमा जालान्जस्तो छ, तिनले गरिब, दलित र जनजातिका लागि संविधान बनाउलान् त?'

फेरि स्पिभाकले हँसाइन्, 'बनाउलान् नि त, तिमै्र देशका सभासद हुन्।' अनि लामो व्याख्या गरिन्। सारांश थियो, 'संविधान ठूलो कुरा हो, तर सबथोक होइन, राज्यसञ्चालकले व्यवस्था कसरी चलाउँछन्, त्यो महŒवपूर्ण कुरा हो।'

रमाइली रहिछन् स्पिभाक। पढाइमा इन्टरडिसिप्लिनरी एप्रोच राख्नुपर्ने मान्यताकी अगुवा जवाफ तन्काएर यति 'इन्टरडिसिप्लिनरी' बनाउँथिन्, प्रश्नकर्ताको जिज्ञासा नै बिर्सन्थिन्। उनको बोली 'एमएलए मेथर्ड' मा थिएन। थेसिस स्टेटमेन्ट सम्झाइरहनुपर्थ्यो।

इरेजर रहिछन् स्पिभाक। एक सहभागीले सोध्दैमात्र के थिए, 'महिलाहरू सदियौंदेखि उत्पीडित छन्...।' उनले भुइँमा खस्नै दिइनन्, सच्याइन्, 'सयौं होइन, हजारौं वर्षदेखि।' दर्शक हाँसे। उनी पनि हाँसिन्।

अर्को प्रश्न। राष्ट्रियता र युनिभर्सलाइजेसनबारे जिज्ञासामा उनले नेसनालिटीलाई नेसनसँग राखेर नबुझ्न आग्रह गरिन्। उनले भनिन्, 'युनिभर्सलाइजेसनका नाममा होमोजेनाइजेसन हावी छ। यसले पश्चिमाहरूको औपनिवेशिक चाहनालाई मद्दत पुर्याइरहेको छ। तथाकथित ग्लोबलाइजेसनले हाम्रा मौलिक राष्ट्रिय र जातीय पहिचानहरू निलिरहेको छ।'

एक प्राध्यापकले आरोप लगाए, 'तपाईं भारतमा जन्मेहुर्केकी महिला। तर तपाईंका विचार र किताब पढ्दा युरोपियनाइज्ड भएजस्तो लाग्यो।'

'अँ म युरोपकेन्द्री भएकै हुँ। अहिलेको ज्ञानको लोकेसन युरोप नै छ त म के गरुँ?' अचम्म! उनले त सहर्ष सकारिन्। थपिन्, 'खासमा तिमी पनि युरोपियनाइज्ड छौ, तिमीलाई थाहा नभएको मात्रै हो।'

सुन्नेहरू छक्क परे। एकछिन शंका गर्ने अवधि छुट्ट्याइन्। त्यतिन्जेल उनले दायाँ हातमा बाँधेको घडी फुकाल्दै लगाउँदै गरिरहिन्। अनि एकैछिनपछि खुलाइन्, 'मेरा सबै गुरु भारतेली थिए। म भारतलाई माया गर्छु तर यसको मतलब भारत सरकारका सबै निर्णय र काममा सही थाप्छु भन्ने होइन। भारतीय नागरिक हुनुको अर्थमा भारतको आलोचना र प्रतिवाद गर्ने नैसर्गिक हक मसँग छ।'

स्पिभाक दक्षिण एसिया, विशेषगरी भारतको साहित्य र ज्ञानको खजानालाई पश्चिमासामु प्रवर्द्धन गरिरहेकी छन्। साहित्य सिद्धान्त लेख्दा पनि भारतकै उदाहरण लेखिएका छन् उनका रचनामा। भावुक भएर बोल्नुपर्यो भने मातृभाषा बंगालीमा बोल्दिरहिछन् स्पिभाक

गुप्तोले इमेल च्याटमै नेपाली सिकाइदिए कि क्या हो, स्पिभाकले नेपाली सबाल्टर्नको आवाज अनुमान गरिन्। अरे यार, तिनी त नेपालीमै बोलिन्, 'गणतन्त्र बुझ्दिनँ, भोट दिने भनेको होला।'

सबाल्टर्नबारे उनको कुरा आउन बाँकी नै थियो। 'सबाल्टर्न्स आर दोज पिपल, हु अक्सेप्ट दियर ह्रेचेडनेस,' अनि भनिन्, 'विद सबाल्टर्न स्माइल। एन्ड द्याट इज होरिफाइङ।'

सबाल्टर्नसँग वर्गचेतना नहुने स्पिभाकको ठहर छ। केन्या नैरोबी, युगान्डा, नाइजेरियालगायत थुप्रै देशका गाउँ घुम्न जानेगरेको अनुभव सुनाउँदै भनिन्, 'सबाल्टर्नहरू उनीहरूको पोजिसनलाई सकार्छन्, विद्रोह गर्ने तिनीहरूको हुति हुँदैन। किनकि उनीहरूलाई अभिशप्त जीवनबाट बाहिर निस्केर प्रतिरोध गर्नुपर्छ, गर्न सकिन्छ भन्ने थाहै हुँदैन।'

स्पिभाक वाचाल छिन्। बोलीमा हरियाली लहराउँछ। ध्वनिलाई दृश्यमा देखाउने कम्प्युटर प्रोग्राममा उनको आवाज पेस्ट गर्ने हो भने त्यो थाहा हुन्छ। अनि जहाँनेर बल पर्छ र माथिल्लो बारलाई छुन्छ, स्रोताले बुझे हुन्छ, त्यो महŒवपूर्णभन्दा पनि महŒवपूर्ण हो।

'पोस्टकोलोनियल र सबाल्टर्न स्टडिजका अगुवा भारतीय साथी रणजित गुहासँग मेरो कुरा भइबस्छ,' मनिटरको माथिल्लो बार छोलाझैं गरी पुलकित हुँदै उनले भनिन्, 'मेरो कुरागराइ र कन्सिस्टेन्ट चिन्तन नगर्ने स्वभाव देखेर उनले मेरो नाम गायत्री चक्रवर्ती होइन, चक्रवात राखिदिएका छन्। घुमिरहने।'

अर्का भारतीय विद्वान रामचन्द्र गुहाको भारतीय प्रजातन्त्रलाई हेर्ने दृष्टिमा स्पिभाकले खोट देखाइन्। 'रामचन्द्रहरू गलत छन्, राज्यलाई त्यसरी ग्लोरिफाई गर्नु उचित हुन्न,' उनले भनिन्, 'राज्य हाम्रो राजा हुन पाउँदैन। मालिक पनि हुन पाउँदैन। राज्यले प्रजातन्त्रका नाममा मनपरी गर्न पाउँदैन, जो भारतमा भइरहेको छ। भारतले प्रजातन्त्रका नाममा कग्निटिभ क्राइम (बौद्धिक अपराध) गरिरहेको छ। उसले बुद्धिजीवीको स्वतन्त्र भूमिकालाई उपेक्षा गरेको छ।' यति भनेर उनले चक्रवातजस्तै व्याख्या घुमाइन्।

अमेरिकी विश्वविद्यालयहरूले परिभाषित गर्ने ग्लोबलाइजेसनप्रति पनि स्पिभाकको कटाक्ष थियो। मैले कोलम्बियामात्रै होइन, युनिभर्सिटी अफ आयोआ, हवाईसहित थुप्रै एकेडेमीमा पढाएँ। मैले कहीँ पनि समरूपी अमेरिकाली देखिनँ। प्रत्येक राज्यपिच्छे फरकफरक रूपरंग र सभ्यताका। ग्लोबलाइजेसनले होमोजेनाइजेसनको बाटोमा लैजान्छ। अल्पसंख्यकहरू सम्बोधित हुँदैनन्

हवाई विश्वविद्यालयमा ओसियानियाबारे पढाउन जाँदा नेपाल पनि छोएर जाने सिल्क रोडबारे थाहा पाएको उनले बताइन्। हामी त सबै ओसेनियाली रहेछौं, सबै आइल्यान्डर।' भूपरिवेष्ठित नेपालबारे उनले के भनेकी होलिन्?

आफ्नै विचार, सिद्धान्त र अडानको आइल्यान्डमा खुम्चिएर बस्न चाहने प्रवृत्तिप्रति उनको रूपकीय आलोचना थियो। ज्ञानको अवस्थिति हामीले देखेबुझेभन्दा पर पनि हुन्छ। स्पिभाकको संकेत यतातिर थियो।

उनले नेपाली साथी अरुण गुप्तोको प्रशंसा गरिन्। भनिन्, 'अरुणले केही वर्षदेखि गरिरहेको अल्टरनेटिभ साउथ एसियन स्टडिज नामक प्राज्ञिक रिसर्चलाई यही धारणासँग जोड्न सकिने रहेछ। उनको अवधारणा महŒवपूर्ण छ।'

'अ बोर्डरलेस वर्ल्ड? (सीमाहीन विश्व?) बारे होटल अन्नपूर्णमा उनी बोलिन्। 'सीमाहीन विश्व सम्भव छैन, हुँदैन पनि। त्यसैले निस्सिम विश्व आफैंमा युटोपियन कल्पना हो,' व्यावहारिक-मार्क्सवादी-नारीवादी-विनिर्माणवादी भनी चिनिएकी उनको कथन थियो, 'पुँजीवादको कुनै सिमाना छैन किनकि पुँजीको कुनै सिमाना छैन। तर सिमाना छैन भन्दैमा अब विश्व नै सिमाहीन हुन्छ भन्ने होइन। मान्छेका लागि अस्तित्व र पहिचान कति महŒवपूर्ण छ भन्ने कुरा पुँजीवाद र ग्लोबलाइजेसनका व्याख्याताहरू बुझ्दैनन्।'

पुँजीबारे उनको टिप्पणी अन्य मार्क्सवादीभन्दा फरक देखियो। प्रायोजक डाबर नेपाललाई औंल्याउँदै उनले भनिन्, 'अब यही डाबरलाई हेरौं न, तपाईं पुँजीको प्रयोग नगरी सामाजिक न्याय स्थापना गर्न सक्नुहुन्न।' विषयान्तर भयो जस्तो लागेछ क्यारे ६९ वर्षे यी प्राध्यापकलाई। थपिन्, 'पुँजीवाद र समाजवादबारे प्रवचन दिन यो उपयुक्त ठाउँ होइन।'

अन्नपूर्णमा एक प्राध्यापकले सोधेको प्रश्नले स्पिभाकलाई हाई सेन्टिग्रेडको पारो छुटेछ क्यारे। फर्काइन्, 'तिमीहरू हवाइजहाजबाट ओर्लेर देशलाई गाली गर्नेका कुरा नसुन। भुइँका मान्छेहरूबीच जाऊ। उनीहरूसँगै काम गर। अनि थाहा हुन्छ- देश भनेको के हो भनेर।' प्रश्न के थियो भन्ने रहस्यमै राखुँ।

वालस्ट्रिट मुभमेन्टप्रति सहानुभूति थियो यी सबाल्टर्न अगुवाको। अमेरिकाले तिनको आवाज सुन्दैन। त्यही आवाज नसुनिने भएकाले नै तिनीहरू सबाल्टर्न हुन्। उनले भनिन्, 'त्यसका लागि नै एपिस्टेमोलोजिक भ्यानगार्ड चाहिन्छ भनेको हो।'

प्रवचन सुरु हुनुअघि अरुण गुप्तोले भने, 'हामी स्पिभाकको लेखन पढेर हुर्कियौं। नेपालका विश्वविद्यालयमा पनि उनका रचना पढाइ हुन्छन्। हाम्रो पुस्ताले भेट्न पाएकी उनीप्रति नेपाली एकेडेमीहरूको उच्च आदर रहिरहनेछ।'

'एकेडेमीहरूमा त छँदैछ, स्पिभाकलाई त्यसभन्दा बाहिरका सर्वसाधारणले किन सम्झने?' आयसरको कार्यक्रमपछि मैले स्पिभाकबारे पोखरा विश्वविद्यालयमा पढाएकी अध्यापक सगुन बस्नेतलाई सोधेको थिएँ।

'उनी सिद्धान्तकार, प्राध्यापकमात्रै होइनन्, जो अरू सामान्यतया हुने गर्छन्,' बस्नेतको जवाफ थियो, 'उनी त आफैं एक्टिभिस्ट हुन्। अरूले आफूलाई फिलोसोफर भनी बोलाएको रुचाउन्नन्। गाउँगाउँ घुम्छिन्। यति साधारण भेषमा हिँड्छिन् कि, मानिसहरू यिनी विश्वचर्चित एसियाली महिला हुन् भन्ने छनकै पाउँदैनन्।'

स्पिभाक आफैंले पनि भारतीय दैनिक 'द हिन्दु' दिएको लामो अन्तर्वार्तामा भनेकी रहिछन्, 'म स्कलर होइन। म त सधैं पहिल्यै बनेको पांग्रालाई पुनर्निर्माण गर्छु। अनि आफैंलाई सान्त्वना दिन्छु कि अघिल्लो पटक निर्मित पांग्रा बनाउनु खराब काम थिएन।'

तीनदिने 'इन्टेलेक्चुअल होलिडे' मा स्पिभाकले थुप्रै सहकर्मी मिस गरिन्। नारीवादी समालोचक जुडिथ बट्लर, १९८२ का नोबल विजेता रसायनशास्त्री रोल्ड होफम्यान, मार्क्सवादी टेरी इगल्टन, रनजीति गुहा, पार्थ चटर्जी आदि।

रसायनशास्त्री होफम्यानसँग गफिएको सन्दर्भ उक्काइन्, 'उसको कुरै अर्को। भन्छ- तिम्रो र मेरो इन्टेलेक्चुअल ओरियन्टेसनमा भिन्नता छ। तिमी सबैलाई मान्छे देख्छौ। खै म त तिनलाई परमाणुमात्रै देख्छु।' हलमा हाँसोको लहर चल्यो। थामिन समय लाग्यो।

'थाहा छ? म अझै अविवाहित छु। बच्चा जन्माइनँ। समाजसँग लड्न गाह्रो भयो तर आमाले साथ दिनुभयो,' आयसरको छिप्पिँदो रातमा ६९ वर्षे यी 'कुमारी'ले भनिन्, 'मैले बिहे गरेर जोखिम मोल्न चाहिनँ, मेरा लागि यही जीवनशैली ठिक छ।'

'यु आर सो लक्की स्पिभाक,' प्रोजेक्टरको गाढा उज्यालोमा स्पिभाक नियालिरहेकी एक विवाहिता फुस्फुसाइन्, 'सो सो सो फर्चुनेट!'

छेवैमा उभिएकी तिनलाई भन्ने रहर थियो, 'तपाईं अभागी हुनुहुन्न म्याडम। सबै अविवाहितहरू स्पिभाक हुन सक्दैनन्।'

टिप्पणी

ज्याक डेरिडाको चर्चित किताब 'अफ ग्रामाटालोजी' अनुवाद गर्नुअघि उनीबारे राम्ररी जानकारी पनि पाएकी थिइनँ। तैपनि एउटा ककटेल पार्टीमा मैले सुनेँ- युनिभर्सिटी अफ म्यासाचुसेट्सले यसलाई उल्था गर्न खोज्दैछ। त्यसपछि मैले म कुशल अनुवादक हुँ भनी पत्र लेखेँ। जब कि मैले त्यतिन्जेलसम्म एउटा पनि अनुवाद गरेकी थिइनँ। भगवान! मैले कसरी त्यो काम गरेँहुँला किनकि मैले कहिल्यै फिलोसोफीबारे औपचारिक ज्ञान लिएकी थिइनँ।

(द हिन्दुमा छापिएको अन्तर्वार्ताबाट)

- स्पिभाकले गैरपश्चिमेली महिलाका लागि साहित्य सिद्धान्त प्रतिपादन गरिन्। असाध्यै शक्तिशाली भाषामा विश्वलाई उनले सुनाएको सन्देश अब हाम्रा लागि उपलब्ध छ।

एडवर्ड सइद, 'ओरियन्टालिजम' का लेखक

- हज्जारौं बुद्धिजीवीमध्ये दस जनाको नाम लिनुपरे एउटा नाम स्पिभाकको लिन्छु किनकि उनी एक्टिभिस्ट पनि हुन्।

-जुडिथ बट्लर, नारीवादी सिद्धान्तकार

- स्पिभाक क्लिष्ट छिन्। उनले नारीवादी र उत्तरउपनिवेशी साहित्यका लागि थुप्रो काम गरेकी छन्। सुदूर भविष्यसम्म उनको योगदानको चर्चा हुनेछ।

टेरी इगल्टन, मार्क्सवादी समालोचक र बुद्धिजीवीसरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-12140927431022865572012-01-19T21:44:00.000-08:002012-01-19T23:26:07.667-08:00समीक्षा

भीमप्रसाद घिमिरे

प्रयोगपरक गेडी

एउटा प्रयोगमाथि रूची राख्नेहरूले इन्टरनेटको समाजिक सञ्जाल फेसबुकमा भेटघाट नियमित बनाए । एक-अर्काको 'स्टाटस' मा प्रतिक्रिया लेख्दै । आपसमा लेखाइ कसरी सुधार्ने र साहित्य सिर्जनाका विधाहरूमा दख्खल कसरी बनाउनेमा ध्यान केन्द्रीत गरे । रहरलाई पुस्तकाकार रूप कसले दिने भन्नेमा विराटनगर रहेर कलम चलाउँदै गरेका टेकेन्द्र अधिकारी अघि सरे ।
नटेरेकै चाम्रो भो, नभेटेकै राम्रो भो

दुनियाँले नबुझ्ने, मायाप्रीति हाम्रो भो

खोलीले,

फुट्यो बाँध, रूखो बोलीले ।।

'यो एकदमै नयाँ विधा भएकाले पहिलो काम आफैं थाल्ने रहर लाग्यो,' उनले भने, 'विधाका नाम सुन्नेहरू पहिले अचम्म मान्छन् अनि अलिपछि त्यसको गहिराइ नापजोख गर्छन् ।' यो नौलो विधा रह्यो, गेडी ।'हुँदैन यसरी । तीन अक्षरको भए राम्रो होला । बरु गेडीका भन्नुस्' प्राडा टंक न्यौपानेले सल्लाह दिए । अधिकारी मानेनन् । तर्क अघि सारे, नेपाली भाषामा मौलिक नयाँ विधा हो, नाम गेडी नै भएको ठीक । फेसबुके समूहमा चर्चा निरन्तर चल्यो । रोजगारी र अध्ययन सिलसिलामा विभिन्न देशमा रहेकाको जमातले अधिकारीलाई यसरी हौसला दियो, उनले डेढ महिनामै सयवटा गेडी तयार पारे । रोजगारीका लागि विदेश हान्निएकाहरूलाई गेडीमा यसरी उतारे ।
किसानको छोरो म, विदेशमा बस्या छु

पराईको भूमिमा, काममा घुँडा धस्या'छु

रहरै,

बाध्यताले पार्यो ठहरै ।।

यी युवा सर्जकलाई हौस्याउनेमध्येकी संखुवासभाको शीतलपाटी-६ की मनु लोहोरुङ केही वर्षदेखि इजरायलमा छिन् । उनले गेडीलाई अथ्र्याइन् 'सानो आकारको दाना अथवा फलहरूको बीउ । संवाद र नेपाली साहित्यको सानो तर महत्त्वपूर्ण । यसको संरचना र भावतत्वले नामको पूर्णता दिन्छ ।' उनका भनाइमा गेडीका विशेषता यसको संरचनात्मक पक्ष हो । टेकेन्द्र गेडीमा बारम्बार म्याद थपिए पनि नबनेको संविधानको अवस्था लेख्छन् ।
गोरु पनि ब्याएन, खुसी पनि ल्याएन

शान्ति कता हरायो, त्यसले टुंगो पाएन

तीरैमा,

संविधान, पर्यो भीरैमा ।।

थाइल्यान्डको बैंककमा रहेका खगेन्द्र पन्धाक लिम्बूले गेडी परिकल्पना गरे । गएको वैशाख ९ गते फेसबुकमार्फत उनले गेडी विधा परिकल्पना सार्वजनिक गरे । उनीसँग समाजिक सञ्जालमा जोडिएकाहरूले आ-आफ्नै पारामा अर्थ लगाए । लेख्न थाले । साइट, ब्लग र पत्रिकामा प्रकाशनको प्रयास थालियो । कतिले यसलाई नक्कल पनि भनिदिए । उनका शब्दमा कुनै ठेट लोकगीतको नक्कल होइन । तर, यसको संरचनाले झल्को दिन्छ । किनभने नेपाली मौलिकता र नश्ल यसको पृष्ठभूमि हो । पन्धाकका भनाइमा यो संरचनाको हिसाबले चतुस्र्पदीय आन्तरीक, मध्यानुप्रासीय तथा अन्त्यानुप्रासीय गेयात्मक लेखन विधा हो । प्रथम र दोस्रो पदको अन्त्यानुप्रास तथा तेस्रो र चौथो पदको अन्त्यानुप्रास मिल्नुपर्छ । उनका आफ्नै सूत्र र तिनका हिसाब छन् । प्रथम पद उठान, दोस्रो कथन, तेस्रो थेगो र चौथो बिट । संग्रहको जमर्कोलाई साकार बनाएर टेकेन्द्रले 'सय पाइला गेडीका' मा प्रेम, विरह, गाउँघर, जागिरे जीवन राम्रैसँग उतारेका छन् । दिक्कलाग्दो राजनीति र भ्रष्टाचारलाई पनि उनले तीखो व्यंग्य कसेका छन् ।
देश पछि पर्दै छ, कुमतिले साँचो हो

तल-तल झर्दै छ, सुमतिको खाँचो भो

गरौ न,

मिलीजुली, भुँडी भरौँ न ।।

नेपाली विषयको प्राध्यापनमा अढाई दशक बिताइसकेका कृष्ण वस्ती भन्छन्, 'टेकेन्द्रका गेडी अनौठा छन् ।' वस्तीका शब्दमा 'गेडीको धर्म र मर्ममा कविताका किरणहरू सबैजसो अभिव्यक्तिमा पाइनु प्रशंसायोग्य छ ।' उनलाई मन परेको गेडी यस्तो छः
डाँडामाथि द्यौराली, हावा चल्यो सिरिरी

मायालुले बोलाको, बजाउँदै पिपिरी

पीपल,

माया भेटे, मनै शीतल ।।

हङकङ बस्ने विष्णुनन्द चाम्लिङ भन्छन् 'म साहित्यकार होइन, न म गीतको विशेषज्ञ तर, गेडीलाई लघु गीत भन्न मन लाग्छ ।' ४३ वर्षअघि हिमाली साहित्यमार्फत् दिउल काव्यको प्रस्ताव गरेको सम्झेका भाषाशास्त्री बालकृष्ण पोखरेल गेडी पुस्ततकाकार स्वरूपमा देख्न पाएकोमा हषिर्त छन् । पहिलो कृतिमै प्रयोगपरक लेखन समेटेका अधिकारी भन्छन्, 'यो फेसबुकमा सिर्जनशीलहरूलाई साथी बनाउन सकेको परिणाम हो । उनीहरू हौस्याइरहे । म लेखिरहे ।' सयवटा उनका लेखोट पुस्तकमा नेपाली युनिकोड फन्टमा छापिएका छन् । किन ? 'युनिकोड तिनै फेसबुक साथीहरूलाई ध्यानमा राखेर हो । संग्रह डिजिटल फाइल पठाउँदा उनीहरूलाई पढ्न सजिलो होस् भनेर हो ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-75640167175343410532012-01-19T02:21:00.000-08:002012-01-19T23:26:56.769-08:00कविता

मनोज वोगटी

पसीनाको रङ

आफ्नै निधारको पसीना पिएर तिमीले तिर्खा मेटेको

ब्ल्याक टी पिउँदा कसैले अनुभव गर्छ गर्दैन

तिम्रो इतिहासमा चेप्टिएको कुनै पीड़ा ओंठ फुटाएर बाहिर आउँछ आउँदैन

तिम्रो पोल्टामा नै मरेको सपनाको लाशले कफन पाउँछ पाउँदैन

तिम्रो घरको रङ र तिम्रो निधारबाट चुहुने ब्ल्याक टीले

अन्तराष्ट्रिय मार्केट पाउँँछ पाउँदैन

केही लेख्न नसक्ने तिम्रा करेसामा हुर्किएका लुते अक्षरहरू

अचानक धेरैवर्षपछि बलपूर्वक समययोनीबाट फुत्त फुत्त निस्किएपछि अहिले

खुफिया एजेन्सीहरूको आँखा फारिएको फारिएकै छ।

(तिम्रा खबर बोकेका कविहरू

साइबर सुरूङभित्र घस्रिरहेका छन्

समुद्र अचानक थर्किरहेको छ।

तिम्रो पसीनाको रङ

गाड़ा गाड़ा गाड़ा बन्दै गइरहेको छ।)

चियाबारी कोपर्ने तिम्रा नङलाई लिएर अचानक

कन्फिडेेन्सियल सिम्पोजियम चलेको चलेकै छ

खिएका तिम्रा नङको निम्ति नङपलिसको बट्टामा महत प्याकेज खॉंदेर

तिम्रो उपस्थितिको सत्ता र

तिम्रा बगाने अक्षरहरूको जिउको नाप लिनेवाला छ।

केही त हुनेवाला छ

नत्र किन चल्मलायो ढुङ्गे अक्षर तिम्रो थाप्लोबाट?

किन सुसेल्यो तिम्रो पसीनाले अचानक खुशीको गीत?

बॉंसुरीमा किन आयो यत्रो ताकत कि

मादलसमेतले जोरसित गाइरहेको छ चियापातको नयॉं रङलाई।

धेरैवर्षको मौनता फुटेको अण्डाबाट जुन आवाज निस्कियो

त्यसले धर्ती नै हल्लिरहेको छ।

कत्रो भुकम्प चलिरहेको छ तिम्रो मालिकको सभाकक्षमा।

तिम्रो निधारबाट खसेको पसीनाको आवाज

यति शक्तिशाली रहेछ

कि मालिकहरूको अहिले कान फुटेको छ।

याद राख्नु

तिम्रो पसीनाको रङ चिन्न

अहिले तिम्रो पछि सरकारनै लागेको छ।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-55037465440710213442012-01-19T01:53:00.000-08:002012-01-19T23:40:55.998-08:00कथा

सञ्जय विष्ट

दोस्रो संस्करणको तयारीमा

बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्। पैँसठ सालमा नियुक्ति पाएका नारायण सरले पहिलो महिना अस्सी रुपियॉं तलब पाएका थिए। थापेर आठ-दस रुपियॉं आफूसँग राखेर अरू सबै स्वास्नीलाई दिएका थिए उनले। अर्को महिनाको तलब थापेर ल्याउँदा स्वास्नीले पहिलेकै बाट पनि केही बचाएर राखेकी थिई। त्यसपछि क्रमश: नारायण सरको तलब बढ़्दै आएकै हो। शुरुमा अस्सी रुपियॉं थाो उनले कुनै दिन अस्सी सय रुपियॉं थापिइन्छ तलब भन्ने कल्पना पनि गरेका थिएनन् तर अस्सी सय नाघेर तलब केही माथि पुग्दा पनि नारायण सरले आफ्नो परिवारका सदस्यहरूको जीवन-स्तर अलिकति पनि माथि उठाउन सकेनन्। जेठी छोरी। नारायण सरकी जेठी छोरी। नौमा फेल भई। सरलाई नमिठो छोरी फेल भएकोमा भन्दा पनि सरकी छोरी फेल भएकोमा लागेको थियो। त्यो नमिठोपनले आफूबाट निख्रन नपाई बम बस्तीदेखि मान्छेहरू आए केटालाई पनि साथै लिएर। सरकारी नोकरी गर्ने, ब्लकमा—बुझेर अरू धेर बुझ्न नचाही ‘‘हुन्छ,’’ भनिदिए सरले। तेह्र वर्षअघिको कुरो हो यो। माइली छोरी पढ्दै थिई। राम्रैसित पढ्दै थिई। दसमा थिई एघार वर्षअघि। एक दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। अर्को दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। तेस्रो दिन सॉंझ नपरी दुई बुढ़ाहरूसित दुई अधबैँसे नारायण सरको घर सोध्दै आइपुगे। यो गोपाल, नारायण सरको तेस्रो र अन्तिम पनि सन्तान जो कल बन्द गरेर अहिले अर्कोपल्ट उस्तै आवाज सुन्नलाई पर्खिरहेछ—त्यो समय , त्यो समय भन्नाले सरकी सुधी मानिएकी माइली छोरीले त्यसरी सबलाई छक्क पारेकी समय दिदीचाहिँभन्दा एक क्लास तल नौमा पढ़्दै थियो। ‘‘सरलाई के छ र? दुवै छोरीहरूको बिहे गरी दिइहाल्नु भो। गोपाललाई पछिबाट तपाईँकै काम दिँदा भइहाल्यो नि।’’ हेड सरले नारायण सरलाई भनेको त्यही समयतिर हुनुपर्छ। नारायण सरले हेड सरको कुरा सुनेका थिए। प्रतिक्रियामा केही भनेका थिएनन्। आफ्नो काम छोरालाई दिने कुरो उनले सोचेका थिएनन् त्यो दिनसम्म त्यसैले नदिने कुरो पनि सोचेका थिएनन्। दिनु पर्दैन।—त्यो दिनको त्यही क्षण उनले सोचे। ‘‘कति छ सरको अब?’’ सोधे हेड सरले।‘‘छ अझै। बाह्र-तेह्र साल छ।’’ भनेका थिए शर्मा सरले। ‘‘ए’’ भनेका थिए हेड सरले। त्यति। ‘‘साथीहरूसितै बस्छु।’’ गोपालले बाबुलाई भनेको थियो। ‘‘पर्दैन हरि काकाकोमा बस्।’’ बाबुले कड़ा स्वरमा भने। गोपालले केही भनेन भन्नु नसकेर।‘‘अस्ति भेटेर भनिराखेको छु हरिलाई।’’ पनि भने बाबुले। परीक्षा शुरू हुनुभन्दा दुई दिनअघि शर्मा सर आफैले छोरालाई पर्ने भाइ शहरको हरि शर्माको घर पुर्याए। ‘‘इक्जाम राम्रो गर्नू। नघुम्नू धेर।’’ हिँड्ने बेलामा छोरालाई भने। समय पाइए अरू दुईवटा काम गर्ने विचारसित निस्केका थिए शर्मा सर बिहान घरबाट। पहिलो काम ननपाएको निक्कै दिन भएको हुनाले सुगर नपाउने र दोस्रो काम डेढ़ महिनाअघि थाहा गरेको तर हाल दुखाइको मात्रा निक्कै बढ़ेको आफ्नो दाहिने खुट्टा किन दुख्छ डाक्टरलाई देखाएर जान्ने। बजारदेखि थाकेर आइपगेका सरले झोला राखेर आफूलाई चौकीमा बिसाए। केही क्षणपछि मुन्टो मात्रै चुह्लातिर घुमाएर उनले भने, ‘‘नुनकै बनाऊ है।’’ फेरि केही क्षणपछि मुन्टो नघुमाइ भने, ‘‘सुन्यौ?’’ चियासित स्वास्नी आई। ‘‘सौदा निकाल,’’ सरले भने। साना-ठुला केही पोकाहरूपछि एउटा किताब पक्रेर निस्क्यो हात झोलाभित्रदेखि। चारसम्म पढ़ेकी गुरुमाले ‘समयाङ्कन’ पढ़ी अनि चौकीकै सरलाई दिई। हप्ता दिन जत्तिपछि शर्मा सर चौथो श्रेणीका विद्यार्थीहरूसित थिए। ‘‘सन्चबार, आइतबार के गर्छौ तिमीहरू?’’ विद्यार्थीहरूलाई सोधे सरले। उत्तर कस्सैलाई आएन। हेराहेर गरे तिनीहरूले एकाअर्कालाई। ‘‘काम गर्दैनौ घरमा?’’ सजिलो बनाए प्रश्न सरले। ‘‘गर्छौँ सर?’’ प्रायैले भने। ‘‘के गर्छौ?’’ प्रश्न अप्ठ्यारो भइहाल्यो फेरि। प्रश्न दोहोर्याए सरले। ‘‘दाउरा खोज्न जान्छु सर।’’ एउटाले भन्यो। ‘‘म पनि जान्छु सर।’’ अर्काले भन्यो। ‘‘सर म पनि जान्छु।’’ ‘‘म पनि...।’’ नजाने एक-दुई मात्र रहे। ‘‘जङ्गलमा’’ सरले भन्न शुरू गरे, ‘‘ढुङ्गामास्तिर, भिरतिर, भुइँमै पनि,’’ दुवै हात अघिल्तिर ल्याए ‘‘एत्रो-एत्रो डल्लो पाउँछ।’’ ‘‘पॉंउछ?’’ सोधे। जबाब आएन। ‘‘पाउँछ।’’ आफैले भने अनि बताए। ‘‘तमर्के भन्छ त्यसलाई।’’ ‘‘देखेको छु सर।’’ तमर्के चिन्ने एउटा उठ्यो। ‘‘अरूले?’’ सबैलाई हेरे सरले। तमर्के देख्ने, चिन्ने आठ-दस हातहरू उठे। ‘‘खोजेर ल्याई दिनू घरमा।’’ भनेर केही क्षण रोकिए र भने ‘‘किताब खोल।’’ चामल बॉंड़्नेे दिन थियो त्यो, त्यो महिनाको। थाहा पाएर विद्यार्थीहरू सबै आएका थिए। त्यो महिना मने पनि होइन, क्विनटले पनि होइन, बिचको मझौला बोरामा चारदेखि घटेर तीन बोरा मात्रै आएको थियो चामल। दोस्रो बोरामा चामल अझ अलिकति बॉंकी रहँदै पङ्क्तिको अन्तिम विद्यार्थीले चामल थापिसकेथ्यो। खोल्नै नपरेको तेस्रोमाथि थोरै रहेको दोस्रोलाई पनि खप्टाएर राखेपछि चारको एउटा केटालाई हेड सरले भने,‘‘ताला लगा।’’ बाह्र-पन्ध्र मिनटको बाटो बिस्तारो हिँड़ेर घर पुगेपछि चौकीमा बसेका शर्मा सरले याद गरे—हिजोको भन्दा थाहा पाउने धेर दुख्दैछ घुँड़ा। ‘‘राम्रो गरेँ,’’ भन्यो घर आएर गोपालले। केही भनेेनन् सरले। सुने खालि। पढ़्नुमा राम्रो छोरामाथि भरोसा थियो सरलाई। फेल होला कि भन्ने सोचेकै थिएनन् सरले। बरू , अब कता पढ़ाउनुपर्ने सोच्दैथे। अब पढ़ाउनुलाई सरलाई शहरै पठाउनुथ्यो छोरालाई। कहॉं राख्नु?—उनी सोच्दैथे। ‘‘साइन्स पढ़्छु।’’ गोपालले दुई-तीनचोटि भनिसकेथ्यो। एक दिन सर शहर गएर हरिकोमा पनि निस्किएर, डाइवेटिक र दुख्ने खुट्टालाई पनि दवाई लिएर आए। त्यसको दस-एघार दिनपछि गोपालको परीक्षा फल आयो। ‘‘सेकेन्ड भएछु।’’ खुशी न खुशी अनुहारको त्यसले बाबुलाई भन्यो। ‘‘अलिक कोसिस गरेको भा फस्ट हुन्थेछस्।’’ खुशी नै अनुहारको शर्मा सरले भने। दुई-तीन दिनपछि शर्मा सरले छोरालाई केही रुपियॉं दिएर फारम भर्न पठाए उँभो पढ़्नुलाई। साथीहरूसित गयो त्यो, त्यो दिन फारम भर्न। काकाकोमा बस्नु मानेन गोपाल। ‘‘बस्दिनँ त्यॉं,’’ आमाचाहिँलाई भन्यो त्यसले। आमाले बाबुलाई सुनाइहाली। ‘‘किन?’’ बोलाएर सोधे छोरालाई शर्मा सरले। निरुत्तर उभिरह्यो गोपाल। ‘‘किन बस्दैनस् काकाकोमा?’’ सोधे फेरि। ‘‘साथीहरूसित बस्छु।’’ भन्यो त्यसले। ‘‘नपढ़्नुलाई?’’ हकारे बाबुले। तर कुनि किन त्यहीँ बस् भनेर कर गरेनन् उनले छोरालाई। कलेज पढ़्नलाई साथीहरूसित एउटा कोठा भाड़ामा लिएर बस्दा दसैँ-तिहार र ठन्डा महिनाको छुट्टीमा बाहेक रुपियॉं सकिँदा-सकिँदा मात्रै घर आयो गोपाल ती दुई वर्षमा। तेस्रो वर्ष कलेज पढ़्नलाई त्यसले त्यसरी घरबाहिर बस्नै परेन। किनभने उच्चत्तर माध्यमिकको परिणाम-पत्रसित आइपुगेको अँध्यारो अनुहारको गोपालले बाबुलाई भन्यो, ‘‘एक सय सोह्रमा 6 पास, सिधै भिक्टिमाइज् हो यो।’’ केही भनेनन् बाबुले। ‘‘रि-एसेसमेन्ट गराउँछु,’’ पनि भन्यो त्यसले। बाबुले केही भनेनन्। वर्षभरि गाउँ घुमेर अर्को वर्ष परीक्षा दिनलाई मात्र गयो गोपाल। दिएर आयो। परीक्षा फल आयो। फेल भएकै आयो। भिक्टिमाइज् भनेन त्यसपटक त्यसले। रि-एसेसमेन्ट पनि भनेन। तेस्रोपटक त्यसले परीक्षै दिएन। उच्चत्तर माध्यमिक अनुतीर्ण गोपाल गॉंउमै हल्लिरह्यो त्यसपछि। गॉंउमा त्यस्तो कुनै पनि वृत्ति थिएन जसमा त्यसले आफूलाई संलग्न गराओस्। अधुरो शिक्षाको त्योसित गाउँदेखि बाहिरिने साहस पनि थिएन। ‘‘पल्टन जान्छु,’’ पनि भन्यो गोपालले एक-दुईपल्ट। बाबुले जवानीको आफूजस्तै शारीरिक गठनको जवान छोराको विचारमा नाक खुम्चाए। पल्टनमा भर्ती हुनलाई प्रत्येक महिना कटकपाहाड़ धाइरहने साथीहरूसँग त्यस विषयमा सोध-खोज पनि गर्यो त्यसले। तर साथीहरूले शर्माहरूको भर्ती खुलिएको र खुलिने खबर कहिल्यै ल्याएन। बिजिनेस गर्ने विचार पनि गरेको थियो गोपालले। गोपालले बुझेको बिजिनेस सानु दोकान थियो। विचार मात्रै सुनाउँदा ‘‘पर्दैन त्यस्तो डुब्ने काम’’ भनिहाले बाबुले। ‘‘दोकान नखोल्नू, खान्छ-खान्छ तिर्ने बेलामा कालो पार्छ अनुहार जो पनि। बरू अरू बेपार ठिक गर्नु सक्यो भने।’’ पनि भने बाबुले छोरालाई। तर दोकान खोल्नुबाहेक अरू पनि बिजिनेस हुनसक्छ भन्ने गोपालले बुझेकै थिएन। एउटा कैँया आएर कुचो उठाएर टाटाको टाटा सिलगढ़ी पुर्याउँथ्यो। कति नाफा भयो होला भनी त्यो साथीहरूसित बसेर हिसाब गर्थ्यो। अर्को कैँया आएर अदुवा उठाएर उसरी नै सिलगढ़ी पुर्याउँथ्यो। थुक्क! यो पनि थिएछ त गरेको भा— गोपालहरू मनमनै भन्थे। अब केही छैन गाउँमा भन्ने लागिरहेको बेला अर्कै कैँयै आएर अर्को व्यापार शुरू गर्थ्यो। छोरामा आफूले देखेको सम्भावना क्रमश: धुमिल बन्दै गएर हराई नै सकेको थियो। त्यसैकारण दुई वर्षअघि बसेँ भने छोराको जीवन सुरूबुरू बित्छ भन्ने सोच बाध्य भएका थिए शर्मा सर। शर्मा सरलाई कतिचोटि पहिले पनि लागिसकेको—परिवारको प्राथमिक आवश्यकताहरूको परिपूर्ति मै महिनाको सम्पूर्ण आय सकिन्छ। प्रत्येक महिना ‘‘अर्को महिना’’ भनेर स्वास्नी, छोरा-छोरीका इच्छाहरूलाई अर्कोपल्ट फेरि मार्नुपर्छ। पहिले छोरीहरू हुँदा र नहुँदामा फरकै छैन।—फेरि लागेर आश्चर्य लाग्यो। प्राथमिक पाठशालाको शिक्षक परिवारको टाउके हुनसक्छ। उत्तरदायित्व वहन गरेर परिवारको, परिवारको लागि बॉंचु सक्छ तर परिवारलाई बचाउनैको निम्ति मात्र—लाग्यो सरलाई। तर घरभित्र र मनभित्र जसरी बॉंचे पनि बाहिर चिन्नेहरूले इज्जतै गर्छन्। केही नहुनुभन्दा आवश्यकताको समुद्रमा इज्जतको च्याङ्ले लाइभ ज्याकेट लगाएर आजीवन आफूजस्तै परिवारलाई पनि घॉंटीसम्म डुबाइरहनु तर बॉंचेर बचाइरहनु ठिक—पनि लाग्यो शर्मा सरलाई। दिइनँ भने धोका हुन्छ होला पछि।—मनमनै भने। दुई वर्ष त्याग्दा छोराको जीवन बन्छ भने दिन्छु।—निश्चयजस्तै गरे। अब आफ्नो दोस्रो संस्करणको तयारीमा लागिहाल्ने निर्णय लिए शर्मा सरले। पाठशाला नगएर एउटा सोमबार तिनी एक के. जी. घिउसित त्यसै सन्दर्भमा जान्नलाई सम्बन्धित कार्यालय गए। घिउ थापेर, आफू बसेर छोरालाई काम दिन के-के गर्नुपर्छ राम्ररी सिकाएर ‘‘यताको त चिनी कि गुँड़ मिसाको हुन्छ। सरहरूको तिर प्योर मह पाइँदैन?’’ विभागीय कर्मचारीले सोधेका थिए। बेलुका घर आएपछि शर्मा सरले बाकस खोलेर, खोदलेर आफ्नो बिमारीसित सम्बन्धित केही कागजहरू झिके। अर्को दिन बेलुकी उनले शारीरिक अशक्तताको फलस्वरूप पेशाबाट अवकाश पाऊँ र सरकारी प्रावधानमुताविक आफ्नो काम छोरालाई दिइयोस् भन्ने निवेदन-पत्रको खेस्रा बनाए। चार-पॉंच दिनपछि पाठशालाबाट फर्किँदा शर्मा सरको हातमा एउटा महको बोतल थियो। त्यसपछि अस्वस्थ शर्मा सर त्यस सन्दर्भमा धेरैपल्ट सम्बन्धित विभागीय कार्यालय गए। धेरैपल्ट झोला झुन्ड्याएर, थोरैपल्ट खाली हात। झोला झुन्ड्याएर कार्यालय पुगेका शर्मा सरले अधिकारीहरूबाट जुन व्यवहार पाए, खाली हात पुगेका उनले संसार स्वार्थमय देखे। यहॉंसम्म कि अघिल्लोपल्ट झोलासितको भेटपछि जसलाई उनले साह्रै जाती मान्छे ठानेका थिए, खाली हातको भेटपछि मान्छे पनि मानेनन्। शर्मा सरलाई त्यही सन्दर्भमा एउटी सही चाहिएको थियो एकजनाको। एउटा पोका झुन्ड्याएर बिहानै पुगे तिनी त्यस महानुभावको घरैमा। देलोमै उभिएर आफू आउनुको कारण बताए उनले। पोका समातेको हात अघिल्तिर बढ़ाए। ‘‘के यो?’’ रिसाएर सोधे महानुभावले। ‘‘अलिकति ... घरकै।’’ ढॉंटे सरले। ‘‘कसले सिकायो तपाईँलाई यसरी आउनु? कसले सिकायो? तपाईँको एति नाथे घिउ खाएर मोटाउँछु मो? लानुहोस्, लगिहाल्नुहोस्, यो।’’ रॉंकिए उनी। शर्मा सरको अनुहार र कानहरू पनि तातिएर आए। तातिएको कान टि...नि...नि...नि...बजे। ‘‘व्यवस्था बिगार्ने तपाईँहरू नै हुनुहुन्छ।’’ बजेकै कानले सुने उनले। इमान्दारी देखाउने मौका पाएछ साला।—मनमनै रिसाए सर। सपनामा जस्तो हिँड़ेर फर्किए सर त्यहॉंदेखि। त्यसपछि अर्को मान्छेलाई भेट्नु जानुअघि शर्मा सर निक्कै घोरिए। एक त पहिल्यैदेखि सुकुटे नारायण शर्मा थप डाइवेटिकको रोगी—हड्डी र छाला भइसकेका थिए। जस-जसले जे-जे खाऊ भन्थे सबै खान्थे, जस-जसले जे-जे नखाऊ भन्थे सबै मान्थे। पकाएको के कॉंचो तितेकरेला कति खाए उनले हिसाब छैन। औपचारिकता निर्वाह गर्न शुरू गरेको चार महिनापछि एउटा सरकारी चिठी आयो नारायण शर्माको नाममा। खोलेर पढ़े उनले। चौबिस तारिख मेडिकलको निम्ति मेडिकल कलेज, सिलगढ़ी जानू भन्ने सूचना रहेछ। यत्तिका लामो अवधिसम्म गरेको पेशाको धुमधाम माया लागेर आयो उनलाई। त्यसै क्षण उनले वर्ष दिनजति पहिले आफू बसेर छोरालाई काम दिने नजिकैको सर सम्झे। अनुभवी तिनै सरलाई मेडिकल साथी जान मनाउने विचार गरे। पाहाड़बाट मदेश झरेका बिरामी सर सिलगढ़ीको गरमले हेर्दै पनि बिरामी देखिने भए। बल्ल-बल्ल पालो आएको बिरामी नारायण शर्मा र उनलाई बिरामी प्रमाणित गर्ने डाक्टरकै कागजहरू हेरेर , हेर्ने डाक्टरले शर्मा सरलाई काम गन एकदमै अयोग्य मानेन। ‘‘आँखा राम्ररी देख्दिनँ।’’ भने सरले। मसुमुसु हॉंसे डाक्टर। ‘‘कान पनि राम्रोसित सुन्दिनँ।’’ भनेर आफूलाई साह्रै दयनीय अनुभव गरे उनले। ‘‘जवाब ठिकै दिनु हुँदैछ।’’ सुनेर बित्थामा भनेछु लाग्यो सरलाई। ‘‘अर्को चौबिसमा आउनुहोस्।’’ डाक्टरले भने र लेखेर पनि दिए। अरू केही भन्नै आएन उनलाई। केही क्षण चुपचाप बसेर तिनी उठे। ‘‘यो मेडिकल बोर्ड तल जानु पनि आन्दोलनकै उपलब्धि हो। दार्जीलिङमा भा एस्तो झन्झट नै नहुने। पहिलाकोहरूलाई खाड़ाले केई नसोधी एकै तालमा गरिदिन्थ्यो अरे।’’ सुनेको सुनाए बाटोमा साथी गइदिने सरले सरलाई। श्रीमतीले तामा पनि पकाएकी रहिछ। तामाको स्वाद बिर्सन लागेको सरले ‘‘हाली देऊ मलाई पनि अलिकति,’’ भने। ‘‘होस् पर्दैन खानु। खुट्टा दुखेर फेरि फत्रक-फत्रक पर्नुलाई।’’ स्वास्नीले भनी। ‘‘नखॉंदा जाती छु र?’’ सर खरो बोले। स्वास्नी अरू बोलिन। डाक्टरहरूको त्यत्रो प्रिस्क्रिसन हेररे पनि काम गर्नु सक्छ भन्छ। सरकारी नियम छ, दिहाल्दा के जान्छ त्यसको—रातभरि सरलाई लागिरह्यो। ‘‘दवाई खान्नँ एक महिनै,’’ सङ्कल्प गरेर बिहानीपख शर्मा सर एक छिन निदाए। भोलिपल्ट उनले दवाई खाएनन्। बरू ‘‘कत्ति बार्नु? नखाई मर्नुभन्दा बरू खाएरै मर्छु।’’ भनेर आमा-छोरालाई अलग्गै पकाएको आलुको तरकारी थोरै खाए। पहिले-पहिले दवाई खानु भुल्छु कि भन्ने लाग्थ्यो शर्मा सरलाई अब नखानु भुल्छु कि लाग्न थाल्यो। आफ्नो बिमार बढ़ेर आउँदो चौबिसमा डाक्टरलाई काम गर्न अयोग्य देखिइएँ भने नमरुन्जेल ढुक्कैले बॉंचिन्छ भन्ने लागेको थियो सरलाई। खाएनन् दवाई उनले। जति-जति चौबिस नजिकिँदै आयो उति-उति अस्वस्थता बढ़्दै आएको थाहा गर्दै थिए उनी। बस्दा, बसिरहँदा पनि थाक्ने, फतक्कै गल्ने भइसकेका थिए। करैले गएर पाठशालाबाट सिधै घर आउँथे। आएर बसिरहन्थे कि त सुतिरहन्थे दिउँसै पनि। स्वास्नीले सोद्धा ‘‘ठिकै छु,’’ भन्थे। प्रतीक्षारत थिए उनी आउने चौबिसको। हिजो तेइस तारिक शर्मा सरले गोपाललाई बोलाएर भने, ‘‘अर्कालाई कति दु:ख दिनु। तैँ हिँड़् भोलि मसित। किरणलाई दुइटा सिट भन् गएर।’’ आज बिहान आमा उठेकी थाहा पाएर गोपाल पनि उठिहाल्यो। रातो घामको अर्धवृत्त डॉंड़ाभित्र थियो। आकाशभरि बादलको एकै टुक्रा पनि थिएन। कतिचोटि सिलगढ़ी गइसकेको गोपालले त्यहॉंको गरमको स्मरण गर्यो। स्मरणले नै त्यसलाई त्यो दिन असाध्यै कष्टकर लाग्यो। दॉंत माझ्दै त्यो कलनेर गयो। कल खोल्यो त्यसले। कलदेखि झरेर भुइँमा बज्न थाल्यो पानी। मुख खकाल्यो गोपालले। हत्केलालाई अञ्जुली बनाएर फेरि पानी थाप्दा क्षणभर शून्यता छायो त्यहॉं। त्यही शून्यतामा गोपालले घरभित्र स्वास्नीमान्छे काहालिएर रोएकी सुन्यो। अञ्जुली भरिएर पोखिएर पानीले पुन: बज थालेको थियो भुइँमा। अञ्जुली भत्कायो गोपालले अनि कल बन्द गर्यो र अहिले त्यो भयको ठुलो भारी बोकेर अर्कोपल्ट स्वास्नीमान्छेको उस्तै रुवाइ पर्खिरहेछ।
सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-7712709334047653902012-01-19T01:18:00.003-08:002012-01-19T23:47:42.747-08:00कथा

सञ्जय विष्ट

वर्तमान

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै। त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले। उठेर कमिजछेउ गयो ऊ। पल्टाएर हेर्यो गोजीलाई। गह्रौँ मन लिएर फर्क्यो ऊ कमिजदेखि अघि बसेकै बेतको चौकीमा। स्वास्नीलाई केही भनेन। क्रिकेट खेल्न जान्छु भनेर छोरा अघि नै घरबाट निस्किसकेको थियो, हातमा ब्याट पनि बोकेर। पन्ध्रको आफू सम्झने कोसिस गर्यो उसले। त्यो समयको आफूलाई यो समयको उसले स्पष्ट सम्झन सकेन यद्यपि पन्ध्रको छोरासित मनमनै खुब रिसायो ऊ। आइतबार पनि तनाउपूर्ण भइरह्यो पदमबहादुरको। झमक्क सॉंझ परेपछि छोरो घर पस्यो। ‘‘तँ यहॉं आइज।’’ उसले बोलायो त्यसलाई। आज पनि सधैँजस्तो छोरा घर पसेपछि गोसलखानमा मुख कुल्ला गर्दैथ्यो । अनुहार धुँदैथ्यो। ‘‘ठुलो भइस् त?’’ अघिल्तिर उभिएको छोरालाई उसले सोध्यो। स्वरमा क्रोध स्वाभाविक थियो। नबुझेर छोरा अकमक्क पर्यो। ‘‘राम्रो कुरा सिकेछस्।’’ भन्यो बाबुले छोरालाई । छक्क परेको छोराले बाबुलाई हेरिरह्यो। ‘‘भात खाएर पुगेन तँलाई? के-के खानु सिक्दैछस्?’’ हकारेर सोध्यो, सोधेर हकार्यो छोरालाई उसले। यसपल्ट परिवर्तित अनुहारको रङ्गसित छोराले बाबुदेखि दृष्टि फिरायो। पदमबहादुरले अरू केही भनेन। ‘‘पैसा नदिनू धेर।’’ अर्को दिन उसले स्वास्नीलाई भन्यो। ‘‘हन तेरो लुगामा त सिग्रेट पो गनाउँछ त!’’ निक्कैपछि एक सॉंझ आमाले छोरालाई करॉंउदै थिइन्। आउनू भन्ने चिठी आएको रहेछ छोराको स्कुलदेखि। त्यो पनि पोष्ट अफिसबाट। छक्क परेको पदमबहादुरले यस विषयमा कसैलाई केही भनेन। आफ्नो अफिस भ्याउने गरी ऊ छोराको स्कुल-अफिस दस बजी पुग्यो। चिनेको हेडमास्टर र उसले एकाअर्कालाई झन्डै सँगसँगै नमस्कार गर्यो। हेडमास्टरको ‘‘बस्नुहोस्,’’ सँगसँगै ऊ चौकीमा बसिसकेको थियो। औपचारिकता पुरा भएपछि पदमबहादुरले भन्यो, ‘‘चिठ्ठी पठाउनुभएको पाएँ।’’ उसलाई समयमै अफिस पुग्नु पनि थियो। ‘‘पछिबाट कुनै प्रकारको जानकारी दिनुभएन भन्नुहोला भन्ने ठानेर,’’ हेडमास्टरले भन्यो। ‘‘भन्नुहोस्,’’ भन्यो पदमबहादुरले। चौकीदारलाई बोलाएपछि हेडमास्टरले भन्यो, ‘‘आदित्यको बारेमा केही भन्नु थियो । सोध्नु पनि।’’ पदमबहादुर जान्दथ्यो, त्यो जेसुकै होस् राम्रो निश्चय होइन जो अब भन्नेछन् हेडमास्टरले आदित्यको बारेमा। ‘‘मैले बाबाको चिठी ल्याउनु भनेको थिएँ। ल्याएन। बिमारी भएँ भन्थ्यो हरेकपल्ट। थिएन होला पक्कै।’’ थिएन।‘‘थिएन,’’ नै भन्यो पदमबहादुरले। चौकीदारले दुवैको अघिल्तिर टेबलमा भर्खर राखिदिएको रेजिष्टर पल्टायो हेडमास्टरले। ‘‘मईमा,’’ भन्यो। रोकियो। ‘‘एक्तिस दिनमा सरकारी छुट्टी पॉंच दिन।’’ पदमबहादुरलाई हेर्यो। ‘‘शनिबार र आइतबार आठवटा। आठ, पॉंच तेह्र। स्कुल लागेको अठार दिन।’’ रेजिष्टरबाट फेरि आँखा पदमबहादुरकै निराश अनुहारमा पुर्यायो। ‘‘यहॉं हेर्नुहोस्,’’ हेडमास्टरको दाहिने हातको चोर औँलाले आदित्यप्रकाश देवानलाई छोएको थियो रेजिष्टरमा। आदित्यप्रकाश देवानदेखि स...र...र...र... तेर्सो सरेको हेडमास्टरको औँलासँगसँगै कुद्यो दृष्टि पदमबहादुरको। अङ्ग्रेजीको सानो अक्षर ए,ए,ए लेखिएको रहेछ थुप्रै। हेडमास्टरले चौकीदारलाई फेरि बोलायो। भन्यो ‘‘नाइन बी-को आदित्यप्रकाश देवानलाई बोलाऊ।’’ ‘‘के गर्नुपर्ने अब हामीले!’’ बोलाइमा भनाइ र सोधाइ खुट्याउन गाह्रो थियो। पदमबहादुर मौन रह्यो। के गर्नुपर्ने अब उनीहरूले—उसलाई थाहा थिएन पनि। चौकीदारले अफिसमा पुन: प्रवेश गरेपछि भन्यो, ‘‘सर, आदित्यप्रकाश आज एब्सेन्ट छ।’’ पोहोर नौमा फेल भएको छोरा स्कुल जानलाई बिहान घरबाट निस्किएको थियो। भारी मन बोकेर ऊ अफिसतिर लाग्यो। मान्छे भएर जन्मिएका पढ़ेकाहरू कत्ति छन् तर काम नपाएर मान्छेजस्तो बॉंच्न नपाएकाहरू। पदमबहादुरले जमाना सम्झ्यो। राजनीतिक दाउपेच सम्झ्यो। अशिक्षित सोझाहरूको दुर्गति सम्झ्यो अनि सम्झेर आफ्नै छोराको सम्भावित अँध्यारो भविष्य आर्द्रता फैलियो शरीरभरि उसको। भाषण हुँदैथ्यो। सबैले ढॉंटेको बुझिहाल्ने ढॉंट्छन् यिनीहरू— पदमबहादुरलाई अरूहरूलाई जस्तै थाहा थियो। तर सधैँजस्तो घर पुगिहाल्ने हतारको मन नभएको ऊ उभ्नेहरूको माझ उभियो। घर आइपुगेको रहेछ आदित्य। आमाचाहिँलाई भन्दैथ्यो त्यसले, ‘‘अँ, मार्दैन मलाई लगेन भने?’’ पदमबहादुर घर आइपुगेको दुवैले थाहा पाइसकेका थिए। भनिन् छोरालाई ‘‘बाबालाई भन्। छैन मेरोमा।’’ आमाचाहिँले। ‘‘के चाहियो?’’ आएर आफूअघि उभिएको छोरालाई बाबुले सोध्यो। ‘‘पैसा,’’ उत्तरको शैली सुनेर ऊ विचलित बन्यो। ‘‘किन?’’ खस्रै सोध्यो पदमबहादुरले। ‘‘प्य्राक्टिकल खाता ल्याउनु भनेको अस्ति नै दुइटा। आजु पनि गाली गर्यो सरले। पचास रुपे लाग्छ।’’ सुनेर भॉंचिएको मन फेरि भॉंचियो बाबुको। पछिबाट फेरि फेल भएकै रिजल्टसित अर्को स्कुल खोज्नु भन्ने सूचना पनि भएको कागज आयो। बॉंच्दैन, मर्छ। भोलि मर्छ।—भन्ने विश्वासको मान्छे मर्दाकै जस्तो आमा-बाबु दुवैलाई उस्तो दुखित बनाएन त्यसले। पदमबहादुरले छोरालाई केही पनि भनेन। बरू ‘‘मर्निङ स्कुल पढ़्छु,’’ आदित्यले भन्यो। पढ़्दैन यसले—पदमबहादुरलाई थाहा थियो। पढ़ेन पनि आदित्यले। त्यसपछि भने परिवारका सदस्यहरूदेखि क्रमश: प्रत्येक दिन आदित्य टाड़िँदै गयो। सम्झाएकोहरू नलाग्ने भइसकेको थियो त्यो तर लोकव्यवहार र समयले त्यसलाई पढ़ाउला—बाबु-आमा दुवैले आशा गरेका थिए। तर यो तीन वर्षले आदित्यप्रकाशलाई खरानी बनाइसकेको थियो; आगो उमेरमा बल्नै नदिई। ज्वाला दन्कनै नपाई, रापिलो भुङ्रो हुनै नपाई तर अन्तिम अवस्था त्यसैको, खरानी भइसकेको थियो त्यो। चिसो खरानी। हिँड़्ने होइन बाजको वेग लिएर आकाशमा उड़्ने उमेरमा धस्रने भइसकेको थियो त्यो जमिनमा। महान् अपराधको जस्तो दण्ड भोग्दैथ्यो त्यो बॉंड़ेर पनि अझ धेर परिवारका प्रत्येक सदस्यलाई । जीवनको युवास्था भार भएको थियो त्यसलाई। छोराको यस्तो अवस्थाले बाबु-आमा दुवैको ओठको मुस्कान खोसिसकेको थियो। यद्यपि तिनीहरू छोरालाई माया नगर्न त के नगरेको अभिनय गर्न पनि सक्तैनथे। सपनालाई आशाको त्यान्द्रो कतै थियो। पक्कै थियो। सत्रको जन्मदिनमा छोराको रहर किनी दिएकी थिइन् आमाले। महिना दिनपछि सोध्दा ‘‘साथीकोमा छ,’’ भन्थ्यो। त्यही विषयमा दुई-तीनचोटि आदित्यले आमाबाट गाली खानु पर्यो। तर साथीकोबाट त्यो फर्केन। तरै पनि हप्ता दिनपछि अठार पुग्ने छोरालाई आमाले सोधिन्, ‘‘योपालि के किनिदिनु?’’ ‘‘गिटार।’’ ‘‘पर्दैन गिटार-सिटार । निकाल्न पोहोरको।’’ छोराको इच्छा सुनेर आमा कराइन्। तर ‘‘फेरि कहॉं हिँड़्नु आँटिस्?’’ त्यसको जन्मदिनको अघिल्लो दिन त्यसलाई आमाले सोधिन्। ‘‘साथीकोमा,’’ जवाब सधैँलाई यही हुन्थ्यो। ‘‘पर्दैन। हिँड़् मसित बजार।’’ भनिन् आमाले। त्यसैले रोजेको किनी दिइन् आमाले गिटार त्यसलाई। नयॉं खोलभित्र नयॉं गिटार बोकेर आदित्य बजारबाटै आमासित छुट्टियो। बजाउँथ्यो तर कस्तो?—आमा-बाबु दुवैलाई थाहा थिएन। सॉंझमा दुई-तीन साथीहरू जम्मा भइहालेका थिए। गाइरहेका थिए तिनीहरू, गीत होइनजस्तो अङ्ग्रेजी गीत। लोग्ने-स्वास्नी दुवैले छोरामा धेरै दिनअघिदेखि एउटा कुरो थाहा गरेका थिए—केही दिन सामान्य रहेपछि अचानक छोराको बोलीचाली र व्यवहारमा ठुलै परिवर्तन आइहाल्थ्यो। थोर बोल्थ्यो, बोल्थ्यो के झर्कन्थ्यो खालि। रुखो व्यवहारसँगसँगै विचलित देखिन्थ्यो त्यसलाई मानसिक अनि शारीरिक रूपमा पनि। फेरि केही दिनपछि केही दिनलाई पुरानै सामान्यता फर्किआउँथ्यो आदित्यमा। त्यस बेला आदित्यको अवस्था सामान्य थिएन। कुनै महान् मानसिक समस्याले जस्तो छटपटी त्यसमा लक्षित हुन्थ्यो। धेरै दिनसम्म नसुतेको जस्ता आँखा, अस्त-व्यस्त केश, पहेंलो अनुहारमा मसिना फोकाहरू, नाकबाट एकोहोरो पानी चुहुने प्रक्रिया। पानीले भरिएका राता आँखा उठाएर, त्यसले बाबुलाई भन्यो, ‘‘जुत्ता किन्छु।’’ ‘‘मसित हिँड़्,’’ भन्यो बाबुले। आमा-बाबु एउटा बिहामा जान तयारी भइसकेका थिए। ‘‘आफै किन्छु,’’ त्यो रुखो बोल्यो। ‘‘छैन पैसा,’’ अनुहारको रङ्ग बाबुकै पनि बद्लिसकेको थियो। ‘‘ठिक छ, खालिखुट्टै हिँड़्छु म। कति सौको प्रेजेन्ट बोकेर जाऊ बिहामा,’’ करायो आदित्यप्रकाश। धेरै भए खुशीका यस्ता समारोहहरूमा हुनुपर्ने खुशी भएर जान नपाएको पदमबहादुर र उसकी स्वास्नीले सँगै र अलग-अलग पनि। उनीहरूसम्म आइपुग्ने खुशीका लहरहरूलाई बिचमा बॉंध बनेर उभिएको छ आदित्य। खुशीका छालहरूले पहिलेजस्तो तिनीहरूले भिज्नै पाउँदैनन्। घरको वातावरण अचानक अँध्यारो भइहालेको थियो। नजॉंदा अप्ठ्यारो हुन्छ सोचेर; ढिलो गरी; मन नगरी-नगरी तिनीहरू बिहेमा गए। महिना दिनअघि किनिदिएको महँगो जुत्ता त्योसित थिएन। चप्पलमै आदित्य घरबाट निस्किसकेको थियो। ठुलो सॉंझमा त्यो सिग्रेटको गन्धसित घर पस्यो। पहिला- पहिलाजस्तो घर पसेपछि गोसलखान पसेर मुख धुने, कुल्ला गर्ने बानी त्यसले त्यागिसकेको थियो। भोलिपल्ट बिहानै गिटारसित घरबाट निस्कन लागेको छोरालाई बाबुले टोक्यो,‘‘कहॉं जॉंदैछस्?’’ ‘‘प्य्राक्टिस गर्नु। साथीकोमा।’’ भन्यो त्यसले। ‘‘तेरो साथीहरू यहॉं आउनु सक्तैन?’’ ‘‘किन? म जानु हुँदैन?’’ व्यवहार त्यसको छोराको बाबुसितको थिएन। बाबुले केही भन्नै सकेन। त्यो गयो गिटारसँग। =यही छोरा। हो, यही छोरा। बल्ल अनेक शङ्का-उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै। ईश्वर नै।ळ तर सधैँभन्दा छिटो, सॉंझ नपरी आदित्य घर पस्यो। आमालाई हेरेर मुसुक्क हॉंस्यो त्यो। बिहानको मानसिक छटपटी त्योसित थिएन। शारीरिक आलस्य पनि थिएन त्योसित। भिजेका आँखा, झर्को , उग्रता केही थिएन तर बिहान हातमा झुन्डिएको गिटार पनि थिएन त्योसित। ‘‘बाबा खै?’’ आमाचाहिँको छेउमा बसेर त्यसले सोध्यो। चेपेको छुर्पीले त्यसको दाहिने गाला बाहिर निस्किएको थियो। ‘‘किन?’’ सोधिन् आमाले। ‘‘त्यसै,’’ भन्यो त्यसले। दुईवटा छुर्पी गोजीबाट निकालेर त्यसले आमालाई दियो। फेरि दुईवटा निकालेर ‘‘बैनी खै?’’ सोध्यो। ‘‘साथीकोमा जान्छु भन्थ्यो,’’ भनिन् आमाले। ‘‘दिउँसो जानु पर्दैन? यति बेला हो जाने?’’ दाजु भयो त्यो। आमा त्यतिमै खुशी भइन्। ‘‘बैनी कति वर्ष पुग्यो?’’ छोराको प्रश्न सुनेर आमा छक्क परिन्। ‘‘तँभन्दा डेढ़ वर्ष सानु।’’ बताइन् उसले छोरालाई। सामान्य घटना थिएन घरमा त्यो। त्यसैले सधैँजस्तो तर अर्कै कारणले आमा राति छिटो निदाउन सकेकी थिइन। उसले सॉंझको घटना लोग्नेलाई सुनाई। ‘‘कहॉंबाट पाएछ पैसा त्यसले?’’ पदमबहादुर अझ चिन्तित बन्यो। त्यसपछिका दुई-तीन दिन आदित्य आफ्नै समयमा घर पस्यो। चौथो दिन हुनुपर्छ त्यस घटनापछिको —त्यो रात परुन्जेल पनि घर पसेको थिएन। आमा-बाबु दुवै र बहिनी पनि मौन त्यसलाई पर्खिरहेका थिए। पदमबहादुरले आठ बजेतिर ओछ्यानबाटै ढ्याप...ढ्याप... ढ्याप... जुत्ताको आवाज सुन्यो। आवाजले ओछ्यानमा पल्टिएर समाचार-पत्र पढ़्नै नसकिरहेको बाबुको क्रोधले अचानक चरमता प्राप्त गर्यो। धेरै वर्षपछि छोराप्रतिको तीन-चार झापटले मात्रै अब त्यो चरमताले सामान्य स्थिति प्राप्त गर्न सक्ने थियो। बन्द दैलो ढक्ढकियो बाहिरबाट। ढक्ढकियो। फेरि ढक्ढकियो। अनुहार र आँखामा उत्ताप बढ़ेको पदमबहादुर करायो, ‘‘खोल्दे।’’ आमा-छोरी चुह्लामा खाना पकाउँदै थिए। प्लेयरबाट आएको आवाजलाई जितेर आएको बाबुको खस्रो आवाज सुनेपछि छोरी उठी। प्लेयर बन्द गरिहाली र दैलौतिर गई। ‘‘ए! आउनुहोस् न काका।’’ सुनेपछि पदमबहादुर ओछ्यानबाट उठ्यो। जान ऊ मानेन। मान्दै मानेन। स्वास्नीको आग्रहमा ‘‘मारोस् बरू कुटेरै। मरोस्। त्यो मर्यो भने हामी बॉंचेहरू बॉंचुन्जेल सन्चोले बॉंच पाउँछौँ।’’ पदमबहादुर करायो। ‘‘नकराउ, होस् नकराउ, मान्छे हॉंस्छ।’’ स्वास्नीले व्यथित स्वरमा भनी। ‘‘हॉंसोस्, हॉंसोस्। छोरा भनाउँदोले यसरी...।’’ तर उसको स्वर यसपल्ट स्वास्नीसम्म मात्र पुगोस्; बाहिर नजाओस् घरभित्रदेखि जस्तो अभिप्रायको भइहालेको थियो। आउने छिमेकी भाइले निक्कै बेर सम्झाएपछि छोराको बाबुले टॉंड़मुनिबाट जुत्ता तान्यो। ‘‘टर्च बोकूँ?’’ सोध्यो पदमबहादुरले। ‘‘बोक्नोस् न।’’ भन्यो छिमेकी भाइले। ‘‘नसुर्ताउनू भाउजू।’’ उसैले भन्यो। दुवैजना आदित्यलाई छुटाएर ल्याउन थानातिर लागे। लाग्दा दुवैले चिनेका पुलिसहरू सम्झे। आदित्य छुटेपछि तीनैजना सँगै घर आएनन्। बाबु घर आइपुग्दा छोराको अघिल्तिर बसेकी आमा छोरालाई गाली नगरेर रोइरहेकी थिइन्। ‘‘किन स्वाङ पार्छौ? पर्दैन रुनु, मचाहिँ यो मर्दा पनि रुदिनँ।’’ कराएर पदमबहादुर आफ्नो कोठामा पस्यो। सम्भवत: पदमबहादुर आफूभन्दा छोरा नै पहिला मर्छ भन्ने कुरो सोच बाध्य भइसकेको थियो। ‘‘अब घरबाट निस्किस् भने फर्केर नआइज।’’बाबुले घोषणा गरेको थियो र यही नै आदित्यको निम्ति सजायहरूमध्ये सबैभन्दा ठुलो थियो। आगोले पोलेको छटपटीमा त्यो दुई दिन घर बस्यो। असाधारण व्यवहार गर्थ्यो त्यो। एक क्षण झोक्रिएर बस्थ्यो। उठ्थ्यो। छटपटिन्थ्यो। कराउँथ्यो र सुँकसुँकाउँथ्यो पनि। मानसिक रूपमा असन्तुलित र शारीरिक रूपमा रोगग्रस्त थियो त्यो। गएको आइतबार बिहानै हातमा एउटा पानी कागजको झोला झुन्ड्याएर कतै हिँड़्न लागेको छोरालाई बाबुले सोध्यो, ‘‘कहॉं जॉंदैछस्?’’ ‘‘एक छिन।’’ जवान यस्तो थियो। यस्तै हुन्थ्यो त्यस्ता बेलाहरूमा प्रायै। ‘‘के हो त्यो?’’ बाबुको दाहिने हातको चोर औँला पानीकागजको झोलातिर तेर्सिएको थियो। ‘‘क्यासेट। सुन्छ अरे साथीले।’’ त्यो झर्कियो। ‘‘पर्दैन। पर्दैन लानु।’’ खोस्यो झोला पदमबहादुरले। दसवटा क्यासेट रहेछ त्यहॉं, जम्मै बहिनीचाहिँले थुपारेकी। अब त्यो कतै गइहालेन। झोक्राएर बस्यो। दुई-तीनचोटि बाहिर-भित्र पनि गर्यो। छोराको अवस्था हेर्नुनसक्ने बाबुलाई छोरा सुटुक्कै कतै गइहालोस् , गइरहेको देख्न नपरेर रोक्न नपरोस्।— पनि लागेको थियो। एक घण्टापछि याद गर्दा त्यो भित्र-बाहिर कतै थिएन। पदमबहादुर आमा-छोरीअघि हृदयबाटै चाहिँ रिसाएन। दिउँसो तयारी भएर बजार जान लागेकी छोरीले ‘‘आमा, मेरो घड़ी देख्नु भो?’’ सोधी । सुन्नसाथ मनमा एउटा शङ्का जन्मेर , हुर्केर बलियै भइहालेको भए पनि ‘‘हेर् न राम्रो। टेबलतिर...।’’ उसले भनी। पाइन घड़ी छोरीले। अँह, पाइन। राखेको ठाउँ भुलेको होस्, भुलेकै होस्—मनमा बोकेर छोरीसँग आमाले सिह्रानीमुनि, टेबलमाथि, ओछ्यानतिर हेरिन्। पाइँदैन भन्ने दुवैलाई थाहा थियो। छोरीको घड़ी नपाएको थाहा पाएपछि पदमबहादुर अझ दु:खी बन्यो। यो दु:ख घड़ी हराएकैमा चाहिँ थिएन।। ‘‘नभन्नू कसैलाई।’’ स्वास्नी, छोरी दुवैलाई उसले भन्यो। सॉंझ परेपछि उज्यालो अनुहारको आदित्य घर पस्यो। विषाक्त थियो घरको वातावरण। ‘‘ना,’’ भन्यो त्यसले बहिनीलाई । हातमा दुईवटा छुर्पी थियो त्यसको। नथापेर बहिनीले आँसु झार्न थाली। आमापट्टि फर्क्यो त्यो। ‘‘खॉं तँ आफै।’’ कर्कश स्वरमा आमाले भनिन्। ‘‘कतिमा, कसलाई बेचिस् घड़ी?’’ रिसाएको बाबुले तर आवाज बाहिरसम्म नपुगोस् सोचेर बिस्तारै सोध्यो। सुनेर छक्कै परेको जस्तो भयो आदित्य। तर त्यही अभिनय गरिरहन सकेन त्यसले त्यहॉं। त्यसको अल्पकालीन मानसिक अनि शारीरिक सामान्यताले त्यसलाई दोषी सिद्ध गराइसकेको थियो। ‘‘सोध यसलाई। कतिमा कहॉं बेच्यो घड़ी यसले। म तिरेर ल्याउँछु।’’ आफ्नो कोठाभित्र पस्दै भन्यो पदमबहादुरले। अस्तिसम्म सॉंझ परेपछि तर सामान्य रूपमै घर पस्ने आदित्यमा हिजोदेखि फेरि छटपटी बड़्दै गएको पदमबहादुरले याद गर्यो। आज बिहान पदमबहादुर अफिस जान लाग्दा आदित्य बिहानको मधुरो घाममा झोक्राएर आँगनको डिलमा टुक्रुक्क बसेको रहेछ, शिर पनि निहुराएर। उभिएर उसले छोरालाई केही क्षण हेरिरह्यो। छोराछेउ गयो ऊ। ‘‘भित्र हिँड़्।’’ उसले छोराको हात समायो। निहुरिएको शीर उठेर; पहेंलो अनुहारको; भित्र भासिएका आँसुले भरिएका दुई राता आँखाले उसलाई हेर्यो र बिस्तारै उसको हातको सहारा लिएर एउटा मानव आकृति उभियो। बाबुले समाएको छोराको सानो शक्तिहीन पहेंलो नाड़ी र रक्तहीन हातका रक्तहीन औँलाहरू हेर्यो। शरीरभरि फैलिएको आर्द्रता र छोरा लिएर ऊ घरभित्र पस्यो। ‘‘बस्।’’ बस्न लगाएर छोरालाई पलङमा छोरासितै टॉंसिएर बस्यो ऊ पलङमै । हात समातिरहेकै थियो छोराको। समाएर बसिरहूँ यसलाई यत्तिकै —उसलाई लागिरह्यो। ‘‘के गर्छस् अब?’’ ठिठलाग्दो स्वर बज्यो बाबुको। जवाब थिएन त्यसको। आएन पनि। ‘‘मरेको जस्तो कति दिन बॉंच्छस्?’’ बाबुको स्वर कॉंपेको थियो। अँह, जवाब त्यसको पनि थिएन। हराएको युवा-अवस्था खोजेजस्तो आफ्नै पहेंला खुट्टाको वरिपरि नामको विपरीत आदित्यप्रकाश शिर झुकाएर केही खोजिरहेजस्तो थियो। ‘‘नखाई सक्तैनस्?’’ सोध्न विवश थियो बाबु। छोरा मौन रह्यो। ‘‘घरमै अलि-अलि बरू रम खा, बेलुका-बेलुका। म ल्याइदिन्छु तर...’’ भनेर एउटा लाचार बाबुको अवस्थामा पदमबहादुर आफै छक्क पर्यो। दुईवटा पहेंला हातहरू उठेर आँखासम्म पुगे। अनिच्छापूर्वक उठ्यो पदमबहादुर हात छाड़ेर छोराको र अफिस जानलाई घरबाट निस्क्यो। धेरैअघि एकपल्ट पशुपति पुगेर जानेको पदमबहादुरले आज पनि मरेर पनि बॉंचेका घर फर्कन नपाएकाहरूलाई सम्झ्यो। सम्झ्यो—सुनेका मुर्दाहरू श्मसानबाट बौरेर फर्केकाहरू। कसैले नदेखोस् भन्ने उद्देश्यले अनावश्यक उसले ठुलो ज्याकेट लगाएको छ। ज्याकेटको देब्रेपट्टि ठुलो भित्री गोजीभित्र भर्खर किनेको एक क्वाटर रमको शिशी हालेको छ पदमबहादुरले। समाएको पनि छ उसले छात्तीमा टॉंसिएको त्यसलाई बाहिरबाट दाहिने हातले। एउटा पराजित बाबु तर अझ विजयको आशा र अस्वस्थ छोराको निम्ति औषधि बोकेर यो सॉंझमा अफिसबाट घर फर्किरहेछ।
सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0tag:blogger.com,1999:blog-1344280184155669216.post-73689856437858303862012-01-18T08:32:00.000-08:002012-01-19T23:49:52.393-08:00कविता

सीताराम काफ्ले

कानेगुजीहरू-1

नसुन्नु जस्तो ढुक्कै केही छैन

सुन्दा भन्दा।

ढुक्क छन् कानेगुजीहरूलाई।

उनीहरू कानकानमा सुरक्षित छन्।

कानमा नै सत्ता जमाएर बस्नु उनीहरूको महात्वाकांक्षा।

एकपल्ट पसेपछि निस्कँदैनन्।

न त दुख्नुको बोध

न त रुनुको बोध

पिपहरूको समुद्रमा

डुबुल्कि मार्नु उनीहरूलाई स्वर्ग।

चिकित्सकहरू कानेगुजीका दुश्मन।

इयरवेल र हाइड्रोक्टाराइड

डेटोल

केनडिड ओ इयर ड्रप्स-

कुनै समाजसेवी जस्तै मानेर विरोध गर्छ

त्यसको सेवा कानेगुजीको दुश्मन।

कुनै एन्टिसेप्टिक टोनिक खुवाउँदै कानेगुजी पाल्नेहरूको जमातमा

मलाई कान जोगाउन गाह्रो छ।

हल्लाले खाएको यो कान

भाषणले पनि खान्छ

शाशनले पनि खान्छ।

बॉंचेको कानलाई पनि ताकेर बसेका छन्

कानेगुजीहरू।

कानेगुजीहरू-2

गोर्खाको कान सबैभन्दा मलिलो छ

जहॉं कानेगुजीहरूलाई बस्न सबैभन्दा सजिलो छ।

कानेगुजीको विरुद्ध

उठ्ने सिन्काहरू

धेरैपल्ट भॉंच्चिए

हरेक युग यसरी नै मास्सिए।

हरेक समाजको कान दुख्न थालेको छ

आवाज उठ्यो कि

कुन दुलोभित्र कानेगुजी लुक्न थालेको छ।

कति सुरक्षित कानेगुजी

म मान्छे भन्दा।सरोकारhttp://www.blogger.com/profile/14725597918481061167noreply@blogger.com0